राखेपद्वारा लामा र गिरी क्यान सदस्यमा सिफारिस

राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले छुम्बी लामा र धर्मराज गिरीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)को कार्यसमिति सदस्यका लागि सिफारिस गरेको छ । परिषद्बाट क्यानमा दुई सदस्य मनोनयन गर्ने प्रावधानअनुरुप लामा र गिरीलाई राखेपले सिफारिस गरेको हो ।

लामा र गिरीको मनोनयनसँगै क्यान कार्यसमितिले नौ महिनापछि पूर्णता पाएको छ । दुवै जनालाई राखेपले मङ्गलबार आधिकारिक पत्र प्रदान गरेको छ। लामाले आफूले लामो समयसम्म दिएको योगदानको राखेपले कदर गरेको बताए । उनले क्रिकेट विकासमा आफू लागिपर्ने उल्लेख गरे ।

दुइ सदस्य थपिएपछि अब नेपाल क्रिकेट संघको कार्यसमिति १७ बाट १९ सदस्यीय भएको छ। गत वर्ष असोजमा क्यान निर्वाचन सम्पन्न भएको थियो जसबाट चतुर बहादुर चन्द अध्यक्ष निर्वाचित भएका थिए।  यस अघि सोमबार क्यानले आफ्नो ४ वटा समितिलाई पनि पूर्णता दिएको थियो।

को हुन् लामा र गिरि 

लामासित क्यानका पूर्वअध्यक्ष टङ्क आङबुहाङको टोलीमा रहेर काम गरेको अनुभव छ । टंक आंगबुहांग नेपाल क्रिकेट संघको अध्यक्ष हुँदा लामा कार्यालय प्रमुख रहेका थिए। लामा पोखरा प्रिमियर लिग (पिपीएल)को आयोजक क्वीन्स इभेन्टका प्रबन्ध निर्देशकसमेत हुन् ।

Chhumbi Lama

यस्तै अर्का मनोनित सदस्य गिरी मदन मण्डारी स्पोर्ट्स फाउण्डेशनको क्रिकेट विभागका उपाध्यक्ष हुन् । राखेपले यही असार १० गतेको सदस्यसचिवस्तरीय निर्णयबाट लामा र गिरीलाई क्यान कार्यसमिति सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

दुइ सदस्य थपिएपछि क्यानको कार्यसमिति 

अध्यक्ष : चतुर बहादुर चन्द, उपाध्यक्ष – राजुबाबु श्रेष्ठ, सचिव : अशोकनाथ प्याकुरेल , कोषाध्यक्ष : रोशन कुमार सिंह
सदस्यहरु :- अमित बिर पाण्डे, कैलाश बिस्ट , दुर्गाराज पाठक, माधव कुमार कर्माचार्य, करन महोत्रा क्षेत्री, संजय राज सिंह, बिरेन्द्र बहादुर चन्द, दाउद अन्सारी, पदम खड्का, बिक्रम बिस्ट, प्रशान्त बिक्रम मल्ल, जयन्ति भट्ट , ऋषिराम गौतम, छुम्बी लामा, धर्मराज गिरी

सम्बन्धित – क्यानको ४ समितिले पायो पूर्णता





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]