#ENGvPAK लगातार ३ विकेट गुम्दा पाकिस्तान दवावमा, वर्षाले रोकियो खेल

इंग्ल्यान्ड र पाकिस्तान बीच तिन टेस्ट म्याचको सिरिज अन्तर्गत दोश्रो टेस्ट साउथह्याम्प्टनमा सुरु भएको छ। द रोज बल स्टेडियममा जारि खेलमा टस जितेर ब्याटिंग गरेको पाकिस्तानले ५ विकेट गुमाएर १२६ रन बनाएको छ। ४५.४ ओभरको खेल सकिंदा वर्षाले खेल रोकिएको छ। वर्षाका कारण तेश्रो पटक खेल अवरुद्ध बनेको हो।

खेल रोकिएको अवस्थामा बाबर आजम २५ रन तथा विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान ४ रन बनाएर अविजित रहेका छन्। आजमले ५१ बलमा १ चौका प्रहार गरेका छन्।

यस अघि ओपनर शान मसुदलाई १ रनमा एण्डरसनले आउट गरेपछि पाकिस्तान सम्हालिएको थियो। दोश्रो विकेटको लागि अर्का ओपनर अबिद अलि र कप्तान अजहर अलिले ७२ रनको साझेदारी गरेका थिए। एण्डरनसनले २० रन बनाएका कप्तान अलिको विकेट लिंदै इंग्ल्यान्डलाई खेलमा फर्काए। त्यसपछि स्याम करनले ६० रन बनाएका अबिद अलिलाई क्याच आउट गराए। उनले १११ बलमा ७ चौका प्रहार गरे।

अबिद अलिले ६० रन बनाए

अबिद अलिको विकेट पछि असद शफिक ५ रन बनाएर स्टुवार्ट ब्रोडबाट क्याच आउट तथा ११ वर्ष पछि पाकिस्तानको लागि टेस्ट खेलेका फवाद आलम खाता नखोली क्रिस वोक्सबाट एलबिडब्लु आउट भए।

इंग्ल्यान्डको लागि जेम्स एण्डरसनले २ विकेट लिन १५ ओभरमा ३ मेडन ओभर गर्दै ३५ रन खर्चिएका छन्। स्टुवार्ट ब्रोड, स्याम करन र क्रिस वोक्सले समान १/१ विकेट लिएका छन्।

खेलमा इंग्ल्यान्डले बेन स्टोक्स र जोफ्रा आर्चरको स्थानमा ज्याक क्रले र स्याम करनलाई अन्तिम-११ मा मौका दिएको छ। बेन स्टोक्स पारिवारिक कारण देखाउदै न्युजिल्यान्ड जानु पर्ने भएपछि उनले सिरिज गुमाउनेछन्।

पाकिस्तान कप्तान अजहर अलिको विकेट लिएपछि एण्डरसनको खुसि

पाकिस्तानले शदाब खानको स्थानमा फवाद आलमलाई अन्तिम-११ मा मौका दिएको छ। आलमले अन्तिम पटक २००९ मा पाकिस्तानको लागि टेस्ट खेलेका थिए। पाकिस्तानको लागि दुइ टेस्टमा यो दोश्रो धेरै अन्तर हो। ११ वर्षको अवधिमा पाकिस्तानले ८८ वटा टेस्ट खेलीसकेको छ। सबैभन्दा धेरै युनिस एहमदले १०४ टेस्टको अन्तरमा टेस्ट खेलेका थिए। एहमदले १९६९ बाट १८ वर्षको अन्तरमा टेस्टमा मौका पाएका थिए।

सिरिज अन्तर्गत पहिलो टेस्टमा पाकिस्तान ३ विकेटले पराजित भएको थियो। इंग्ल्यान्डले चौथो इनिंगमा २७७ रनको लक्ष्य पछ्याउदै रोमान्चक जित दर्ता गरेको थियो।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/cricketers-salary-can-wn20/

https://wicketnepal.com/ipl-t20-all-teams-squad-wn20/

https://wicketnepal.com/sangakkara-2-fav-batsman-wn20/

https://wicketnepal.com/fabian-allen-le-cpl-t20-gumaune-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy