“४५ डिग्रीमा तापक्रममा खेल्नु चुनौतीपूर्ण” बोल्ट

२०७७ भाद्र २९, सोमबार १६:४१

मुम्बई इन्डीएन्स आईपीएल इतिहासकै सबैभन्दा धेरै ४ उपाधि जित्ने टिम हो। रोहित शर्माको कप्तानीको टिममा युवा र अनुभवी खेलाडीहरुको मिश्रण रहने गर्छ। तथापी यो वर्ष टिमको सबैभन्दा अनुभवी खेलाडी लासिथ मालिंगा अनुपस्थित हुँदा टिमलाई केहि धक्का पुगेको छ। मुम्बईको सफलतामा मालिंगाको पनि अहम योगदान रहँदै आएको थियो। गत वर्ष टिमले उपाधि जित्दा पनि मालिंगाले अन्तिम ओभरमा उत्कृस्ट ओभर बलिंग गर्दै महत्वपूर्ण भुमिका निभाएका थिए।

मलिंगाको अनुपस्थितिमा मुम्बईले न्युजिल्यान्ड फास्ट बलर ट्रेन्ट बोल्टबाट धेरै आशा गरेको छ। बोल्टले जस्प्रित बुम्राहसंग पेस बलिंगको कमान सम्हाल्नेछन्। बोल्टले भर्खरै मुम्बईको अधिकारिक युट्युबमा कुराकानी गर्ने क्रममा क्लबसंगको सहकार्यबारे बोलेका छन्।

“मैले अरु फ़्रेन्चाइज्बाट पनि खेलेको छु तर म मुम्बई परिवारको हिस्सा हुन पाउँदा उत्साहित छु। मैले मुम्बई बिरुद्ध पहिले केहि खेल खेलेको छु। मुम्बई बिरुद्ध खेल्दा तपाईमा सधैं डर हुन्छ। त्यसैले यो पटक राम्रो टिमको हिस्सा हुन पाउँदा खुसि छु।” बोल्टले बताए।

बोल्टले युएईको तापक्रममा खेल्नु खेलाडीहरुको लागि निकै चुनौतीपूर्ण हुने बताए – “मरभुमीको बीचमा ४५ डिग्रीको तापक्रममा खेल्नु तपाईको लागि सबैभन्दा ठूलो चुनौतीको कुरा हो। म न्युजिल्यान्ड जस्तो सानो देशबाट आएको हुन् जहाँ अहिले ७ देखि ९ डिग्री तापक्रम रहेको छ।”

पूर्व भारतीय पेसर जाहिर खानसंग ट्रेन्ट बोल्ट

“मैले बिगतमा पनि यहाँ क्रिकेट खेलेको छु। मलाई यहाँको परिस्थिति कति छिट्टै बदलिने गर्छ थाहा छ। तर म पिच राम्रो होस् भन्ने कामना गरिरहेको छु। हामि आफ्नो योजनामा स्पस्ट रहेका छौँ र कुनै पनि टिम बिरुद्ध प्रदर्शन गर्न तयार छौँ।”

“म हाम्रो बलिंग टिमको हिस्सा हुन पाउदा उत्साहित छु, टिममा निकै विविधता रहेको छ। हामिसंग त्यस्ता बलरहरु छन् जसले विश्वभर राम्रो प्रदर्शन गरेका छन्।” ३१ वर्षीय बोल्टले थपे।

मुम्बईको फास्ट बलिंगमा बोल्ट र बुम्राह बाहेक हार्दिक पान्ड्या, मिचेल म्याक्लेनघन, जेम्स प्याटिन्सन, नाथन कोल्टर नाइल रहेका छन् भने स्पिनतर्फ  राहुल चाहर, क्रुनाल पान्ड्या र जयन्त यादव जस्ता बलर रहेका छन्।

बोल्टले यस अघि दिल्ली क्यापीटलको प्रतिनिधित्व गरेका थिए। दिल्लीबाट मुम्बईले ट्रेड गर्दै बोल्टलाई भित्र्याएको थियो। बायाँ हाते फास्ट बलरले आईपीएलमा कूल ३३ खेल खेल्ने क्रममा ३८ विकेट लिएका छन्।

मुम्बईले लिगको पहिलो खेलमा सेप्टेम्बर १९ तारिखमा चेन्नाई सुपर किंग्ससंग प्रतिस्पर्धा गर्नेछ।

आईपीएल २०२० को लागि मुम्बई टिम : रोहित शर्मा, आदित्य तारे, अनमोलप्रीत सिंह, ईशान किशान, क्विंटन डिकक, सूर्य कुमार यादव, हार्दिक पान्ड्या , जयन्त यादव, काइरन पोलार्ड, क्रुनल पान्ड्या, शेरफन रदरफर्ड, अनुकूल रोय, धवल कुलकर्णी, जसप्रीत बुमराह, लासिथ मालिङा, मिचेल म्याक्क्लेनेघन, राहुल चाहार, ट्रेन्ट बोल्ट, क्रिस लिन, सौरभ तिवारी, न्याथन कुल्टर नाइल, मोहसिन खान, बलवंत सिंह र दिग्विजय देशमुख।

सम्बन्धित :-

IPL 2020 : कस्तो छ डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स टिम

‘पोलार्ड र पान्ड्या जस्ता ब्याट्सम्यानले यो आईपीएलमा संघर्ष गर्नेछन्’ रमिज राजा

IPL 2020 : कस्तो छ धोनीको टिम चेन्नाई सुपर किंग्स

आईपीएलमा यी ४ वटा रेकर्ड नजिक छन् रोहित

यो पनि पढ्नुस :-

CPL 2020 : लिगमा उत्कृस्ट ११ खेलाडीको टिम

घाइते क्रिकेटर भण्डारीलाई थप उपचारको लागि काठमाडौँ ल्याइने

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy