अस्ट्रेलिया र इंग्ल्यान्ड बीच निर्णायक वानडे आज, स्मिथ खेल्छन् या खेल्दैनन् ?

२०७७ भाद्र ३१, बुधबार १३:२८

अस्ट्रेलिया र इंग्ल्यान्ड बीच ३ वानडे म्याचको सिरिज अन्तर्गत अन्तिम र निर्णायक खेल बुधबार म्यानचेस्टरको ओल्ड ट्रयाफोर्ड स्टेडियममा खेलिनेछ। सिरिज अन्तर्गत पहिलो वानडे अस्ट्रेलियाले १९ रनले तथा दोश्रो वानडे इंग्ल्यान्डले २४ रनले जितेको थियो। अन्तिम वानडेले सिरिज विजेताको निर्णय गर्नेछ। यस अघि टि-२० सिरिज इंग्ल्यान्डले २-१ ले जितेको थियो। खेल आज बेलुका नेपाली समय ५:४५ बजे सुरु हुनेछ।

महत्वपूर्ण तेश्रो वानडेमा स्टिभ स्मिथ खेल्ने या नखेल्ने बारे भने अझै पनि निर्णय हुन सकेको छैन। पहिलो वानडे अघि अभ्यासको क्रममा एक प्रशिक्षकले फालेको बल टाउकोमा लाग्दा स्मिथ घाइते भएका थिए। त्यसपछि पहिलो वानडे गुमाएका स्मिथलाई दोश्रो वानडेमा पनि खेलाउने जोखिम टिमले लिएको थिएन। तेश्रो वानडेमा पनि खेल्ने नखेल्ने अझै निश्चित भैसकेको छैन।

अस्ट्रेलियाका प्रशिक्षक जस्टिन ल्यांगरले अझै पनि उनि खेल्नेमा थोरै संशय बाँकी रहेको बताएका छन्। स्मिथले मंगलबार ब्याटिंग र फिल्डिंग अभ्यास गर्नुको साथै दौड पनि लगाएका थिए। अभ्यासको क्रममा एउटा बलले उनको हेल्मेटलाई छोएर गएको थियो।

“अझै पनि उनि पूर्णत ठिक भएका छैनन्।” ल्यांगरले थपे “अन्तिम सयसम्म पनि हामि उनको अवस्था कस्तो हुनेछ पर्खिएर मात्र निर्णय लिनेछौँ। उनको स्वास्थ्य पहिलो प्राथमिकता हो। तर उनि सहि दिशातर्फ गइरहेका छन् र हामि आशावादी छौँ कि उनि ठिक हुनेछन्।”

मंगलबार अभ्यासको क्रममा स्मिथ

स्मिथको सट्टा अस्ट्रेलियाले तेश्रो नम्बरमा मार्कस स्टोइनिसलाई खेलाएको थियो जसले क्रमशः पहिलो २ खेलमा ४३ र ९ रन बनाएका थिए। स्मिथ नखेलेको खण्डमा उनलेनै सो नम्बरमा ब्याटिंग गर्नेछन्।

दोश्रो एकदिवसीयमा अस्ट्रेलियाले २३२ रनको लक्ष्य पछ्याउन नसक्दा टिमको मध्यक्रमका ब्याट्सम्यानको प्रदर्शन खराब रहेको थियो। १४४/२ को अवस्थाबाट टिमले थप ६३ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। स्मिथको आगमनले अस्ट्रेलियाको ब्याटिंग क्रम मजबुत हुने अपेक्षा गरिएको छ।

संबन्धित :-

https://wicketnepal.com/archer-bowling-eng-beat-aus-wn20/

धेरैले पढीरहेको :-

IPL : स्टोक्स खेल्छन् कि खेल्दैनन् ? यसो भन्छन् राजस्थानका प्रशिक्षक

ज्ञानेन्द्र मल्लको नाममा छ टि-२० अन्तर्राष्ट्रियको ७ कीर्तिमान

आईपीएलका ८ रेकर्ड जुन टुट्न निकै मुस्किल छ

गौतम गम्भीरको विश्लेषण- पहिलो खेलमा चेन्नाई भन्दा मुम्बईको ‘हात माथि’

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy