कोहली र रोहित बिना भारतले अभ्यास सुरु गर्ने

२०७७ जेष्ठ २, शुक्रबार २०:१६

कप्तान बिराट कोलि र उपकप्तान रोहित शर्मा बिनानै भारतीय क्रिकेट बोर्डले आगामी हफ्ताबाट भारतीय क्रिकेट टिमको अभ्यास सुरु गर्ने भएको छ।

कोरोनाको लकडाउनका बीच बिसीसीआईले आगामी साता खेलाडीहरुको अभ्यास सुरु गर्न चाहन्छ। १७ मे बाट भारतमा सुरु सुरु हुने चौथो चरणको लकडाउन केहि खुकुलो हुने बताईएको छ। तर मुम्बईमा बसोबास गर्ने कोहली र रोहितलाई भने अभ्यासमा संलग्न हुन मुस्किल हुनेछ। मुम्बई कोरोनाको धेरै प्रभावित क्षेत्र हुनाले लकडाउन खुकुलो हुने संकेत छैन।

मुम्बईमा कोरोनाको कारण १ हजार जना भन्दा धेरैको मृत्यु भैसकेको छ।

“कोहली र र रोहित मुम्बईमा छन् र उनीहरुको लागि लकडाउन कडा रहेको छ र सायद त्यस्तै रहनेछ।” बिसीसीआईका प्रवक्ता अरुण धुमालले न्युज एजेन्सी एएफपीलाई बताएका छन्।

“लकडाउनको बेला हामि अनलाइन याप र त्यस्तै मध्यमबाट काम गरिरहेका छौँ। कोच र सपोर्ट स्टाफहरु पनि नियमित रुपमा खेलाडीहरुसंग सम्पर्कमा रहेका छन्। सबैजान मैदानमा फर्कन लालायित रहेका छन् त्यसैले हाम्रो उद्देश्य खेलाडीहरुले अभ्यास पुनः सुरुवात गर्दा सबै शत प्रतिशत फिट हुन् भन्ने हो। ”

प्रवक्ता धुमालले अभ्यास अघि खेलाडीहरुको तापक्रम नाप्न पर्ने तथा प्रशिक्षकसंग दुइ मिटरको दुरी राखिने बताए। ब्याट्सम्यानले नेटमा अभ्यास गर्दा आफैले बल उठाउन नपाउने र जुत्ताले बललाई हानेर प्रशिक्षकसम्म पुर्याउनु पर्नेछ।

भारतीय क्रिकेट टिमले जुलाईमा श्रीलंकासंग सिरिज खेल्ने कार्यक्रम रहेको थियो जुन स्थगित हुने प्रवल सम्भावना रहेको छ।

कोरोना प्रभावका बीच इंग्ल्याण्ड क्रिकेट टिम पनि आगामी हफ्ता अभ्यासमा फर्किने बताईएको छ। इंग्ल्यान्डले पनि अभ्यास गर्दा कोरोना फैलन नदिन सरकारी सतर्कता अपनाउने बताएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy