IPL : अलराउण्डरको रुपमा ठूलो कीर्तिमान नजिक जडेजा

लगातार १३ औं संस्करणको आईपीएल खेल्ने क्रममा चेन्नाई सुपर किंग्सका देब्रे हाते स्पिनर रभिन्द्र जडेजाले लिगमा ठूलो कीर्तिमान नजिक रहेका छन्। महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाईको प्रतिनिधित्व गरिरहेका जडेजाले यस अघि गुजरात लायन्स, राजस्थान रोयल्स र कोची टस्कर्स केरलाको प्रतिनिधित्व गरेका थिए।

जडेजाले यो सिजन थप ७३ रन बनाएको खण्डमा २००० रन तथा १०० विकेट लिने लिग इतिहासकै पहिलो क्रिकेटर बन्नेछन्। ३१ वर्षीय जडेजाले आईपिएलमा १७० खेल खेल्ने क्रममा १२९ इनिंगमा ब्याटिंग गर्दै २३.९१ को औशतले १,९३७ रन बनाएका छन्। अर्धशतक र शतक बनाउन नसकेका उनको सर्वाधिक स्कोर ४८ रन हो। यस्तै बलिंगमा जडेजाले १७१ खेलमा १४३ इनिंग बलिंग गर्दै २२.९ को स्ट्राइक रेट र २९.४ को औशतमा ११० विकेट लिएका छन्। यस क्रममा १६ रन दिएर लिएको ५ विकेट उत्कृस्ट स्पेल हो।

जडेजा पछि चेन्नाईकै अर्का अल-राउण्डर शेन वाट्सनले लिगमा ३५७५ रन बनाएका छन् भने बलिंगतर्फ ९२ विकेट लिएका छन्। यो सिजन बलिंग नगरेका वाटसनलेले थप ८ विकेट लिएको खण्डमा ३ हजार रन र १०० विकेट लिने लिगकै पहिलो क्रिकेटर बन्नेछन्।

जडेजाले जारि लिग अन्तर्गत पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स विरुद्ध ४ ओभर बलिंग गर्ने क्रममा ४२ रन खर्चिएर २ विकेट लिएका थिए। ब्याटिंग उनले ५ बलमा २ चौका मद्दतले १० रन बनाएका थिए।

उनलाई २०१२ को सिजनमा चेन्नाईले भारु ९.१२ करोड खर्चेर टिममा भित्र्याएको थियो।

लिगको पहिलो सिजन विकेटविहिन रहेका उनले त्यसपछि क्रमशः २००९ देखि २०१९ सम्म – ६ , ८ , १२ , १३ , १९ , ११ , ८ , ५ , ११ , १५ विकेट लिएका थिए। ब्याटिंगतर्फ उनले पहिलो सिजन देखि २०१९ सम्म क्रमशः १३५, २९५, २८३  १९१, २०१ , १४६, १३२, १९१, १५८, ८९, १०६ रन बनाएका थिए।

जडेजा अलराउण्डरको रुपमा आईसीसी टेस्ट वरियतामा तेश्रो तथा वानडे वरियतामा आठौँ स्थानमा रहेका छन्। उनले टेस्टमा ४९ खेलमा १,८६९ रन र २१३ विकेट तथा वानडेमा २,२९६ रन र १८७ विकेट लिएका छन्। टि-२० अन्तर्राष्ट्रियमा ४९ खेलमा १७३ रन तथा ३९ विकेट लिएका छन्।

यो पनि पढ्नुस :-

IPL Match 4 : चेन्नाईलाई राजस्थानको चुनौती, दुवै टिमको बलियो र कमजोर पक्ष

शाहिन अफ्रिदीले ४ बलमा लिए ४ विकेट ( भिडियो सहित )

IPL : “दुखाइ शान्त भएको छ” आश्विनले दिए दोश्रो खेल खेल्ने संकेत

बैंगलोरको पहिलो जितमा चाहलको उत्कृस्ट बलिंग

वार्नर दुर्भाग्यपूर्ण तरिकाले आउट





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]