CPL : छैठौं खेलमा पनि सन्दिपले लिए २ विकेट, सर्वाधिक विकेटकर्ताको सूचीमा चौथो स्थानमा

करेबियन प्रिमियर लिग टि-२० अन्तर्गत नेपाली स्पिनर सन्दिप लामिछानेले छैठौं खेलमा पनि राम्रो बलिंग गरेका छन्। सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्स बिरुद्धको खेलमा सन्दिपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएका हुन्। अघिल्लो खेलमा बार्बेडोस बिरुद्ध पनि सन्दिपले २ विकेट लिएका थिए।

खेलमा जमैका तलावाजले प्रतियोगिताको तेश्रो जित दर्ता गर्ने क्रममा सेन्ट किट्सलाई ३७ रनले पराजित गर्यो। जमैकाले पहिले ब्याटिंग गर्दै दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा सेन्ट किट्सले १९.४ ओभरमा ११० रन मात्रै बनाउन सक्यो।

जमैकाको बलिंगमा कार्लोस ब्राथवेटले सर्वाधिक ३ विकेट ( ३.४-१-११-३ ) लिए भने सन्दिप लामिछाने ( ४-०-२७-२ ) र भिरास्वामी परमौल ( ४-०-२०-२ ) ले समान २/२ विकेट लिए। मुजिब उर् रहमानले १ विकेट लिएता पनि ४ ओभरमा मात्र १२ रन खर्चिए।

जमैकाका ओपनर ग्लेन फिलिप्सले अविजित ७९ र बनाए

यस अघि जमैकाले २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो। उसको लागि ओपनर ग्लेन फिलिप्सले अविजित ७९ रन बनाए जुन क्रममा ६१ बलमा ६ छक्का र २ चौका प्रहार गरे।

जित पछि जमैका ६ खेलमा ३ जित र ३ हार सहित अंकतालिकाको तेश्रो स्थानमा उक्लेको छ। समान ६ खेल खेलेको ट्रिनबागो १२ अंक सहित पहिलो र सेन्ट लुसिया ८ अंकसहित दोश्रो स्थानमा रहेको छ।

सर्वाधिक विकेटकर्ताको सूचीमा सन्दिप चौथो स्थानमा 

सेन्ट किट्स बिरुद्ध २ विकेट संगै सन्दिपले प्रतियोगितामा विकेट संख्या ९ पुर्याएका छन् र धेरै विकेट लिने बलरको सुचीमा चौथो स्थानमा उक्लेका छन्। सन्दिपसंगै मोहम्मद नाबीको पनि समान ९ विकेट रहेको छ। जमैकाकै अफ स्पिनर मुजिब उर् रहमान १३ विकेट सहित पहिलो स्थानमा रहेका छन्। इमरान ताहिर र स्कट कुगलेजिनको ११ विकेट रहेको छ जो संयुक्त रुपमा दोश्रो स्थानमा रहेका छन्। जमैका बिरुद्ध ३ विकेट लिएपछि रायद इमृट तेश्रो स्थानमा रहेका छन्।

प्रतियोगिता अन्तर्गत सन्दिपले पहिलो खेलमा सेन्ट लुसिया बिरुद्ध २३ रन खर्चेर १ विकेट, दोश्रो खेलमा ट्रिनबागो बिरुद्ध ३० रन खर्चेर १ विकेट, तेश्रो खेलमा गायना बिरुद्ध ८ रन खर्चेर २ विकेट, चौथो खेलमा गायना बिरुद्ध १२ रन खर्चेर १ विकेट तथा पाँचौ खेलमा बार्बेडोस बिरुद्ध १६ रन खर्चेर २ विकेट लिएका थिए।

सन्दिपको कस्तो रह्यो बलिंग 

सन्दिपको पहिलो ओभर : ७ रन ( १ , ० , ० , ४ , १ , १ )

खेलको १२ औं ओभरमा पहिलो ओभर बलिंग गरेका सन्दिपलाई तेश्रो बलमा निक केलीले स्विप गर्दै चौका प्रहार गरे। ओभरमा सन्दिपले ३ वटा सिंगल दिए भने २ बल डट फाले।

सन्दिपले प्रतियोगितामा विकेट संख्या ९ पुर्याउदै सर्वाधिक विकेट लिने सूचीमा तेश्रो स्थानमा उक्लेका छन्

सन्दिपको दोश्रो ओभर : १० रन ( २ , १ , ० , ० , ६ , १ )

१४ औं ओभरमा दोश्रो ओभर बलिंग गरेका सन्दिपलाई पाँचौ बलमा इभिन लुइसले स्लग स्विप गर्दै डिप मिडविकेटमा छक्का प्रहार गरे। ओभरको छैठौं बलमा सन्दिपले गरेको गुगलीमा पुनः ठुलो सट खेल्ने क्रममा लुइसको ब्याटको माथिल्लो किनारा लागेको थियो तर विकेट किपर भन्दा पछाडी बल पुग्दा सन्दिप विकेट पाउन चुके।

सन्दिपको तेश्रो ओभर :  २ रन खर्चेर १ विकेट ( १ , ० , ० , १ , विकेट , ० )

तेश्रो ओभरमा उत्कृस्ट बलिंग गर्ने क्रममा सन्दिपले अन्ततः इभिन लुइसको विकेट लिएर छाडे। लंग अनमा ठुलो सट खेल्ने क्रममा उनि क्याच आउट भए। २१ रन बनाएका लुइसको विकेट पछि जमैका खेलमा पूर्णत हावी बनेको थियो। ओभरमा सन्दिपले ३ वटा डट बल गरे र मात्र २ रन खर्चिए।

सन्दिपको चौथो ओभर :  ८ रन खर्चेर १ विकेट ( ६, विकेट, २ , ०, ० , ० )

१८ औं ओभरमा स्पेलको अन्तिम ओभर बलिंग गर्न आएका सन्दिपलाई पहिलो बलमै इश सोढ़ीले छक्काले स्वागत गरे। सन्दिपको गुगलीलाई उनले स्लग स्विप गर्दै काउ कर्नरमा छक्का प्रहार गरे। तर त्यस लगत्तै बलमा सन्दिपले सोढ़ीलाई गुगलीमै बोल्ड गर्दै दोश्रो विकेट लिए। पुनः स्लग स्विप गर्न खोजेका सोढ़ीले बल पूर्णत मिस गरे र बोल्ड भए। ओभरमा उनले मात्र ८ रन खर्चिए र स्पेल अन्त्य गरे।  ४ ओभरमा सन्दिपले २७ रन खर्चेर २ विकेट लिए।

यो पनि पढ्नुस :

CPL : पोलार्डले अपत्यारिलो ब्याटिंग गर्दा ट्रिनबागोको सनसनीपूर्ण जित

IPL : ५ महिना पछि अभ्यासमा फर्किए कोहली ( फोटो फिचर )

IPL : चेन्नाईलाई अर्को झट्का, चाहर पछि अर्को खेलाडीलाई पनि कोरोना

पितालाई ‘ब्रेन क्यान्सर’ भएको खबर पछि १ हफ्ता सुत्न सकेका थिएनन् स्टोक्स

IPL 2020 : पर्पल क्याप जित्न सक्ने ५ बलर

क्रिकेटरहरुको २०१९ को तलब १० हजार बढ्ने, पढ्नुस कुन श्रेणीको खेलाडीको कति छ तलब





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]