संगाकाराको नजरमा दुइ वेस्टइन्डिज ब्याट्सम्यान सर्वोत्कृष्ट

२०७७ श्रावण २६, सोमबार २०:३५

श्रीलंकन क्रिकेट टिमका पूर्वकप्तान तथा मेरिलेबोन क्रिकेट क्लब ( एमसीसी ) का अध्यक्ष कुमार संगाकाराले ट्वीटरमा फ्यानहरुसंग कुराकानी गर्दै बिभिन्न जिज्ञाशाहरुको उत्तर दिएका हुन्। यस क्रममा संगाकाराले उनलाई सबैभन्दा उत्कृस्ट लाग्ने ब्याट्सम्यानको नाम लिएका थिए।

विश्वउत्कृस्ट ब्याट्सम्यानको नाम लिंदा धेरैले भारतीय र अस्ट्रेलियन ब्याट्सम्यानको नाम लिन छुटाउदैनन् तर संगाकाराको नजरमा भने दुइ वेस्टइन्डिज ब्याट्सम्यान सर्वोत्कृष्ट रहेका छन्। उनले सर भिभियन रिचर्ड र ब्रायन लाराको नाम लिंदै दुवै जना सबैभन्दा महान ब्याट्सम्यानको आफ्नो सुचीमा बराबरीको स्थानमा रहेको बताए।

“भिभियन रिचर्ड्स मेरो सबैभन्दा प्रिय थिए त्यसपछि ब्रायन लारा आए, त्यसपछि दुवै जना मेरो सुचीमा उत्तिकै महत्वपूर्ण छन्। भिभियन रिचर्ड्स र ब्रायन लारा मेरो ब्याटिंग हिरो थिए। श्रीलंकाले १९९६ मा जितेको विश्वकप पनि मेरो क्रिकेट खेल्नुको प्रेरणा थियो।” संगाकाराले एक फ्यानको प्रश्नको जवाफ दिए।

‘भिभियन रिचर्ड्स र ब्रायन लारा मेरो ब्याटिंग हिरो थिए।’ – संगाकारा

वेस्टइन्डिज लेजेन्ड ब्रायन लारा टेस्टमा ४ सय रन बनाउने एक मात्र खेलाडी हुन् जसले टेस्ट र एकदिवसीय दुवै फर्म्याटमा १० हजार रन माथि बनाएका छन्। यस्तै आक्रामक ब्याटिंगका आदर्श सर भिभ रिचर्ड्स ७० र ८० को दशकको महान ब्याट्सम्यान थिए जसले टेस्टमा ५० को औशतले ८,५४० तथा एकदिवसीयमा ४७ को औशतले ६,७२१ रन बनाएका थिए। एकदिवसीयमा उनले ९०.२० को स्ट्राइक रेटले रन बनाएका थिए जुन आफैमा त्यतिबेला ठुलो काम थियो।

४३ वर्षीय संगाकाराले आफ्नो करियरमा खेलेको सबैभन्दा मुस्किल बलरको नाम पनि लिए। पाकिस्तान लेजेण्ड पेस बलर वासिम अक्रम र भारतीय पेस बलर जाहिर खान आफुलाई सबैभन्दा मुस्किल लागेको बलर बताए।

“वासिम अक्रमलाई खेल्नु डरलाग्दो सपना जस्तो थियो, जाहिर खानलाई पनि मैले धेरै खेले जो पनि सामना गर्न निकै मुस्किल थिए।”

यस्तै संगाकाराले विकेटकिपिंग गर्दा सबैभन्दा मुस्किल बलरको नाम लिंदा श्रीलंकन अफ स्पिनर मुथैया मुरलीधरनको नाम लिए।

“मुरलीको टर्न र बिबिधता तथा श्रीलंकाको मौसममा मुरलीको बलमा किपिंग गर्नु निकै मुस्किल थियो। त्यसले तपाईको मानसिक र शारीरिक दुवै रुपमा टेस्ट लिन्थ्यो।”

बायाँ हाते श्रीलंकन लेजेन्ड संगाकारा क्रिकेटको तिन वटै फर्म्याटमा धेरै रन बनाउने ब्याट्सम्यानको सुचीमा अग्र स्थानमा रहेका छन्।

श्रीलंकाको लागि १३४ टेस्ट, ४०४ एकदिवसीय र ५६ टि-१० अन्तर्राष्ट्रिय खेलेका संगाकाराले टेस्टमा १२,४०० , एकदिवसीयमा १३,२३४ तथा टि-२० मा १,३८२ रन बनाएका थिए। यस क्रममा उनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै रन बनाउने सुचीमा मात्र भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर भन्दा पछि रहेका छन्। तेन्दुलकरले १८,४२६ रन बनाएका थिए।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/patanjali-ipl-title-wn20/

https://wicketnepal.com/fabian-allen-le-cpl-t20-gumaune-wn20/

https://wicketnepal.com/nep-wc-l-2-wn20-practice-postponed-wn20/

https://wicketnepal.com/rashid-wishakap-jitepachi-bihe-wn20/

https://wicketnepal.com/malaysia-host-t20-wc-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy