“लकडाउनमा मानसिक रुपमा आफुलाई बलियो बनाएँ” सन्दिप लामिछाने ( अन्तर्वार्ता )

२०७७ श्रावण १४, बुधबार १९:३४

करेबियन प्रिमियर लिग ( सिपिएल टि-२० ) खेल्न  नेपाली स्पिनर सन्दिप लामिछानेले बिहिबार बिहान चार्टर्ड फ्लाइट मार्फत बिहान १० बजे कोरिया प्रस्थान गर्नेछन्। जसपछि अमेरिकाको एटलान्टा हुँदै अगस्ट १ मा सेन्ट लुसिया पुग्नेछन्।

सन्दिपको फ्लाइट मिलाउनको लागि पछिल्लो साता निकै दौडधुप गर्नु परेको थियो। सरकारी स्तरबाट समेत प्रयास भएपछि बुधबार सन्दिपको फ्लाइट पक्का भएको थियो। त्यसअघि सन्दिपले आफ्नो कोरोना जांच गरिसकेका छन् जसको रिपोर्ट नेगेटिभ आएको छ।

पछिल्लो सिजन डिफेन्डिङ च्याम्पियन बार्बेडोस ट्राइडेन्टसको लागि सिपिएल खेलेका सन्दिप यो पटक जमैका तल्लावाजबाट खेल्नेछन्। ड्राफ्टमार्फत जमैकाले ९० हजार डलर ( १ करोड ७ लाख नेपाली रुपैयाँ ) खर्चेर टिममा भित्र्याएको थियो। यो पटक सन्दिप मार्की खेलाडीको रुपमा पनि खेल्नेछन्।

वेस्टइन्डिज जानु अघि टियु मैदानमा बुधबार बेलुका सन्दिपले पत्रकार सम्मेलन राखेका थिए।

पत्रकार सम्मेलनमा सन्दिपसंग गरिएको कुराकानी 

लकडाउन कस्तो बित्यो ? 

लकडाउनले गर्दा ब्रेक राम्रो रह्यो सबैको लागि र खेलाडीहरुको लागि। फ्यानहरु जस्तै  म निकै उत्साहित छु किनकि क्रिकेट फर्किएको छ।

जाने नजाने निश्चित नहुँदा दबाब कति थियो 

पछिल्लो १ हफ्ता जाने वा नजाने निश्चित नहुँदा पनि म दबाबमा थिईन जे हुन्छ राम्रोको लागि हुन्छ भनेर। म भन्दा बढी व्यवस्थापक रमन शिवाकोटीलाई दबाब थियो। खेलकुद मन्त्रालय देखि नागरिक उड्ययन मन्त्रायलले समर्थन गर्यो र साथ दिने सबै फ्यानहरु प्रति पनि आभारी छु। यो मायालाइ फिर्ता गर्न सकूँ।

Sandeep Lamichhane

अभ्यास कति गरिरहनु भएको छ ?

लकडाउन खुकुलो भएपछि म र १-२ जना खेलाडीहरुले अभ्यास गरे। पछिल्लो ५-६ दिन दौडधुपले गर्दा अभ्यास गर्न पाइन। म खेल्नको तयार छु र लयमा छु। उता पुगेर पनि अभ्यास सेसन हुनेछ। यहाँ बाट सेन्ट लुसिया पुगेपछि हामिलाई ट्रिनिडाड लगिनेछ र क्वारेन्टाइनमा राखिनेछ। त्यहाँ फेरी कोरोना टेस्ट हुनेछ। त्यहाँ पनि अभ्यास हुन सक्छ व्यक्तिगत रुपमा।

लगातार दुइ सिजन सिपिएल बीचमै छोड्नु परेको छ यो पटक पुरै सिजन खेल्दै हुनुहुन्छ। गत सिजन बीचमा छोड्नु पर्दा भावुक हुनु भएको थियो भनेर वेस्टइन्डिज पुर्व क्रिकेटर ड्यारेन गंगाले बताएका थिए , के भएको थियो ?

गत सिजन लिग बीचमा छोड्नुपर्दा भावुक थिए। त्यो सबै खेलाडीमा हुन्छ। टिम प्रतिको विशेष लगाव थियो। जुन तरिकाले तयारी गरेका थियौं र हामि परिवार जस्तो भएका थियौं। त्यसले गर्दा छोड्नुपर्दा भावुक भएको थिए।

यो पढ्नुस :- गत सिजन सिपिएलमा किन रोएका थिए सन्दिप, वेस्टइन्डिज पुर्व क्रिकेटर ड्यारेन गंगाको खुलासा

तपाईको टिम कस्तो छ ? 

यो पटक हाम्रो टिम राम्रो छ। ब्राथवेट जस्तो खेलाडी छन् र म पनि छु ( हाँस्दै )। सबैजना टचमा छन् म भन्दा पनि वेस्टइन्डिज खेलाडीहरु बढी छन्। म निकै सकारात्मक छु।

लकडाउनमा समय कसरि बिताउनु भयो ? 

हरेक दिन गर्ने काम छुट्दा गार्हो थियो तर मानसिक रुपमा यो समय आफुलाई बलियो बनाए। फिटनेसहरु गरे र बीचमा अभ्यास पनि गरे। जति अभ्यास गरे यो सोचेर गरेको थिए कि मेरो रिदम कायम रहोस्। केहि गितहरु पनि लेखे, ब्रेकमा फ्यानसंग अन्तर्क्रिया गर्न पाए। म्युजिकले गर्दा सजिलो भयो।

बुधबार टियु मैदानको पिच अवलोकन गर्दै सन्दिप

फ्यानहरुसंग लकडाउनको अवधिमा सम्बन्ध सुधार गर्न खोज्नु भएको हो ? 

फ्यानहरुसंग मेरो सम्बन्ध सधै राम्रो छ। माया गर्नु हुन्छ, राति उठेर खेल हेर्नु हुन्छ, वहाँहरुको माया भन्दा केहि चाहिदैन।

ठुलो लिग खेल्दा कतिको दबाब हुन्छ ? 

दबाब छैन अहिले खेल्न। अहिले बिपक्षी खेलाडीहरुबारे धेरै जानकारी छ। योजना र सहि माइन्ड सेट भएपछि राम्रो हुन्छ। चौका छक्का खाँदा तपाईको सकारात्मक एटिट्युडले काम गर्छ।

लगत्तै खेलिने आईपीएलको लागि कति उत्साहित हुनुहुन्छ 

सिपिएललाई अहिले सोचीरहेको छु। मेरो लागि दुवै लिग महत्वपूर्ण छ। सिपिएलले गर्दा आईपीएलको लागि तयारी राम्रो हुन्छ। दुवै लिगको लागि उत्साहित छु।

ट्रेन्डिंग समाचार 

वेस्टइन्डिज क्रिकेट आर्थिक समस्यामा रहेको बताउदै कप्तान होल्डरको इंग्ल्यान्डलाई यस्तो अनुरोध

सन्दिप सिपिएल टि-२० खेल्न जाने पक्का, यस्तो छ सन्दिपको खेलतालिका

– ब्रडले पुरा गरे ५ सय विकेट, किर्तिमान बनाउने विश्वको ७ औं बलर

भिडियो हेर्नुस :- 

https://www.youtube.com/watch?v=pliEGAiIUfI

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy