CPLT20 : ट्रिनबागोको जितमा सुनिल नारायणको आक्रामक अर्धशतक

२०७७ भाद्र ३, बुधबार ००:४२

सुनिल नारायणले अल-राउण्ड प्रदर्शन गर्दा आठौँ सिजनको करेबियन प्रिमियर लिग टि-२० अन्तर्गत उद्घाटन खेलमा काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्सले विजयी सुरुवात गरेको छ।

ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गरेको गायनाले दिएको १४५ रनको लक्ष्य ट्रिनबागो नाइट राईडर्सले ६ विकेट गुमाएर १६.४ ओभरमा पुरा गर्दै ४ विकेटको जित हाँसिल गरेको हो। वर्षाले खेल ढिला सुरु हुँदा १७ ओभरमा छोट्याइएको थियो।

लिग अन्तर्गत दोश्रो खेल डिफेन्डिङ च्याम्पियन बार्बेडोस ट्राइडेन्ट र सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स बीच भोलि बुधबार बिहान ३:१५ बजे खेलिनेछ।

सुनिल नारायणको आक्रामक अर्धशतक 

लक्ष्य पछ्याउने क्रममा ट्रिनबागोलाई ओपनर सुनिल नारायणले विस्फोटक सुरुवात दिलाएका थिए। अर्को किनारमा विकेट गुमेता पनि नारायणले २८ बलमा अर्धशतक बनाउदै जितको आधार तयार गरेका थिए। ११ औं ओभरमा इमरान ताहिरको बलमा क्याच आउट हुनु अघि नारायणले २८ बलमा २ चौका र ४ छक्का प्रहार गरे।


यस अघि ओपनर लेन्डल सिमोन्स १७ तथा कोलिन मुनरो १७ रन बनाएर आउट भएपछि नारायणले डेरेन ब्राभोसंग तेश्रो विकेटको लागि ४४ रनको साझेदारी गरेका थिए।

नारायणको विकेट पछि कप्तान काइरन पोलार्ड १० तथा टिम सेफर्ट २ रन बनाएर आउट भए। डेरेन ब्राभोले एक किनार सम्हाल्दै टिमलाई जिततर्फ डोर्याए। अन्तिम ओभरमा आउट हुनु अघि ब्राभोले २७ बलमा २ छक्का मद्दतले ३० रन बनाए। ड्वेन ब्राभोले अविजित ६ रन बनाए।

गायनाको बलिंगमा इमरान ताहिरले सर्वाधिक २ विकेट ( ४-०-४०-२ ) लिए। नभिन उल हक, रोमारियो शेफर्ड र किमो पौलले १/१ विकेट लिए।

सुनिल नारायणले २ विकेट लिनुको साथै ५० रन पनि बनाए। फाइल फोटो

गायनाको इनिंग : हेटमायरको उत्कृस्ट ब्याटिंग

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा गायनाले १७ ओभरमा ५ विकेट गुमाएर १४४ रन बनाएको थियो।

उसको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका शिमरन हेटमायरले अविजित ६३ रन बनाएका त्यस क्रममा ४४ बलमा २ चौका र २ छक्का प्रहार गरे। उनले तेश्रो विकेटको लागि रस टेलरसंग ५० रनको, चौथो विकेटको लागि निकोलस पुरनसंग ३८ रनको तथा छैठौं विकेटको लागि किमो पौलसंग २७ रनको साझेदारी गरे। रस टेलरले ३३, निकोलस पुरनले १८ तथा किमो पौलले अविजित १५ रन बनाए। ट्रिनबागोको बलिंगमा सुनिल नारायणले २ विकेट लिए।

लिग अन्तर्गत दोश्रो खेल डिफेन्डिङ च्याम्पियन बार्बेडोस ट्राइडेन्ट र सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स बीच भोलि बुधबार बिहान ३:१५ बजे खेलिनेछ।

सेप्टेम्बर १० सम्म चल्ने लिगमा सहभागी ६ टिम मध्ये डिफेन्डिङ च्याम्पियन बार्बेडोस ट्राइडेन्टको कप्तानी जेसन होल्डरले, गायना अमेजन वारियर्सको कप्तानी क्रिस ग्रिनले, जमैका तालावाजको कप्तानी रभम्यान पावेलले, सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सको कप्तानी रायद इम्रीटले, सेन्ट लुसिया जुक्सको कप्तानी डेरेन स्यामीले तथा ट्रिनबागो नाइट राइडर्सको कप्तानी काइरन पोलार्डले गर्नेछन्। नेपाली लेग स्पिनर सन्दिप लामिछाने यो पटक जमैका तल्लावाजको लागि खेल्दैछन्।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/cpl-t20-2020-from-tom-all-det-wn20/

https://wicketnepal.com/ipl-woakes-placement-sa-bow-wn20/

https://wicketnepal.com/ipl-5-player-to-debut-wn20/

https://wicketnepal.com/ipl-dream-11-sponsor-wn20/

https://wicketnepal.com/20-records-by-kohli-12th-year-wn20/

https://wicketnepal.com/dhoni-fan-chacha-chicago-retire-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy