IPL : स्टोक्सले आईपीएलको सुरुवाती खेल गुमाउन सक्ने

आईपीएल टिम राजस्थान रोयल्सले लिगको सुरुवाती खेलमा स्टार अल-राउण्डरको कमि महसुस गर्न सक्नेछ। स्टोक्स आफ्नो बिरामी पितालाई भेट्न हाल न्युजिल्यान्डमा रहेका छन्। वर्तमान अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृस्ट खेलाडी मध्येका हुन् जसले इंग्ल्यान्डलाई वानडे विश्वकप जिताउन उत्कृस्ट योगदान दिएका थिए।

स्टोक्स इंग्ल्यान्ड र पाकिस्तान बीच गत महिना टेस्ट सिरिजको दौरान न्युजिल्यान्ड पुगेका थिए। न्युजिल्यान्डमा उनको पितालाई ब्रेन क्यान्सर भएका कारण उनि सिरिज छोडेर त्यसतर्फ गएका थिए। स्टोक्सका पिता न्युजिल्यान्ड रग्बी टिमका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत हुन्।

न्युजिल्यान्ड पुगेपछि १४ दिन क्वारेन्टाइन बसेका कारण स्टोक्सले परिवारसंग धेरै समय बिताउन पाएका छैनन्। मुस्किल समय चलीरहेको हुँदा उनले परिवारलाई समय दिनु महत्वपूर्ण रहेको महसुस गर्दै राजस्थानले स्टोक्ससंग अझै सम्पर्क गरेको छैन। टिमका अनुसार स्टोक्सले अझै लिगमा कहिले उपलब्ध हुने जानकारी गराएका छैनन्। २९ वर्षीय खेलाडीलाई टिमले पनि यो समयमा दवाव दिएको छैन।

स्टोक्सलाई राजस्थानले १२.५ करोड भारु ( २० करोड नेपाली रुपैयाँ ) मा टिममा लिएको थियो।

पितालाई ब्रेन क्यान्सर भएपछि स्टोक्स पाकिस्तानसंगको सिरिज बिचैमा छाडेर न्युजिल्यान्ड गएका थिए

आईपीएल खेल्न फर्किएता पनि पुनः ६ दिन युएईमा क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने कारण स्टोक्सले सुरुवाती खेलहरु गुमाउने निश्चित रहेको छ।

आईपीएलको १३ औं संस्करण सेप्टेम्बर १९ देखि सुरु हुँदैछ। राजस्थानले पहिलो खेल सेप्टेम्बर २२ तारिखमा चेन्नाई सुपर किंग्ससंग खेल्नेछ। त्यसपछि दोश्रो खेल सेप्टेम्बर २७ तारिखमा किंग्स-११ पन्जाबसंग खेल्नेछ। लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र चेन्नाईले प्रतिस्पर्धा गर्नेछन्।

आईपीएल इतिहासमा कुल ३४ खेल खेल्ने क्रममा स्टोक्सले २२.६७ को औशतले ६३५ रन बनाएका छन् भने २२.५७ को स्ट्राइक रेटले २६ विकेट पनि लिएका छन्। गत सिजन उनले ९ खेलमा १२३ रन बनाउनुको साथै ६ विकेट लिएका थिए।

न्युजिल्यान्डमा जन्मेका थिए स्टोक्स 

स्टोक्सको परिवार न्युजिल्यान्डमा बस्ने गर्छ जहाँ स्टोक्स जानेछन्। न्युजिल्यान्डमा जन्मेका स्टोक्स इंग्ल्यान्डको लागि खेलेता पनि परिवार भने न्युजिल्यान्डमै बस्ने गर्छन। उनि १२ वर्षको उमेर देखि इंग्ल्यान्डमा बस्न थालेका थिए। इंग्ल्याण्डको रग्बी लिगमा स्टोक्सका पितालाई प्रशिक्षक चयन गरे पनि स्टोक्स पितासंगै इंग्ल्याण्ड पुगेका थिए। २०१३ मा स्टोक्सको परिवार इंग्ल्याण्ड छोडेर न्युजिल्याण्ड गएका थिए। सन् २०११ मा स्टोक्सले इंग्ल्याण्डको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा आयरल्याण्ड बिरुद्ध डेब्यु गरेका थिए।

संबन्धित –

पितालाई ‘ब्रेन क्यान्सर’ भएको खबर पछि १ हफ्ता सुत्न सकेका थिएनन् स्टोक्स

आईपीएलको खेलतालिका सार्वजनिक

यो पनि पढ्नुस :-

CPL : फाइनल पुग्न जमैकाले ट्रिनबागो र सेन्ट लुसियाले गायनासंग प्रतिस्पर्धा गर्ने

जैव-सुरक्षित घेरा तोड्दै परिवार भेट्न गएका बटलरले तेश्रो टि-२० खेल्न नपाउने

कहाँ छन् नेपालबाट १९९६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने १४ क्रिकेटर

IPL : आईपिएलको १२ सिजनमा ‘अरेन्ज क्याप’ जित्ने ९ खेलाडी

IPL : आईपीएलबाट नाम फिर्ता लिएका ७ खेलाडीहरु र सट्टामा खेल्ने खेलाडीहरु

बिग ब्यास टिममा लिन स्टुवार्ट म्याकगिलको सिफारिसले सुनम उत्साहित





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]