मसुदको शतक पछि पाकिस्तानी फास्ट बलर चम्किदा दबाबमा इंग्ल्यान्ड

२०७७ श्रावण २३, शुक्रबार ०५:०२

इंग्ल्यान्ड र पाकिस्तान बीच तिन टेस्ट म्याचको सिरिज अन्तर्गत पहिलो टेस्टको दोश्रो दिनको खेल सकिदा घरेलु टिम इंग्ल्यान्डलाई पाकिस्तानले नियन्त्रणमा राखेको छ।

टस जितेर ब्याटिंग गरेपछि पहिलो इनिंगमा ३२६ रन बनाएको पाकिस्तानले दोश्रो दिन अन्तिम सत्रको बलिंगमा उत्कृस्ट प्रदर्शन गर्दा इंग्ल्यान्ड दबाबमा आएको हो।

पहिलो इनिंगमा इंग्ल्यान्डले २८ ओभर ब्याटिंग गर्दै ९२ रनमा ४ विकेट गुमाईसकेको छ र अझै २३४ रनले पछि रहेको छ। क्रिजमा ओली पोप ४६ रन ( ६७ बलमा ६ चौका ) तथा जोस बटलर १५ रन बनाएर ब्याटिंग गरिरहेका छन्।


इंग्ल्यान्डलाई दबाबमा राख्न पाकिस्तान तिब्र गति बलर शाहिन अफ्रिदीले इनिंगको पहिलो ओभरमा रोरी बर्नको विकेट लिएका थिए। त्यसपहि मोहम्मद अब्बासले ८ रन बनाएका डोमिनिक सिबले र खाता नखोल्दै बेन स्टोक्सलाई पेभेलियन फर्काए।

१२/३ को नाजुक अवस्थाबाट कप्तान जोए रुट र ओली पोपले ५० रनको साझेदारी गरे। १४ रन बनाएका रुटलाई लेग स्पिनर यासिर शाहले क्याच आउट गरेपछि इंग्ल्यान्ड अझ समस्यामा परेको थियो।

पाँचौ विकेटको लागि ओली पोप र विकेट किपर ब्याट्सम्यान जोस बटलर बीच ३० रनको साझेदारी भएको छ।

Mohammad Abbas

पाकिस्तानको बलिंगमा तिब्र गति बलर मोहम्मद अब्बासले २ विकेट लिन ७ ओभरमा २४ रन खर्चिएका छन्। शहिद अफ्रिदीले १ विकेट लिन कसिलो बलिंग गर्दै ९ ओभरमा मात्र १२ रन दिएका छन्। यासिर शाहले ७ ओभरमा ३६ रन खर्चेर १ विकेट लिएका छन्।

२४ वर्षमा इंग्ल्यान्डमा पाकिस्तान ओपनरको पहिलो शतक

यस अघि पाकिस्तानले दिनको तेश्रो सेसनमा सबै विकेट गुमाउनु अघि ३२६ रन बनाएको थियो।

भ्रमण टोलिका ओपनर शान मसुदले करियरकै उत्कृस्ट १५६ रन बनाए जुन क्रममा ३१९ बलमा १८ चौका र २ छक्का प्रहार गरे। बाबर आजमले ६९ तथा षडाब खानले ४५ रन बनाए।

१५६ रन मसुदको टेस्टमा उच्च व्यक्तिगत स्कोर हो। यस अघि श्रीलंका बिरुद्ध कराचीमा उनले १३५ रन बनाएका थिए। सन् १९९६ मा सइद अनवर पछि इंग्ल्यान्डमा टेस्ट शतक बनाउने मसुद एकमात्र ओपनिंग ब्याट्सम्यान पनि बनेका छन्। मसुदले यस अघि श्रीलंका र बंगलादेश बिरुद्ध टेस्टमा पनि शतक बनाएका थिए। लगातार तिन टेस्टमा शतक बनाउने मसुद तेश्रो पाकिस्तानी ओपनिंग ब्याट्सम्यान बनेका छन्। यस अघि जाहिर अब्बास र मुदस्सर नजरले पनि यो काम गरेका थिए।


इंग्ल्यान्डको बलिंगमा स्टुवार्ट ब्रड ( १९-६-६३-१ ) र जोफ्रा आर्चरले ( २२-४-५९३ ) समान ३ विकेट लिए। क्रिस वोक्सले २ तथा जेम्स एण्डरसन र डम बेसले १/१ विकेट लिए।

सिरिज अन्तर्गत तिन वटा टेस्ट खेलीनेछ। दोश्रो टेस्ट अगस्ट १३ तथा तेश्रो टेस्ट अगस्ट २१ बाट सुरु हुनेछ। टेस्ट सिरिज पछि दुइ देश बीच तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ।

पाकिस्तानले इंग्ल्यान्डलाई अन्तिम पटक सन् १९९६ मा टेस्ट सिरिजमा पराजित गर्न सकेको थियो।

धेरैले पढीरहेको :-

https://wicketnepal.com/nep-wc-l-2-wn20-practice-postponed-wn20/

https://wicketnepal.com/morgan-breaks-dhoni-world-record-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy