IPL : दिल्लीका ओपनर जेसन रोय प्रतियोगिताबाट बाहिरिए, सट्टामा अस्ट्रेलियन फास्ट बलर खेल्ने

इंग्ल्यान्ड र पाकिस्तान बीच तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिजको लागि घोषित टिमबाट आक्रामक ओपनर जेसन रोय बाहिरिएका छन्। ३० वर्षीय ओपनर पाकिस्तानसंगको सिरिज मात्रै हैन सिरिज पछि युएईमा सेप्टेम्बर १९ बाट सुरु हुने इन्डियन प्रिमियर लिगबाट पनि बाहिरिएका छन्। रोय आईपीएलमा दिल्ली क्यापिटल्समा अनुबन्धित थिए।

अभ्यास गर्ने क्रममा पेटको बायाँतर्फ मांसपेशीमा तनावका कारण रोयले पाकिस्तानसंगको सिरिज र लगत्तै आईपीएल पनि गुमाउने भएका हुन्। इंग्ल्यान्डले पाकिस्तानसंग अगस्ट २८, ३० र सेप्टेम्बर १ मा तिन वटा टि-२० खेल्दैछ। त्यसपछि इंग्ल्यान्डले अस्ट्रेलियासंग ३/३ वटा टि-२० र वानडे सिरिज पनि खेल्ने तालिका रहेको छ। यो पढ्नुस – टि-२० र वानडे सिरिज खेल्न अस्ट्रेलियन टिम इंग्ल्यान्ड प्रस्थान

घाइते भएपछि उनि इंग्ल्यान्ड क्रिकेटको पुनर्स्थापना कार्यक्रममा रहनेछन् जसपछि उनको अवस्थामा सुधार भए अस्ट्रेलिया बिरुद्धको सिरिजमा कम्ब्याक गर्न सक्नेछन्।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्यान्डको लागि ३५ खेल खेलेका रोयले २४.५७ को औशत र १४७.५१ को स्ट्राइक रेटमा ८६० रन बनाएका छन् जुन क्रममा ५ वटा अर्धशतक बनाएका छन्। एकदिवसीय क्रिकेटमा रोयले ९० खेलमा ४१.१७ को औशतले ९ शतक र १८ अर्धशतक प्रहार गर्दै ३,४५९ रन बनाएका छन्।

पाकिस्तानसंग सिरिजको लागि घोषित इंग्ल्यान्ड टिम : ओएन मोर्गन ( कप्तान ) , मोइन अलि, जोनी बेयरस्टो, टम ब्यान्टन, स्याम बिलिंग्स, टम कुरान, जो डेनलि, लेविस ग्रेगरी, क्रिस जोर्डन, शकिब महमुद, डेभिड मलान, आदील रशिद र डेभिड विलि

पाकिस्तान टिम : बाबर आजम ( कप्तान ) , फखर जमान, हैदर अलि, हरिस रौफ, इफ्तिखार एहमद, इमाद वासिम, खुसदिल शाह, मोहम्मद हफिज, मोहम्मद हस्नैन, मोहम्मद रिजवान, मोहम्मद आमिर, नसिम शाह, सरफराज एहमद, शदाब खान, शाहिन अफ्रिदी, शोयब मलिक, वहाब रियाज

स्याम्स गत सिजन बिग ब्यास लिगको सर्वाधिक विकेट लिने बलर हुन्

रोयको सट्टा दिल्लीले भित्र्यायो बिग ब्यास लिगमाका उत्कृस्ट बलर स्याम्स

क्रिक्बजका अनुसार रोयले आईपीएलबाट नाम फिर्ता लिईसकेका छन्। उनको सट्टा रिकी पोंटिंगको प्रशिक्षणमा रहेको दिल्लीले अस्ट्रेलियन बायाँ हाते फास्ट बलर ड्यानियल स्याम्सलाई अनुबन्ध गरिसकेको क्रिकबजले लेखेको छ। अस्ट्रेलियाको इंग्ल्यान्ड बिरुद्ध सिमित ओभर सिरिजमा रहेका कारण स्याम्सले लिगको पहिलो २ खेल गुमाउन सक्नेछन्।

ड्यानियल स्याम्सले गत सिजन बिग ब्यासमा सिड्नी थन्डर्सको प्रतिनिधित्व गरेका थिए जुनक्रममा २७ वर्षीय बलरले प्रतियोगिताकै सर्वाधिक ३० विकेट लिएका थिए। उनि इंग्ल्यान्ड बिरुद्ध आगामी सिरिजमा डेब्यु गर्न तयार रहेका छन्।

दिल्लीले यस अघि अर्का इंग्ल्यान्ड खेलाडी क्रिस वोक्सलाई पनि गुमाएको थियो जसले प्रतियोगिता सरेपछि इंग्ल्यान्डको लागि खेल्न ध्यान केन्द्रित गर्न नाम फिर्ता लिएका थिए। उनको सट्टा दिल्लीले दक्षिण अफ्रिकी तीव्र गति बलर एनरिच नोर्कियालाई भित्र्याएको थियो।

दिल्लीलाई पर्ने छैन ठूलो असर 

जेसन रोय दिल्ली बाट बाहिरिएको अवस्थामा पनि टिमको ओपनिंग ब्याटिंगको बिकल्पमा शिखर धवन, पृथ्वी श, एलेक्स केरे जस्ता बिकल्प रहेका छन्। टिममा यो सिजन भित्रिएका अजिंके रहाने पनि आवस्यकता अनुसार ओपनिंग ब्याटिंग गर्न सक्छन्।

स्याम्सको उपस्थितिमा दिल्लीको तिब्र गति बलिंग थप मजबुत हुनेछ। टिममा इशान्त शर्मा, कागीसो रबाडा, मोहित शर्मा, आवेश खान, हर्षल पटेल जस्ता फास्ट बलर उपलब्ध छन्।

आईपीएल २०२० मा दिल्ली क्यापिटल्स टिम :- श्रेयस अयर, पृथ्वी शा, रिषभ पंत, शिखर धवन, अक्षर पटेल, कीमो पल, अमित मिश्रा, आवेश खान, हर्शल पटेल, इशांत शर्मा, कागिसो रबाडा, सन्दिप लामिछाने, रभीचन्द्रन अश्विन, अजिंके रहाने, ड्यानियल स्याम्स , एलेक्स क्यारी, शिमरन हेटमायर, एनरिक नोर्किया, मार्कस स्टोइनिस, मोहित शर्मा, ललित यादव र तुषार देशपांडे।

सम्बन्धित :-

IPL 2020 : सर्वोत्कृष्ट बलिंग आक्रमण भएको ३ टोली

IPL : वोक्सको स्थानमा दिल्लीले दक्षिण अफ्रिकी पेसर नोर्कियालाई भित्र्यायो

टुट्न मुस्किल छ आईपीएलका यी ८ रेकर्ड

आईपीएल २०२० : कुन टिममा को-को खेलाडी छन्

५ ठुला खेलाडी जसको लागि आगामी आईपीएल अन्तिम हुनसक्छ

यो पनि पढ्नुस :-

‘सर’ डन ब्राडम्यानले बनाएका ११ रेकर्ड जुन अझै टुट्न मुस्किल छ

“र अब हामि ३ हुनेछौँ” भन्दै कोहलीले गरे पिता हुने मितिको घोषणा

टि-२० मा ५ सय विकेट लिने ब्राभो विश्वकै पहिलो बलर

पाँचौ खेलमा पनि सन्दिपको शानदार बलिंग, ७५ औं बलमा टुट्यो बाउन्ड्रीविहिन यात्रा

टि-२० र वानडे सिरिज खेल्न अस्ट्रेलियन टिम इंग्ल्यान्ड प्रस्थान, यस्तो छ खेल तालिका





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]