आईपीएल टि-२० अन्तर्गत मंगलबार चौथो खेलमा चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय ७:४५ बजे युएईको, शारजाह स्थित शारजाह क्रिकेट स्टेडियममा हुनेछ।
खेलमा चेन्नाईले टस जितेर बलिंग गर्ने निर्णय लिएको छ जसपछि राजस्थानले ब्याटिंग गर्ने भएको छ। पहिलो खेलमा पनि चेन्नाईले लक्ष्य पछ्याएर खेल जितेको थियो।
#CSK win the toss in Sharjah. Elect to bowl first against @rajasthanroyals. #Dream11IPL #RRvCSK pic.twitter.com/A0HLCTu5rO
— IndianPremierLeague (@IPL) September 22, 2020
चेन्नाईले पहिलो खेलमा ७१ रन बनाएर प्लेयर अफ द म्याच चुनिएका दायाँ हाते ब्याट्सम्यान अम्बाती रायडुलाई बाहिर राख्दै युवा ब्याट्सम्यान रुतुराज गायकवाडलाई अन्तिम-११ मा स्थान दिएको छ। रायडु पूर्णत फिट नभएको धोनीले जानकारी गराएका छन्। गायकवाडलाई यस अघि कोरोना संक्रमण भएको थियो जसबाट उनि मुक्त भैसकेका छन्। टिममा अन्य परिवर्तन गरिएको छैन।
चेन्नाई सुपर किंग्सको अन्तिम ११ : मुरली विजय, शेन वाटसन✈️, फाफ डु प्लेसिस✈️, रुतुराज गायकवाड , केदार जाधव, महेन्द्र सिंह धोनी, रभीन्द्र जडेजा, स्याम करन✈️, दिपक चाहर, पियुष चावला, लुंगी एनगिडी✈️
राजस्थानले कप्तान स्मिथ सहित डेभिड मिलर, टम करन र जोफ्रा आर्चरलाई विदेशी खेलाडीको रुपमा मौका दिएको छ। यस्तै युवा ब्याट्सम्यान यसस्वी जयसवाल र रियान परागले पनि मौका पाएका छन्।
राजस्थान रोयल्सको अन्तिम ११ : यसस्वी जयसवाल, रोबिन उथप्पा, स्टिभ स्मिथ ( कप्तान )✈️ , डेभिड मिलर✈️, संजु स्यामसन ( विकेटकिपर ) , टम करन✈️, रियान पराग, श्रेयस गोपाल, जोफ्रा आर्चर✈️, जयदेव उनदकत, राहुल तेवतिया
२००८ मा लिगको पहिलो सिजन जितेपछि दोश्रो उपाधि जिताउन कप्तान स्मिथ हरसम्भव प्रयास गर्नेछन्। स्टिभ स्मिथ कप्तानीको राजस्थान पनि सुरुवाती विजय सहित लय प्राप्त गर्न चाहन्छ। गत सिजन लिग अंकतालिकामा ११ अंक सहित सातौं स्थानमा रहेको रोयल्स त्यो प्रदर्शनलाई भुलाउन चाहन्छ जसको लागि पहिलो जितले ठूलो योगदान दिनेछ।

पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईलाई ५ विकेटले पराजित गरेको धोनी कप्तानीको चेन्नाई लगातार दोश्रो जित हात पार्दै लय कायम राख्न चाहन्छ। पहिलो जित हात पार्दा उसले मुम्बईले दिएको १६३ रनको लक्ष्य पछ्याएको थियो। फाफ डु प्लेसिस, अम्बाती रायडु, स्याम करन, लुंगी एनगीडी दिपक चाहर, पियुष चावला, रभीन्द्र जडेजा जस्ता खेलाडीहरुले एक जुट भएर जितमा योगदान दिएका थिए।
क्यानको बोर्ड बैठक चितवनमा सुरु, के-के छन् एजेण्डा
यस कारण जडेजासंग होसियार हुनुपर्छ राजस्थान र स्टिभ स्मिथ
देभदत्त पडीक्कल : नजिकबाट चिन्नुस आईपीएल २०२० मा आरसीबिका नयाँ ओपनरलाई
