पहिलो खेल अघि दिल्लीलाई झट्का, इशान्त नखेल्ने सम्भावना

२०७७ आश्विन ४, आईतवार १६:५०

आईपीएल टि-२० अन्तर्गत दोश्रो खेलमा दिल्ली क्यापिटल्स र किंग्स-११ पन्जाब बीच प्रतिस्पर्धा हुँदैछ। खेल अघि दिल्ली टिमलाई ठूलो झट्का लागेको छ। टिमका अनुभवी फास्ट बलर इशान्त शर्मा खेल अघि घाइते भएपछि पहिलो खेल सम्भावना लगभग समाप्त भएको भारतीय मिडियाहरुले दावी गरेका छन्। तथापी दिल्ली टिमले भने इशान्तबारे कुनै आधिकारिक जानकारी दिएको छैन।

Cricbuzzका अनुसार दायाँ हाते फास्ट बलर अभ्यासको क्रममा ढाडको चोटको कारण पहिलो खेल नखेल्ने सम्भावना रहेको हो।

यस अघि पनि करियरमा बिभिन्न इन्जुरीहरु पछि गत वर्ष इशान्तले आईपीएलमा कम्ब्याक गरेका थिए। त्यस अघि उनि २ सिजन उनलाई कुनै पनि टिमले अक्सनमा लिएका थिएनन्। यस अघि यसै वर्ष जनवरीमा इशान्त ‘एंकल’ मा चोटका कारण टिम बाहिर रखियेता पनि अर्को महिना टिममा न्युजिल्यान्ड बिरुद्ध टेस्टको लागि टिममा स्थान बनाएका थिए।

२०१९ को सिजनमा इशान्तले १३ खेलमा १३ विकेट लिएका थिए जुन क्रममा ७.५८ रन प्रतिओभर रन खर्चेका थिए।  लिग करियरमा इशान्तले ८९ खेलमा ७१ विकेट लिएका छन्।

इशान्त टिमको पेस बलिंगमा कागीसो रबाडासंग नेतृत्व गर्न तयार थिए। इशान्त घाइते हुँदा अब टिमका अर्का भारतीय पेसरहरु मोहित शर्मा, हर्षल पटेल वा आभेस खान मध्य एक जनाले उनको स्थान लिन सक्नेछन्।

श्रेयस ऐयर कप्तानीको टिम पन्जाब र रोयल च्यालेन्जर्स बैंगलोर पछि आईपीएल उपाधि जित्न नसकेको तेश्रो टिम हो। यो सिजन उत्कृस्ट प्रदर्शन गर्ने सोच सहित पहिलो खेलमा उत्रन लागेको दिल्लीको टिम पनि सन्तुलित मानिएको छ।

यो सिजन टिमसंग रभीचन्द्रन आश्विन र अजिंक्य रहाने जोडिएका छन्। यस्तै टिममा शिखर धवन, रिशभ पन्त, पृथ्वी शा जस्ता भारतीय ब्याट्सम्यानहरु छन्। स्पिन पक्षमा आश्विन पछि अमित मिश्रा, अक्षर पटेल र नेपाली स्पिनर सन्दिप लामिछाने रहेका छन्। यस्तै शिमरन हेटमायर, कागीसो रबाडा, मार्कस स्टोइनिस, एनरिक नोर्किया, ड्यानियल स्याम्स, एलेक्स केरी,किमो पौल जस्ता विदेशी खेलाडीहरु टिममा छन्।

यो पनि पढ्नुस :-

IPL Match 2 : दिल्ली र पन्जाबको बलियो र कमजोर पक्ष

IPL 2020 : कुन टिममा को-को खेलाडी छन्

IPL 2020 : सबैभन्दा पाका उमेरका ७ खेलाडी, कति छ उमेर

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy