पूर्व भारतीय क्रिकेटर चौहानको निधन

२०७७ श्रावण ३२, आईतवार १९:०८

भारतीय क्रिकेट टिमका पूर्व ओपनिंग ब्याट्सम्यान चेतन चौहानको आइतबार निधन भएको छ।

७३ वर्षीय चौहान कोरोना संक्रमित भएपछि गत महिना अस्पताल भर्ना गरिएको थियो। शनिवार उनको स्वास्थ्य निकै नाजुक अवस्थामा पुगेको थियो। एक दिन पछि उनको निधनको खबर आएको हो। चौहानको कोरोना पछि शनिबार किड्नी फेल भएको थियो जसपछि भेन्टिलेटरमा राखिएको थियो।

चौहानले भारतको लागि ४० टेस्ट र ७ वानडे खेलेका थिए भने भारतीय जनता पार्टीबाट क्रिकेट करियर पछि राजनीतिमा सक्रिय थिए। निधन पछि भारतीय क्रिकेटरहरुले दुख व्यक्त गरेका छन्।


चौहानको क्रिकेट करियर 

टेस्ट करियरमा ३१.५७ को औशतले २,०८४ रन बनाएका चौहानले १६ अर्धशतक बनाएका थिए। चौहानले सुनिल गावस्करसंग ओपनिंग ब्याटिंग गर्दै ३ हजार भन्दा बढी रन बनाएका थिए जसमा १० वटा शतकीय साझेदारी सामेल छ। टेस्टमा उत्कृस्ट गावस्करसंगको उत्कृस्ट साझेदारीको लागि उनलाई चिनिने गरिन्छ। तर उनले करियरमा शतक भने बनाउन सकेनन्। उनि टेस्ट क्रिकेटमा पहिलो यस्तो खेलाडी बनेका थिए जसले २ हजार रन बनाएता पनि कुनै शतक प्रहार गर्न सकेका थिएनन्।

सन् १९८१ मा उनले अन्तिम पटक भारतको लागि न्युजिल्यान्ड बिरुद्ध टेस्ट खेलेका थिए। त्यसपछि उनलाई टिमबाट बाहिर गरिएको थियो। घरेलु क्रिकेटमा भने चौहानले २१ शतक र ५९ अर्धशतक मद्दतले ११,१४३ रन बनाएका थिए। क्रिकेट करियर पछि चौहान राजनीतिमा प्रवेश गरेका थिए जसले १९९१ र १९९८ मा दुइ पटक बिजेपीबाट लोकसभा चुनाव जितेका थिए।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/dhoni-5-decesion-wn20/

https://wicketnepal.com/cpl-t20-top-03-spell-wn20/

https://wicketnepal.com/cpl-t20-jamaica-team-prev-wn20/

https://wicketnepal.com/5-companied-keen-ipl-title-spon-wn20/

https://wicketnepal.com/4-ball-4-wicket-new-wc-wn20/

https://wicketnepal.com/aus-to-tour-eng-wn20/

https://wicketnepal.com/cricketers-salary-can-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy