टेस्ट जित्न इंग्ल्यान्डलाई २७७ रनको लक्ष्य

२०७७ श्रावण २४, शनिबार १६:१४

इंग्ल्यान्ड र पाकिस्तान बीच म्यानचेस्टरमा जारि ३ टेस्ट म्याचको सिरिज अन्तर्गत पहिलो टेस्ट जित्न भ्रमण टोलि पाकिस्तानले इंग्ल्यान्डलाई २ सय ७७ रनको लक्ष्य दिएको छ।

चौथो दिन १३७/८ को अवस्थाबाट ब्याटिंग सुरु गरेको पाकिस्तानले बाँकी २ विकेट गुमाउन थप ३२ रन जोडेपछि दोश्रो इनिंगको अग्रता २७६ पुगेको थियो। १६९ रनमा पाकिस्तानले सबै विकेट गुमाउन पुग्यो।

पाकिस्तान पहिलो इनिंग : ३२६, दोश्रो इनिंग : १६९  , इंग्ल्यान्ड पहिलो इनिंग : २१९

तेश्रो दिनको समाप्तिमा १२ रनमा अविजित रहेका यासिर शाहले आक्रामक ब्याटिंग गर्दै ३३ रन ( २४ बलमा ५ चौका र १ छक्का )  बनाएर स्टुवार्ट ब्रडबाट आउट भए। त्यसपछि जोफ्रा आर्चरले नसिम शाहलाई पेभेलियन फर्काए जसले ४ रन बनाए। मोहम्माब अब्बास ३ रनमा अविजित रहे।

इंग्ल्यान्डको बलिंगमा स्टुवार्ट ब्रडले सर्वाधिक ३ विकेट ( १०-३-३७-३ ) तथा क्रिस वोक्स ( ५-१-११-२ ) र बेन स्टोक्स ( ४-१-११-२ ) ले २/२ विकेट लिए। जोफ्रा आर्चर र डम बेसले १/१ विकेट लिए।


पाकिस्तानको लागि यस अघि असद शफिकले २९, मोहम्मद रिजवानले २७, अबिद अलिले २०, अजहर अलिले १८ तथा शदाब खानले १५ रन बनाएका थिए। पहिलो इनिंगमा शतक बनाएका शान मसुद भने खाता नखोली आउट भएका थिए , यस्तै बाबर आजमले ५ रन बनाए।

पाकिस्तान र इंग्ल्यान्डको पहिलो इनिंग

पाकिस्तानले पहिलो इनिंगमा ३२६ रन बनाएको थियो जसको लागि ओपनर शान मसुदले करियरकै व्यक्तिगत सर्वाधिक रन बनाउने क्रममा १५६ रन बनाएका थिए। बाबर आजमले ६९ तथा शदाब खानले ४५ रन बनाए। इंग्ल्यान्डको बलिंगमा जोफ्रा आर्चर र स्टुवार्ट ब्रडले समान ३ विकेट लिएका थिए।

शान मसुदले पहिलो इनिंगमा करियरकै व्यक्तिगत सर्वाधिक रन बनाउने क्रममा १५६ रन बनाएका थिए।

इंग्ल्यान्डले पहिलो इनिंगमा २१९ रन मात्र बनाउन सकेको थियो र पाकिस्तानको पहिलो इनिंगको योगफल भन्दा १०७ रनले पछि परेको थियो। उसको लागि ओली पोपले सर्वाधिक ६२ तथा जोस बटलरले १९ रन बनाएका थिए। पाकिस्तानको बलिंगमा लेग स्पिनर यासिर शाहले सर्वाधिक ४ विकेट तथा मोहम्मद अब्बास र शदाव खानले समान २/२ विकेट लिएका थिए।

सन् १९९६ पछि पाकिस्तानले इंग्ल्यान्डमा कुनै पनि टेस्ट सिरिज जित्न सकेको छैन।

धेरैले पढीरहेको :-

https://wicketnepal.com/sandeep-report-negative-with-162-wn20/

https://wicketnepal.com/fabian-allen-le-cpl-t20-gumaune-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy