क्रिकेटरहरुको २०१९ को तलब १० हजार बढ्ने, पढ्नुस कुन श्रेणीको खेलाडीको कति छ तलब

नेपाली राष्ट्रिय क्रिकेटरहरुले अन्तिम पटक २०१९ फेब्रुअरीमा तलब पाएको करिब १९ महिना बितिसक्दा बल्ल तलब पाउने भएका छन्। नेपाल क्रिकेट संघ ( क्यानले ) आईसीसीलाई गत साता खेलाडीहरुको विवरण बुझाएपछि यसै महिना तलब निकासा हुने बताईएको छ।

नेपाल क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुरेलले खेलाडीहरुको तलब छिट्टै आउने र यो पटक अघिल्लो पटक भन्दा प्रत्येक ग्रेडका खेलाडीहरुले १० हजार रुपैयाँ बढी तलब पाउने समेत बताएका छन्। अनलाइनखबरसंग तलब बढ्ने कुराको पुस्टि गरेका प्याकुरेलका अनुसार क्यान पुनर्गठन भएपछि तलब १०/१० हजार बढाउन माग गरिएको जसमा आईसीसीले सहमति जनाएको छ।

कति हुनेछ क्रिकेटरहरुको तलब 

यस अघि २०१९ फेब्रुअरीमा राष्ट्रिय क्रिकेटरहरुले एकै पटकमा २ वर्षको ( २०१७ र २०१८ ) तलब बुझेका थिए। यो पटक २०१९ को तलब आईसीसीले दिनेछ। २०२० को भने क्यानले खेलाडीहरुको नयाँ वर्गीकरण गरेपछि मात्र प्रक्रिया सुरु हुनेछ।

पछिल्लो पटक आईसीसीले राष्ट्रिय खेलकुद परिषद मार्फत तलब पठाउदा ‘ए’ ‘बि’ र ‘सी’ श्रेणीका खेलाडीहरुलाई मासिक रु. ३५ हजार, २५ हजार र १५ हजारको दर तोकिएको थियो। यो पटक खेलाडीहरुले तिन वटा ग्रेडमा १० हजार बढी अर्थात् ‘ए श्रेणीकाले ४५ हजार रुपैयाँ, ‘बि’ श्रेणीकाले ३५ हजार रुपैयाँ तथा ‘सी’ श्रेणीकाले २५ हजार रुपैयाँ पाउनेछन्।

वार्षिक रुपमा १२ महिनाको गणना गर्ने हो भने ‘ए’ श्रेणीका खेलाडीहरुले कुल ५ लाख ४० हजार रुपैयाँ, ‘बि’ श्रेणीकाले कुल ४ लाख २० हजार रुपैयाँ तथा ‘सी’ श्रेणीकाले कुल ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

Paras Khadka, Sandeep Lamichhane
‘ए’ श्रेणीमा रहेका खेलाडीहरुले मासिक ४५ हजार, ‘बि’ श्रेणीकाले ३५ हजार तथा ‘सी’ श्रेणीकाले २५ हजार पाउनेछन्।

कुन-कुन २२ खेलाडीले तलब पाउलान् ? 

पछिल्लो पटक २०१९ फेब्रुअरीमा तिन श्रेणीका गरि २१ जना खेलाडीहरुले तलब पाएका थिए। ए श्रेणीमा  पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, वसन्त रेग्मी, सोमपाल कामि, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरि , बि श्रेणीमा आरिफ शेख, करन केसी, ललित भण्डारी, अनिल शाह, रोहित पौडेल, ललित नारायण राजबंशी, शक्ति गौचन तथा सी श्रेणीमा सुबास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनिल धमला, सुशन भारी, प्रदिप ऐरी र बिनोद भण्डारी रहेका थिए।

यो पटक पछिल्लो पटक भन्दा १ जना बढी कुल २२ जना खेलाडीहरुले तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटी समेतले तलब पाउने बताईएको छ। तर कुन-कुन खेलाडी कुन ग्रेडमा छन् र २२ जना खेलाडीहरुको सुची क्यानले सार्वजनिक गरेको छैन।

तर विकेटनेपालले गरेको अनुमान अनुसार पछिल्लो पटक वर्गीकरणमा रहेका खेलाडीहरु मध्ये ६ जना खेलाडीहरु शक्ति गौचन, ललित भण्डारी, अनिल शाह,सुबास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनिल धमला यो पटक वर्गीकरणबाट बाहिरिनेछन्। गौचनले २०१८ मा सन्यास घोषणा गरेका थिए भने ललित, अनिल, सागर, दिलिप र सुनिल, सुबासले २०१९ मा नेपालको लागि कुनै पनि खेल नखेलेका कारण वर्गीकरणबाट बाहिरिनेछन्।

वर्ष २०१९ मा नेपालको लागि डेब्यु गरेका खेलाडीहरु अविनाश बोहरा, पवन सर्राफ, सन्दिप जोरा, राशिद खान, कुशल मल्ल, इशान पाण्डे जस्ता खेलाडीहरु वर्गीकरणमा पर्नेछन्। कुशल भुर्तेलले इमर्जिंग टिम्स एसिया कपमा डेब्यु गरेको हुँदा त्यसलाई नेपालको सिनियर टिम डेब्यु मान्ने या नमान्ने निश्चित छैन।

यस्तै २०१९ नोभेम्बरमा मेरिलेबन क्रिकेट क्लब बिरुद्ध टिममा स्थान बनाएका राजु रिजाल पनि वर्गीकरणमा पर्न सक्नेछन्। एमसीसी बिरुद्धको ३ दिवसीय खेलले प्रथम श्रेणी क्रिकेटको मान्यता पाएको थियो।

२०१९ को तलबको लागि वर्गीकरणमा पर्न सक्ने २२ खेलाडीहरु :- 

१. पारस खड्का, २. ज्ञानेन्द्र मल्ल, ३. शरद भेसावकर, ४. बसन्त रेग्मी, ५. सोमपाल कामि, ६. सन्दिप लामिछाने, ७. दिपेन्द्र ऐरी, ८. आरिफ शेख, ९. बिनोद भण्डारी, १०. करन केसी, ११. ललित राजबंशी, १२. प्रदिप ऐरी, १३. अविनाश बोहरा , १४. पवन सर्राफ, १५. इशान पाण्डे , १६. राशिद खान, १७. कुशल मल्ल, १८. सन्दिप जोरा, १९. राजु रिजाल, २०. रोहित पौडेल , २१. सुशन भारि, २२. कुशल भुर्तेल 

२०१९ को प्रदर्शन र नेपालको प्रतिनिधित्व गरेको आधारमा हेर्दा ‘ए’ श्रेणीमा फेरबदल हुने सम्भावना रहेको छ। सिनियर, प्रदर्शन र सबै फर्म्याटमा प्रतिनिधित्व गरेको आधारमा ए श्रेणीमा खेलाडीहरुलाई राख्ने गरिन्छ। बसन्त रेग्मी र शरद भेसावकरलाई २०१९ मा टि-२० क्रिकेटमा कम मौका दिईएको थियो। रेग्मीले त नेपालको लागि २०१९ जुलाईको सिंगापुर टुर पछि नेपालको लागि खेलेका छैनन्। विश्व कप लिग-२, दक्षिण एसियाली खेलकुद तथा टि-२० विश्वकप छनौट एसिया रिजन जस्ता प्रतियोगिता रेग्मीले खेलेनन्। त्यसैले रेग्मी ‘बि’ श्रेणीमा झर्ने सम्भावना प्रवल रहेको छ।

अघिल्लो पटक ‘बि’ श्रेणीमा रहेका करन केसी तथा ‘सी’ श्रेणीमा रहेका बिनोद भण्डारी ‘ए’ श्रेणीमा उक्लन सक्नेछन्। यस्तै सुशन भारि, अविनाश बोहरा, पवन सर्राफ, कुशल मल्ल, रोहित पौडेल, ललित राजबंशी जस्ता खेलाडीहरु ‘बि’ श्रेणीमा रहन सक्छन्। युवा खेलाडीहरु इशान पाण्डे, राशिद खान, कुशल मल्ल, सन्दिप जोरा, राजु रिजाल, कुशल भुर्तेल ‘सी’ श्रेणीमा रहन सक्नेछन्। २०२० मा नेपालको लागि खेलेका भुवन कार्की, सुबास खकुरेल जस्ता खेलाडीहरुले अब क्यानले गर्ने नयाँ वर्गीकरणमा स्थान बनाउन सक्नेछन्।

यो पनि पढ्नुस :-

सन्दिपले मुजिबलाई दिए उत्कृस्ट बलिंगको श्रेय, कारण यस्तो

सन्दिपको नयाँ किर्तिमान, सिपिएल इतिहासकै सातौँ किफायती बलर

सन्दिप, रसेल, मुजिब चम्किएता पनि जमैका पराजित, सन्दिपको कीर्तिमानी बलिंग

इंग्ल्यान्डको विशाल योगफल पछि पाकिस्तानको कमजोर सुरुवात

CPL T20 : सेन्ट किट्सको लगातार तेश्रो हार, नाबीको अलराउण्ड प्रदर्शन

इरफानले बनाए विदाई नपाएका ११ खेलाडीहरुको सुची, भारतीय टिमसंग विदाई खेल आयोजना गर्न माग

क्यानद्वारा २३ पुरुष राष्ट्रिय क्रिकेटर सहित ५० जनाको कोरोना बीमा

इंग्ल्यान्ड बिरुद्ध टि-२० सिरिजको लागि पाकिस्तान टिमको घोषणा





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]