सिनियर क्रिकेटरलाई सिलवालको चेतावनीः राम्रो पर्फमेन्स नगरे सन्यास लिनु पर्ला

२०७६ फाल्गुन १४, बुधबार १८:३९

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले नेपाली सिनियर क्रिकेटरहरुलाई सांकेतिक रुपमा चेतावनी दिएका छन् ।

थाइल्याण्डमा हुने एसीएसी इस्र्टन टि–२० क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको बिदाई गर्दै सदस्य सचिव सिलवालले सिनियर खेलाडीलाई पर्फमेन्स राम्रो नगरे सन्यास लिनुपर्ने चेतावनी दिए । उनले भने–‘सिनियर खेलाडी भनेर टिममा परिहाल्ने अवस्था छैन, पर्फमेन्स राम्रो नगरे सन्यास लिनु पर्ने दिन आउँछ ।’

उनले युवा खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेको भन्दै आगामि खेलहरुमा पनि त्यस्तै प्रदर्शन आवश्यक रहेको बताए । उनले थपे–‘युवा खेलाडीहरुले पनि केही खेलमा मात्र राम्रो गरेर हुँदैन, सबैजसो खलहरुमा राम्रो गर्दै जानुपर्छ ।’

नेपाली क्रिकेट टोली भोलि थाइल्याण्ड प्रस्थान गर्दैछ । यस प्रतियोगिताका उत्कृष्ट दुई टोली एशिया कप छनौट प्रतियोगितामा भाग लिन पाउने छ । यस प्रतियोगितामा कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपाली टिम रहेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy