राष्ट्रिय टिमको कप्तानबाट पारसको राजिनामा

Paras Khadka

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले आफ्नो पदबाट राजिनामा दिएका छन । उनले प्रेस बिज्ञप्ती जारी गर्दै कप्तानी छोडेको जानकारी दिएका हुन्।

उनले नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमिती बनेको र निलम्बन पनि फुकुवा भएको भन्दै अब नेपाली क्रिकेट नयाँ तरिकाले अगाडी बढ्नुपर्ने बताए । हिजो मात्रै क्यान निलम्बन फुकुवा भएको थियो ।

उनले भनेका छन्, “नेपाल क्रिकेटको निलम्बन हटाइएको छ भनेर थाहा पाउँदा खुशी लाग्यो र नयाँ कार्यसमिती लाई क्रिकेट, खेलाडी र यसका सरोकारवालाहरुको पक्षमा कार्य गर्न सफलताको शुभकामना दिन चाहन्छु । ”

“अब नेपाली क्रिकेट लाई अगाडी बढाउन नयाँ सुरुवात र सबैसँग प्रतिबद्ध दृष्टिकोण हुनुपर्छ, त्यसैले मैले कप्तानी बाट राजिनामा दिने निर्णय गरे।” उनले थपे ।

२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी-ट्वान्टी विश्वकप छनोट, २०१४ मा टी-ट्वान्टी विश्वकप खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो ।

कप्तान पद छाडेपनि पारसले अझै केही समय राष्ट्रिय टिमबाट भने खेल्नेछन् ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]