पाकिस्तानको ठुलो कदम, म्याच फिक्सिंगलाई अपराधको दर्जा दिन प्रधानमन्त्री इमरान खानले दिए मन्जुरी

२०७७ असार ४, बिहीबार २०:२२

पाकिस्तानका प्रधानमन्त्री तथा पाकिस्तान क्रिकेट बोर्डका मुख्य संरक्षक इमरान खानले पाकिस्तान बोर्डको भ्रस्टाचार निरोधक संहितामा संसोधन र म्याच फिक्सिंग ( खेल मिलेमतो ) लाई अपराधको दर्जा दिने प्रस्तावलाई मन्जुरी दिएका छन्।

पाकिस्तान क्रिकेट बोर्डको सुत्रका अनुसार पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मनी र इमरान खान बीच यो साता भएको भेटको दौरान मन्जुरी मिलेको थियो। यस्तै कोरोना महामारीको दौरान पाकिस्तान क्रिकेट टिमलाई इंग्ल्यान्ड भ्रमण गर्ने अनुमति समेत प्रधानमन्त्री खानले दिएका छन्।

फिक्सिंग बिरुद्ध कानुन बनाउनको लागि इमरान खान तयार 

नयाँ संसोधन पछि पाकिस्तान बोर्डले म्याच फिक्सिंग ( खेल मिलेमतो ) र स्पट फिक्सिंगलाई अपराधको दर्जा दिनेछ र यसको लागि कडा दण्डको प्रावधान पनि हुनेछ जसमा जेल पनि सामेल छ।

पाकिस्तान क्रिकेट बोर्डले अन्तर्राष्ट्रिय क्रिकेट परिषदको भ्रस्टाचार निरोधि आचार संहिताको पालना गर्दै आएको थियो। बोर्डले क्रिकेटमा फिक्सिंग र स्पट फिक्सिंगलाई अपराधको श्रेणीमा ल्याउनको लागि सरकारलाई कानुन बनाउन आग्रह गरेको थियो। पिसीबिका अध्यक्ष मनिले बताएका थिए कि अहिले बोर्डसंग भ्रस्टाचारको मामलामा गहन जांचको लागि साक्षीलाई बोलाउन र बैंक खाता जांच गर्ने वैधानिकता छैन।

२०१० मा मोहम्मद आमिर, सलमान बट र मोहम्मद आसिफ स्पट फिक्सिंगमा दोषी पाइएका थिए

श्रीलंकाको बाटोमा हिड्न चाहन्छ पाकिस्तान 

पाकिस्तान क्रिकेट बोर्डले श्रीलंका क्रिकेट बोर्डले जस्तै म्याच फिक्सर बिरुद्ध कानुन बनाउने बाटो अपनाएको छ। क्रिकेटमा भ्रस्टाचार गतिविधिलाई अपराधिक घटना मान्नको लागि श्रीलंकाको प्रक्रियालाई नजिकबाट अध्ययन गरिरहेको अध्यक्ष मनीले बताएका छन्। कानुन नबनेसम्म पीसीबिले आईसीसीकै वर्तमान भ्रस्टाचार निरोधि संहिताको पालना गर्नेछ। आईसीसीले प्रतिवन्ध र पुनर्स्थापना पछि खेलाडीलाई क्रिकेटमा फर्किने स्वीकृति दिने गर्छ।

पाकिस्तानी क्रिकेटरहरु फिक्सिंगमा 

पाकिस्तानी क्रिकेटरहरु म्याच फिक्सिंग र स्पट फिक्सिंगमा बारम्बार दोषी मानिएका छन्। मोहम्मद आमिर, सलमान बट, मोहम्मद आसिफ जस्ता क्रिकेटरहरु सन् १०१० मा इंग्ल्यान्डमा स्पट फिक्सिंगमा दोषी पाईएका थिए जसपछि आईसीसीले सबैलाई ५ वर्ष प्रतिबन्ध लगाएको थियो। प्रतिवन्ध पछि तिब्र गति बलर मोहम्मद आमिर अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कीसकेका छन् भने अन्य क्रिकेटरहरुले पुनरागमन गर्न सकेनन्। यस्तै अर्का क्रिकेटर दानिश कनेरिया इंग्ल्याण्डको घरेलु क्रिकेटमा एसेक्सको लागि खेल्दा फिक्सिंगमा दोषी पाइएका थिए जसपछि जीवनभर क्रिकेटबाट प्रतिवन्ध लगाइएको थियो।

पाकिस्तान सुपर लिगमा गत सिजन फिक्सिंगको काण्डहरु सार्वजनिक भएको थियो। २०१७ मा शर्जिल खान पीएसएलमा स्पट फिक्सिंग गरेको पाइएपछि ५ वर्षे प्रतिवन्धमा परेका थिए। पीएसएलमै शर्जिल खान, नासिर जम्सेद, खालिद लतिफ, मोहम्मद इरफान, मोहम्मद नवाज जस्ता क्रिकेटरहरु स्पट फिक्सिंगमा दोषी पाइएका थिए। हाल अर्का क्रिकेटर उमर अकमल पनि पीएसएलमै फिक्सिंग गरेपछि ३ वर्षको प्रतिवन्ध भोगिरहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy