वर्षाले नतिजाविहिन खेलमा बान्टनको आक्रामक इनिंग

२०७७ भाद्र १३, शनिबार ०७:४५

पाकिस्तानको इंग्ल्यान्ड भ्रमण अन्तर्गत टेस्ट सिरिज पछि टि-२० सिरिज म्यानचेस्टरमा सुरु भएको छ। ३ वटा खेलको सिरिज अन्तर्गत पहिलो टि-२० वर्षाका कारण नतिजाविहिन टुंगिएको छ। यस अघि दुइ देश बीच खेलिएको टेस्ट सिरिजको पनि ३ मध्ये २ वटा टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा टुंगिएको थियो। पहिलो टेस्ट इंग्ल्यान्डले जितेको आधारमा १-० ले इंग्ल्यान्ड टेस्ट सिरिजमा विजयी भएको थियो।

बान्टनको आक्रामक इनिंग 

ओल्ड ट्रयाफर्ड मैदानमा पाकिस्तानले टस जितेर बलिंग रोजेपछि ब्याटिंग गरेको इंग्ल्यान्डले १६.१ ओभरमा ६ विकेट गुमाएर १३१ रन बनाएको थियो। त्यसपछि वर्षाले खेल रोकिएको थियो जसपछि पुनः सुचारु हुन सकेन।

इंग्ल्यान्ड ओपनर जोनी बेयरस्टो ( २ रन ) पहिलो ओभरमै इमाद वासिमबाट कट एन्ड बोल्ड भएपछि अर्का ओपनर टम बान्टन र दविड मलानले दोश्रो विकेटको लागि ७१ रनको साझेदारी गरेका थिए। २३ रन बनाएका दशौँ ओभरमा मलानलाई शदाब खानले रन आउट गरेपछि साझेदारी टुटेको थियो।

मलानको रन आउट पछि १३ औं ओभरमा बान्टनलाई लेग स्पिनर शदाब खानले क्याच आउट गराए। बान्टनले मात्र ४२ बलमा ५ छक्का र ४ चौका प्रहार गर्दै टि-२० अन्तर्राष्ट्रियमा आफ्नो सर्वाधिक व्यक्तिगत रन साथै पहिलो अर्धशतक समेत बनाए। उनले ३३ बलमा अर्धशतक पुरा गरेका थिए।


बान्टनको विकेट पछि पाकिस्तान खेलमा फर्कियो र लगातार विकेट निकाल्न सफल रह्यो। यस क्रममा इंग्ल्यान्ड कप्तान ओएन मोर्गन १४ रन, मोइन अलि ८ रन, लुइस ग्रेगरी २ रन बनाएर आउट भए। स्याम बिलिंग्स ३ तथा क्रिस जोर्डन २ रन बनाएर अविजित रहेको बेला खेल अबरुद्ध हुन पुगेको थियो।

पाकिस्तानको बलिंगमा इमाद वासिम ( २/३१ ) र शदाब खान ( २/३३ ) ले समान २/२ तथा इफ्तिखार एहमदले १ विकेट लिए।

शदाब खानले २ विकेट लिए

सिरिजको आगामी खेल 

सिरिज अन्तर्गत दोश्रो टि-२० अगस्ट ३० ( आइतबार ) म्यानचेस्टरमा खेलिनेछ। खेल नेपाली समय ७ बजे सुरु हुनेछ। तेश्रो तथा अन्तिम टि-२० सेप्टेम्बर १ ( मंगलबार ) खेलिनेछ जुन राती १०:४५ बजे सुरु हुनेछ।

म छनौटकर्तालाई मुस्किल बनाउनेछु

आफ्नो चौथो टि-२० मा पहिलो अर्धशतक बनाएपछि २१ वर्षीय दायाँ हाते टम बान्टनले अझै यस्तो इनिंग खेल्दै आफुलाई छनौट नगर्न छनौटकर्तालाई मुस्किल बनाउने बताएका छन्।

“म अझै प्रयास गर्नेछु, सक्दो धेरै रन बनाउनेछु र मलाई छनौट नगर्न छनौटकर्तालाई मुस्किल बनाउनेछु’ उनले बताए।

विकेट किपर ब्याट्सम्यान बान्टनले गत वर्ष न्युजिल्यान्ड बिरुद्ध नोभेम्बरमा टि-२० तथा यसै वर्ष दक्षिण अफ्रीका बिरुद्ध एकदिवसीयमा इंग्ल्यान्डको लागि डेब्यु गरेका थिए। ४ टि-२० मा उनले १२७ रन बनाएका छन् जुन क्रममा १६७.११ को स्ट्राइक रेट रहेको छ। एकदिवसीयमा ६ खेलमा उनले १ अर्धशतक मद्दतले १३४ रन बनाएका छन्।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/chennai-10-members-covid-19-positive-wn20/

https://wicketnepal.com/delhi-capitals-player-sams-wn20/

https://wicketnepal.com/kevin-chakka-car-sisa-wn20/

https://wicketnepal.com/cpl-trinbago-win-top-table-wn20/

https://wicketnepal.com/bradman-11-records-unbreakable-wn20/

https://wicketnepal.com/sandeep-5th-match-bowling-75-ball-wn20/

https://wicketnepal.com/anderson-600th-wicket-wn20/

https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy