नयाँ रेकर्ड बनाउदै इंग्ल्यान्ड बिरुद्ध आयरल्याण्डको जित, एकै खेलमा तिन ब्याट्सम्यानको शतक

इंग्ल्यान्ड भ्रमण अन्तर्गत आयरल्याण्डले तेश्रो वानडेमा घरेलु टिमलाई ७ विकेटले पराजित गर्दै गर्दै नयाँ किर्तिमान कायम गर्न सफल भएको छ। यस्तै विश्वकप सुपर लिग अन्तर्गत आयरल्याण्डले महत्वपूर्ण १० अंक समेत पाएको छ।

सिरिज अन्तर्गत पहिलो दुइ वटा वानडेमा क्रमशः ६ विकेट र ४ विकेटले पराजित हुँदै सिरिज २-० ले गुमाईसकेको आयरल्याण्डले अन्तिम वानडेमा शानदार पुनरागमन गरेको हो। सिरिज इंग्ल्यान्डले २-१ ले जितेको छ।

गए राति द रोज बल स्टेडियम साउथह्याम्पटनमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गरेको इंग्ल्यान्डले दिएको ३२९ रनको लक्ष्य आयरल्याण्डले मात्र ३ विकेट गुमाएर ४९.५ ओभरमा जितेको थियो।

दुइ आइरिस ब्याट्सम्यानको शतक, लक्ष्य पछ्याउने नयाँ रेकर्ड 

इंग्ल्यान्ड बिरुद्ध उसैको मैदानमा आयरल्याण्डले पछ्याएको ३२९ रनको लक्ष्य कुनैपनि टिमले पछ्याउन सकेको सर्वाधिक योगफल हो। सन् २००२ मा लर्ड्समा भारतले ३२६ रनको लक्ष्य पछ्याउदै १८ वर्षसम्म कायम राखेको रेकर्ड आयरल्याण्डले तोडेको छ। २००६ मा श्रीलंकाले ३२२ रन तथा २००७ मा भारतले ३१७ रनको लक्ष्य पछ्याउन सकेको थियो।

इंग्ल्यान्डमा इंग्ल्यान्ड बिरुद्ध सर्वाधिक रन पछ्याउने टिम 

१. ३२९ रन ( आयरल्याण्ड ) , २०२० , रोज बल साउथह्याम्पटन

२. ३२६ ( भारत ) , २००२ , लर्ड्स

३. ३२२ ( श्रीलंका ) , २००६, लिड

४. ३१७ ( भारत ) , २००७, ओभल

समग्रमा इंग्ल्यान्ड बिरुद्ध कुनै पनि टिमले पछ्याएको यो चौथो ठुलो योगफल हो। आयरल्याण्डले २०११ को विश्वकपमा ३२८ रनको लक्ष्य पछ्याएको आफ्नै रेकर्ड तोड्न सफल भएको छ। इंग्ल्यान्ड बिरुद्ध सबैभन्दा ठुलो लक्ष्य पछ्याउने टिम भारत हो जसले २०१७ मा ३५१ रनको लक्ष्य पछ्याएको थियो। न्युजिल्यान्डले ३६ रन तथा अस्ट्रेलियाले ३२९ रनको लक्ष्य पछ्याएको थियो।

आयरल्याण्डको दुइ ब्याट्सम्यानको शतक 

३३० रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले सुरुवात देखि निकै सम्हालिएर ब्याटिंग गरेको थियो। पहिलो विकेटको लागि गेरेथ डेलानी र पल स्टरलिंगले ५० रनको साझेदारी गरे। डेलानी १२ रन बनाएर नवौं ओभरमा आउट भएपछि दोश्रो विकेटको लागि स्टरलिंग र कप्तान एन्ड्रु बालबर्नीले दोहोरो शतकीय साझेदारी गरे।


नवौं ओभर देखि ४२ औं ओभरसम्म ब्याटिंग गरेका स्टरलिंग र बालबर्नीले २१४ रनको विशाल साझेदारी गरे। १४२ रन बनाएका स्टरलिंग रन आउट भए पछि साझेदारी टुटेको थियो। लगत्तै ४५ औं ओभरमा बालबर्नी पनि ११३ रन बनाएर आदील रशिदबाट आउट भए।

प्लेयर अफ द म्याच समेत चुनिएका स्टरलिंगले १२८ बलमा ९ चौका र ६ छक्का प्रहार गरे भने बालबर्नीले ११२ बलमा १२ चौका प्रहार गरे। स्टरलिंगको एकदिवसीय अन्तर्राष्ट्रियमा नवौं तथा बालबर्नीको यो छैठौं शतक हो।

एकै खेलमा दुइ आयरल्याण्ड ब्याट्सम्यानले शतक बनाएको यो तेश्रो पटक हो। पहिलो पटक सन् २००७ मा विलियम पोटरफिल्ड र केभिन ओ ब्रायनले केन्य बिरुद्ध, दोश्रो पटक पोटरफिल्ड र एन्ड्रु बालबर्नीले २०१८ मा युएई बिरुद्ध एकै खेलमा शतक बनाएका थिए।

स्टरलिंग र बालबर्नीको विकेट पछि ह्यारी टेक्टर र केभिन ओ ब्रायनले अविजित ५० रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। टेक्टरले २९ र ओ ब्रायनले २१ रन बनाए।

इंग्ल्यान्डको बलिंगमा डेभिड विलि र आदील रशिदले १/१ विकेट लिए।

मोर्गनको शतक व्यर्थ, तोडे धोनीको विश्वकिर्तिमान

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा इंग्ल्यान्डले ४९.५ ओभरमा सबै विकेट गुमाएर ३२८ रन बनाएको थियो।

इंग्ल्यान्डको लागि कप्तान ओएन मोर्गनले १४ औं वानडे शतक बनाउने क्रममा १०६ रन बनाएका थिए। ८४ बलमा उनले १५ चौका र ४ छक्का प्रहार गरे। टम बान्टनले ५८ , डेभिड विलिले ५१ तथा टम कुरानले अविजित ३८ रन बनाए। यस क्रममा मोर्गनले धोनीको कप्तानको रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै छक्काको विश्वकिर्तिमान तोडेका छन्। विस्तृतमा पढ्नुस 

४४ रनमा ३ विकेट गुमाएको इंग्ल्यान्डको लागि मोर्गन र बान्टनले चौथो विकेटको लागि १४६ रनको साझेदारी गरेका थिए। मोर्गन र बान्टनको विकेट पछि एक समय २१६/७ को कमजोर अवस्थामा पुगेको इंग्ल्यान्डलाई विलि र कुरानले आठौँ विकेटको रुपमा ७३ रनको साझेदारी गर्दै उकासेका थिए।


आयरल्याण्डको बलिंगमा क्रेग योंगले ३ ( १०-१-५३-३ ) तथा जोशुवा लिटल र कर्टिस क्यामफरले समान २/२ विकेट लिए।

सिरिज पछि अब इंग्ल्यान्डले पाकिस्तानसंग अगस्ट ५ देखि तिन वटा टेस्टको सिरिज खेल्नेछ। टेस्ट सिरिज पछि अगस्ट २८ बाट तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज हुनेछ।

धेरैले पढेको :- 

चिनियाँ मोबाइल कम्पनि भिभोले आईपीएलको टाइटल स्पन्सरसिप छोड्ने

सन्दिप १४ दिने क्वारेन्टिनमा, पिसीआर परिक्षण नतिजा पछि सिपिएल खेल्न पाइने





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]