भरतपुर महानगरपालिकाद्वारा गौतमबुद्ध रंगशालालाई पांच करोड विनियोजन

चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।

आज (बुधबार)देखि सुरु भएको छैटौं नगरसभामा आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले क्रिकेट रंगशालाका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

भरतपुर महानगरपालिकाले क्रिकेट रंगशालालाई गौरवको आयोजनाको रुपमा राखेको छ । गतवर्ष पनि महानगरले पाँच करोड रकम विनियोजन गरेको थियो ।

धुर्मुस सुन्तली फाण्डेशनले सो रंगशाला निर्माण गरिरहेको छ । हाल रंगशालाको प्याराफिट निर्माणको काम चलिरहेको छ ।

फोटोहरुमा हेर्नुस गौतमबुद्ध रंगशालाको पछिल्लो निर्माण गतिविधि





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]