ENG vs WI , पहिलो टेस्ट : वर्षाले प्रभावित रह्यो पहिलो दिन, इंग्ल्यान्ड सम्हालिदै

२०७७ असार २५, बिहीबार ०७:५३

इंग्ल्याण्ड र वेस्टइन्डिज बीच सोमबार साउथाम्पटनमा तिन टेस्ट म्याच अन्तर्गतको पहिलो टेस्ट सुरु भएको छ।

लामो अन्तराल पछि टेस्ट सुरु भए पनि पहिलो दिनको खेल भने वर्षाले निकै प्रभावित रह्यो। मात्र १७.४ ओभरको खेल मात्र पहिलो दिन सम्भव भयो।

दिनको खेलको समाप्तिसम्म टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्डले १ विकेट गुमाएर ३५ रन बनाएको छ। रोरी बर्न २० तथा जो डेन्लि १४ रन बनाएर अविजित रहेका छन्।

वर्षाको कारण पहिलो सेसनको खेलनै भएन। खराब सुरुवात गरेको इंग्ल्यान्डले ओपनर डोमिनिक सिबलेको विकेट दोश्रो ओभरमै खाता नखोल्दै गुमाएको थियो। शानोन ग्याब्रियलले पहिलो विकेट लिएपछि सम्हालिएको घरेलु टिमको लागि दोश्रो विकेटको रुपमा बर्न र डेन्लिले ३५ रनको साझेदारी गरेका छन्।

कोरोना भाइरसको कारण २०२० मार्च पछि बल्ल अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन भएको हो। खेल दर्शक विहिन मैदानमा भइरहेको छ।

सिरिज अन्तर्गत दोश्रो टेस्ट जुलाई १६ तथा तेश्रो टेस्ट जुलाई २४ देखि सुरु हुनेछ। बाँकी दुवै टेस्ट ओल्ड ट्रयाफोर्डमा खेलिनेछ।

टसको क्रममा भयो रोचक घटना 

खेलको टसको क्रममा दुइ कप्तानले एक अर्कासंग हात मिलाउन नपाइने नियम रहेको थियो। तर टस जितेपछि इंग्ल्यान्ड कप्तान बेन स्टोक्सले वेस्टइन्डिज कप्तान जेसन होल्डरसंग मात मिलाउन हात लम्काएका थिए। होल्डरले सुरुमा हात दिएता पनि पछि हात फिर्ता लागेका थिए जसपछि रमाइलो माहोल भएको थियो। टस अन्तर्वार्ता दिएपछि कमेन्टेटरले स्टोक्सलाई ह्याण्ड स्यानिटाइज गर्न भनेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy