सिपिएल टि-२० खेल्न जान पाउलान् सन्दिप ? यसरी हुँदैछ प्रयास

२०७७ श्रावण १०, शनिबार १९:२२

Sandeep Lamichhane

स्टार नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योलता छाएको छ। सिपिएल खेल्नका लागि सन्दीप अबको एक साताभित्र ( अगस्ट १-२ ) ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्नेछ।

सरकारले गत बुधबार लकडाउन अन्त्य गरेता पनि अन्तर्राष्ट्रिय हवाई उडान भने आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेको छ। यसका लागि अहिलेसम्म उनको हवाई उडानको कुनै टुङ्गो लाग्न नसक्दा अन्योलता छाएको हो।

सीपीएल टि-२० को आठौँ संस्करण अगस्ट १९ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एण्ड टोबागोमा आयोजना हुँदैछ। प्रतियोगिता सुरु हुनु अघि खेलाडीहरु अनिवार्य १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने हुँदा सन्दिप चाडै प्रतियोगिता स्थल पुग्नु पर्नेछ।

“हामि हरसम्भव प्रयास गरिरहेका छौँ” – व्यवस्थापक सिवाकोटी 

हवाई उडानको टुङ्गो लाग्न नसक्दा सन्दीपले सिपिएल खेल्न पाउनेबारे एकिन हुन नसकेको सन्दिपका व्यवस्थापक रमन सिवाकोटीले जानकारी गराएका छन्-

“ट्रिनिडाड एण्ड टोबागो कसरी पुग्ने भन्नेबारे सोच्नै सकिएको छैन। सिपिएल खेल्नका लागि सन्दीप साउन १७ गतेसम्म पुगिसक्नु पर्ने हुन्छ”, नेपाली क्रिकेट टिमका भिडियो एनालिस्ट समेत रहेका सिवाकोटीले बताए।

सिवाकोटीले सन्दिप उड्ने सम्भावना अझै ५०/५० प्रतिशत रहेको विकेटनेपाललाई बताए। उडानको लागि पर्यटन मन्त्रि योगेश भट्टराईमार्फत पहल भइरहेको र सोमबारसम्म सन्दिप उड्ने-नउड्ने थाहा हुने समेत उनले खुलाए-

“केहि चार्टर्ड फ्लाइटहरु काठमाडौँबाट जाँदैछन् जसमा सन्दिपलाई लैजानु पर्नेहुन्छ”

“सन्दीपको व्यक्तिगत पहलले टोबागो पुग्न सक्ने अवस्था छैन। त्यहाँ पुग्ने सरकारको सहयोगबाहेक अरु कुनै उपाय छैन। उडानको विकल्पहरुबारे पर्यटन मन्त्रि योगेश भट्टराईसंग पनि समन्वय भइरहेको छ।”

Raman Shiwakoti
सन्दिपका व्यवस्थापक रमन सिवाकोटी

“हामि हरसम्भव प्रयास गरिरहेका छौँ। मलाई आशा छ उडान सम्भव हुनेछ।” फ्लाइट उपलब्ध भए अनुसार सन्दिप युएई या कतार हुँदै अमेरिका र त्यसपछि वेस्टइन्डिज पुग्ने सिवाकोटीले जानकारी गराए।

एक साताभित्र सन्दीप टोबागो पुग्न नसके उहाँले सिपिएल गुमाउनुपर्ने अवस्था आउने व्यवस्थापक सिवाकोटीले बताए।

“उता पुगिसके पछि पनि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ। हामीसित समय निकै कम छ, सरकारले आजभोलिमै पहल गरिदिए सन्दीपले सिपिएल खेल्ने सम्भावना रहन्छ।”

९० हजार डलरमा बिक्रि भएका थिए सन्दिप 

सन्दीप यो सिजन सिपिएल जमैका तल्लावाहजबाट खेल्नेछन् । नेपाली स्पिनरलाई जमैकाले ९० हजार डलर ( नेपाली रु. १ करोड ७ लाख ४६ हजार ) खर्चेर टिममा भित्र्याएको हो।

सन्दिपको टिममा आन्द्रे रसेल, कार्लोस ब्राथवेट, चाडविक विल्टन, आसिफ अलि, ओशेन थोमस, फिडेल एडवर्ड्स जस्ता खेलाडीहरु रहेका छन्।

सिपिएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ। सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् । कारोना भाइरसका कारण प्रतियोगिताको सबै खेल बिना दर्शक खेलाइने छन् ।

नेपाली स्पिनरलाई जमैकाले ९० हजार डलर ( नेपाली रु. १ करोड ७ लाख ४६ हजार ) खर्चेर टिममा भित्र्याएको हो।

सन्दिपले यस अघि सिपिएल टि-२० को दुइ वटा संस्करण सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स तथा बार्बेडोस ट्राइडेन्टबाट खेलेका थिए। सेन्ट किट्सको लागि खेल्दा ५ हजार डलर पाएका सन्दिपले त्यसपछि बार्बेडोसको लागि खेल्दा ७० हजार डलर पाएका थिए।

करेबियन प्रिमियर लिगमा बार्बेडोस ट्राइडेन्ट, गुएना एमेजन वारियर्स, जमैका तल्लावाज , सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स, सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्स गरि ६ वटा टिम सहभागी छन्। गत सिजनको उपाधि बार्बेडोस ट्राइडेन्टले गुएनालाई फाइनलमा पराजित गर्दै जितेको थियो।

धेरैले पढेको :-

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy