ग्राउन्डस्टाफहरुको पिडामा सन्दिपको मलम, १ लाख रुपैयाँ सहयोग

कोभीड-१९ महामारीका कारण पिडा परेका त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका ग्राउण्डस्टाफहरुलाई सन्दिपले आर्थिक सहयोग गरेका छन्।

करेबियन प्रिमियर लिग खेल्न बिहिबार वेस्टइन्डिज प्रस्थान गर्नु अघि टियु मैदानमा बुधबार बेलुका आयोजित पत्रकार सम्मेलनमार्फत सन्दिपले १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन्।

टियु मैदानमा १४ जना ग्राउण्डस्टाफहरु रहेका छन् जसले लकडाउनको अवधिमा तलब पाएका छैनन्।लकडाउनको अवधिमा पनि स्टाफहरुले निरन्तर काम गरिरहेका छन्।

“लकडाउनका कारण कति ग्राउण्डस्टाफहरु एकदमै पिडामा हुनुहुन्थ्यो होला। मैले पनि नजिकबाट नियाल्न नपाएता पनि बुझ्दा वहाँहरुले यो अवधिमा तलब पनि रोकिएको हुँदा धेरै नभए पनि स्टाफहरुको लागि सानो सहयोग १ लाख गरेको छु।” सन्दिपले आगामी दिनमा पनि यस्तो सहयोग जारि राख्ने वाचा सामेत गरे।

“धेरै ठुलो रकम हैन तर मेरो हैसियतले त्यति सहयोग गरेको छु। मैदानमा वहाँहरुले सधै काम गर्नु हुन्छ, हाम्रो लागि पिच र ग्राउण्ड तयार गर्नु हुन्छ।” सन्दिपले रकम घोषणा गर्ने क्रममा बताए।

बुधबार टियु मैदानको पिच अवलोकन गर्दै सन्दिप

सन्दिप विहिबार वेस्टइन्डिज प्रस्थान गर्ने 

करेबियन प्रिमियर लिग खेल्न सन्दिप लामिछाने बिहिबार बिहान चार्टर्ड फ्लाइट मार्फत बिहान १० बजे कोरिया प्रस्थान गर्नेछन्। जसपछि अमेरिकाको एटलान्टा हुँदै अगस्ट १ मा सेन्ट लुसिया पुग्नेछन्।

सन्दिपको फ्लाइट मिलाउनको लागि पछिल्लो साता निकै दौडधुप गर्नु परेको थियो। सरकारी स्तरबाट समेत प्रयास भएपछि बुधबार सन्दिपको फ्लाइट पक्का भएको थियो। त्यसअघि सन्दिपले आफ्नो कोरोना जांच गरिसकेका छन् जसको रिपोर्ट नेगेटिभ आएको छ।

यो पनि पढ्नुस :- “लकडाउनमा मानसिक रुपमा आफुलाई बलियो बनाएँ” सन्दिप लामिछाने ( अन्तर्वार्ता )

पछिल्लो सिजन डिफेन्डिङ च्याम्पियन बार्बेडोस ट्राइडेन्टसको लागि सिपिएल खेलेका सन्दिप यो पटक जमैका तल्लावाजबाट खेल्नेछन्। ड्राफ्टमार्फत जमैकाले ९० हजार डलर ( १ करोड ७ लाख नेपाली रुपैयाँ ) खर्चेर टिममा भित्र्याएको थियो। यो पटक सन्दिप मार्की खेलाडीको रुपमा पनि खेल्नेछन्।

वेस्टइन्डिज जानु अघि टियु मैदानमा बुधबार बेलुका सन्दिपले पत्रकार सम्मेलन राखेका थिए।

भिडियो :





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]