CPL : ट्रिनिडाड बिरुद्ध सन्दिपको राम्रो बलिंग, धेरै विकेट लिने सुचीमा तेश्रो स्थानमा उक्लिए

ट्रिनिडाड एन्ट टोबागोमा जारि करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत जमैका तलावाजको प्रतिनिधित्व गरेका नेपाली स्पिनर सन्दिप लामिछाने सातौँ खेलमा पनि राम्रो बलिंग गरेका छन्। लिगमा अपराजित टिम ट्रिनबागो नाइट राइडर्स बिरुद्ध सन्दिपले १ विकेट लिने क्रममा ४ ओभरमा २० रन खर्चिएका हुन्। यस क्रममा उनले वेस्ट इन्डिज राष्ट्रिय क्रिकेटर समेत रहेका लेन्डल सिमोन्सको विकेट लिए।

यस्तो रह्यो सन्दिपको बलिंग प्रदर्शन : 

सन्दिपको पहिलो ओभर : ३ रन ( ० , ० , १ , ० , १ , १ )

आठौँ ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपले लगातार बनिरहेको रनमा अंकुश लगाउदै ओभरमा मात्र ३ रन खर्चिए। ३ डट बल तथा ३ वटा १/१ रन दिएका सन्दिपलाई क्रिजमा जमेका कोलिन मुनरो र लेन्डल सिमोन्सले आक्रामक सट खेलेनन्।

सन्दिपको दोश्रो ओभर : ८ रन खर्चेर १ विकेट ( २ , १ , विकेट , १ , ० ४ )

लगत्तै स्पेलमा १० औं ओभर बलिंग गरेका सन्दिपले ओभरको दोश्रो बलमै ठुलो सफलता दिलाए। यस क्रममा उनले ओपनर लेन्डल सिमोन्सलाई क्याच आउट गराए। २५ रन बनाएका सिमोन्सले सन्दिपको अफ स्टम्प बाहिर रहेको लेग स्पिन बललाई अनसाइडमा ठुलो सट खेल्न खोज्दा ब्याकवार्ड पोइन्टमा क्याच आउट भए। मुनरो र सिमोन्स बीचको ४६ रनको महत्वपूर्ण साझेदारी तोड्दै सन्दिपले टिमलाई खेलमा फर्काए। ओभरको अन्तिम बलमा सन्दिपले गरेको लेग स्पिन मुनरोको ब्याटको भित्रि किनारा लागेर किपर पछाडी चौका गएको थियो। थोरै अन्तरले सन्दिपले मुनरोको विकेट ढाल्न चुके।

सिमोन्सको विकेट पछि सन्दिपको खुसि

सन्दिपको तेश्रो ओभर : २ रन ( ० , ० , ० , ० , १  , १ )

१२ औं ओभरमा सन्दिपले अझ उत्कृस्ट बलिंग गरे र मुनरोलाई बाँधेर राख्न सफल भए। तेश्रो बलमा सन्दिपले गरेको एलबिडब्लु अपिललाई अम्पायरले नकारे। ओभरमा सन्दिपले मात्र २ रन खर्चिए जुन क्रममा पहिलो ४ बल डट फालेका थिए।

सन्दिपको चौथो ओभर : ७ रन ( २ , ४, ० , १ , ० , ० )

१४ औं ओभरमा स्पेलको अन्तिम ओभर गर्न आएका सन्दिलाई ओभरको दोश्रो बलमा टिम सेफर्टले चौका प्रहार गरे। त्यसबाहेक ओभरमा सन्दिपले राम्रो बलिंग गरे र ३ वटा डट बल फाले। स्पेलमा सन्दिपले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए।

सर्वाधिक विकेटकर्ताको सूचीमा सन्दिप तेश्रो नम्बरमा 

१ विकेट लिएसंगै सन्दिप ७ खेलमा १० विकेट लिंदै सर्वाधिक विकेटकर्ताको सुचीमा मोहम्मद नाबी, रायद इम्रिट र केस्रिक विलियम्ससंगै संयुक्तरुपमा तेश्रो स्थानमा उक्लेका छन्। ११ विकेट सहित स्कट कग्लेजिन र इमरान ताहिर संयुक्तरुपमा दोश्रो स्थानमा रहेका छन्। १३ विकेट लिएका मुजिब उर् रहमान पहिलो स्थानमा छन्।

लिग अन्तर्गत सन्दिपले पहिलो खेलमा सेन्ट लुसिया बिरुद्ध १ विकेट, दोश्रो खेलमा ट्रिनबागो बिरुद्ध १ विकेट, तेश्रो खेलमा गायना अमेजन वारियर्स बिरुद्ध २ विकेट, चौथो खेलमा गायना बिरुद्धनै १ विकेट, पाँचौ खेलमा बार्बेडोस बिरुद्ध २ विकेट तथा छैठौं खेलमा सेन्ट किट्स बिरुद्ध २ विकेट लिएका थिए।

यो पनि पढ्नुस :-

IPL : चेन्नाईले फेर्यो राहतको स्वास, गत साता संक्रमित बाहेक अन्यको रिपोर्ट नेगेटिभ

जन्मदिन विशेष : प्रदिप ऐरीको सम्झनलायक १० प्रदर्शन

IPL : धोनीले कति नम्बरमा ब्याटिंग गर्नुपर्ला ? गम्भीरसंग छ जवाफ

रुटलाई टि-२० मा बाहिर राख्दै अस्ट्रेलिया बिरुद्ध इंग्ल्यान्ड टिमको घोषणा

टि-२० औशतमा बाबरले उछिने कोहलीलाई

IPL : चेन्नाईले फेर्यो राहतको स्वास, गत साता संक्रमित बाहेक अन्यको रिपोर्ट नेगेटिभ





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]