IPL 2020 : भेट्रान स्पिनर मिश्राले बनाउन सक्छन् ३ रेकर्ड

२०७७ आश्विन ४, आईतवार १३:५५

आईपीएल टि-२० अन्तर्गत दिल्ली क्यापिटल्सका भेट्रान लेग स्पिनर अमित मिश्रा १३ औं सिजन लगातार लिगमा सहभागिता जनाउदै छन्। लिग इतिहासमै लासिथ मालिंगा ( १७० विकेट ) पछि दोश्रो धेरै १५७ विकेट लिएका मिश्रा यो पटक पनि उही जोशमा लिगमा प्रभाव पार्ने सोचमा छन्। लामो करियरमा थुप्रै कीर्तिमान बनाएका मिश्राले यो पटक पनि केहि ठूला रेकर्डहरु बनाउन सक्छन् –

सर्वाधिक विकेटकर्ता बन्ने अवसर

लेग स्पिनर अमित मिश्रा हाल लिग इतिहासकै दोस्रो सर्वाधिक विकेट कर्ता हुन्। मिश्राले प्रतियोगितामा सनराइजर्स हैदराबाद ( २०१३-१४), डेकेन चार्जर्स ( २०११-१२) र दिल्ली क्यापिटल्स (२००८-१०, २०१५ देखि हालसम्म) को प्रतिनिधित्व गर्ने क्रममा २४.१९ को औसतमा १५७ विकेट हात पारिसकेका छन्। सर्वाधिक विकेटकर्ता लासिथ मालिंगाले व्यक्तिगत कारण देखाउदै यो सिजन सहभागी नहुने जनाएपछि मिश्रालाई सर्वाधिक विकेटकर्ता बन्ने सुनौलो अवसर छ। मालिंगाले १७० विकेट लिएका छन्। मिश्राले यो सिजन १४ विकेट हात पारेको खण्डमा मिश्राले मलिंगालाई पछि पार्नेछन्।

१५० क्याप 

भेट्रान लेग स्पिनर मिश्राले आईपिएलमा १४७ क्याप हात पारिसकेका छन्। लिग इतिहासमा मात्र १३ खेलाडीले १५० या त्योभन्दा बढी खेल खेलेका छन्। मिश्राले यो सिजन ३ खेल खेलेको खण्डमा उनी १५० खेल खेल्ने १४ औं खेलाडी तथा चौथो स्पिनर बन्नेछन्। हाल उनी सर्वाधिक क्याप जित्ने स्पिनरको सुचीमा चेन्नाईका रविन्द्र जडेजा (१७०), हरभजन सिंह (१६०) र पीयूष चावला (१५७) भन्दा पछाडी रहेका छन्। चेन्नाई ब्याट्सम्यान सुरेश रैनाले सर्वाधिक १९३ तथा महेन्द्र सिंह धोनीले १९१ क्याप जितेका छन्।

चौथो ह्याट्रिक

३७ वर्षीय अमित मिश्राले विश्व चर्चित लिगमा सर्वाधिक ३ ह्याट्रिक लिएका छन् जसलाई थप बढाउदै मिश्रा चौथो ह्याट्रिक लिने दाउमा रहनेछन्। मिश्राले २००८, २०११ र २०१३ मा ह्याट्रिक लिएका थिए। गत सिजन मिश्रा चौथौ ह्याट्रिकको नजिक थिए जब राजस्थान रोयल्स विरुद्धको खेलमा ह्याट्रिक बलमा ट्रेन्ट बोल्टले क्रिश्नप्पा गौतमको सहज क्याच छाडेका थिए। युएईको स्पिनरलाई मद्धत गर्ने पिचमा मिश्रा ब्यक्तिगत चौथो विकेट हात पार्ने दाउमा रहनेछन्।

यो पनि पढ्नुस :-

IPL : दिल्लीको पहिलो खेल आज, सन्दिप खेल्ने सम्भावना कति ?

IPL : १०० औं जितपछि धोनीले भने – ‘अनुभव काम आयो’

चर्चित प्रस्तोता मयान्ति यो सिजन आईपीएलको हिस्सा नहुने, कारण यस्तो

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy