तीन महिला नेत्रहीन क्रिकेटर सम्मानित

( फिचर फोटो – फाइल )

नेपालका तीन महिला नेत्रहीन क्रिकेट खेलाडी ‘ज्योति केसी नेत्रहीन महिला क्रिकेट प्रतिभा पुरस्कार’ बाट सम्मानित भएका छन् ।

नेपाल नेत्रहीन क्रिकेट संघले १५ औं वार्षिकोत्सवको अवसरमा बुधबार तीन खेलाडीलाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो । संघले हरेक वर्षको साउन २२ गते वार्षिकोत्सव मनाउने गर्छ।

सम्मानित हुने खेलाडीमा बी–३ समूहतर्फ राष्ट्रिय टोलीका कप्तान समेत रहेकी भगवती भट्टराई, बी–२ बाट मनकेशी चौधरी र बी–१ बाट आशा रेग्मी रहेकी छिन् ।

उनीहरुलाई प्रतिव्यक्ति ५/५ हजार र कदरपत्रबाट सम्मान गरिएको संघले जनाएको छ ।

कप्तान भगवती विगत १४ वर्षबाट नेत्रहिन क्रिकेटमा संग्लग रहेकी छिन् । सन् २०१४ मा बेलायत र २०१९ मा पाकिस्तानसँगको सिरिजमा कप्तानी गर्दै नेपाललाई जित दिलाएकी थिइन् ।

मनकेशी उत्कृष्ट ब्याटिङका लागि चर्चित छिन् । उनी बेलायत र पाकिस्तान विरुद्धको सिरिजमा प्लेयर अफ दि सिरिज बनेकी थिइन् ।

आशा पनि १४ वर्षबाट नेत्रहीन क्रिकेटमा रहेकी छिन् । सन् २०१९ मा पाकिस्तान विरुद्धको सिरिजमा उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]