क्यान ‘डीआरएस’ प्लिज

नेपाल क्रिकेट संघको ( क्यान ) यो साता मंगलबार चितवनमा बसेको बोर्ड बैठकले संघको बोर्ड बैठकले राष्ट्रिय पुरुष तथा महिला क्रिकेटरहरुको वर्गीकरण सार्वजनिक गरेको थियो जसमा पहिलो पटक महिला राष्ट्रिय क्रिकेटरहरुलाई पनि वर्गीकरणमा समाबेश गरिएको छ। महिला र पुरुष क्रिकेटरहरुलाई ‘ए’ ‘बि’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ। पुरुषतर्फ तिन वटा श्रेणीकाले क्रमशः मासिक ५० , ४० र ३० हजार तथा महिलातर्फ मासिक १५, १२ र १० हजार तलव निर्धारण गरि वर्ष २०२० जनवरी देखि डिसेम्बरसम्म तलब दिने गरि १८ पुरुष तथा १९ महिला राष्ट्रिय क्रिकेटरुको श्रेणी विभाजन गरिएको थियो।

क्यानले गरेको खेलाडीहरुको श्रेणी बिभाजनको आधारमै प्रश्न उठेको हो। केहि नियमित राष्ट्रिय क्रिकेटरलाई वर्गीकरणमै समाबेश गरिएको छैन भने टिममै नपरेका क्रिकेटरहरुलाई समाबेश गरिएको छ। पुरुष तथा महिला क्रिकेटरहरुको वर्गीकरणमा क्यानको चरम लापरबाही देखिएको छ। क्यानको वर्गीकरण पछि खेलाडीहरु, पूर्व क्रिकेटरहरु तथा समर्थकहरुले सर्वत्र आलोचना गरिरहेका छन्।

खेलाडीहरुको श्रेणी बिभाजनबारे राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सहित राष्ट्रिय खेलाडीहरुले असन्तुष्टि व्यक्ति गर्दै शुक्रबार क्यानलाई ज्ञापन पत्रनै बुझाएका छन्। पत्रमा खेलाडीहरुले श्रेणी बिभाजनलाई पुनरावलोकन गर्न माग गरेका छन्।

किन आलोचित भयो क्यानको वर्गीकरण

  • महिला क्रिकेटको वर्गीकरणमा चरम लापरबाही

पहिलो पटक वर्गीकरण गरिएता पनि क्यानले महिला क्रिकेट वर्गीकरणमा निकै लापरबाही देखिन्छ। नेपाली महिला टिमले २०२० मा कुनै पनि प्रतियोगिता खेलेको छैन। २०१९ मा ३ वटा मात्र प्रतियोगिता खेलेको थियो। डिसेम्बरमा साग महिला क्रिकेट, फेब्रुअरीमा टि-२० विश्वकप एसिया रिजन छनौट प्रतियोगिता र जनवरीमा थाईयाण्ड टि-२० स्म्यास प्रतियोगितामा सहभागिता जनाएको थियो।

उक्त ३ वटा प्रतियोगितामा टिममा रहेकी तथा राष्ट्रिय टिमकी नियमित सदस्य ममता चौधरी वर्गीकरणमै परिनन्। साग क्रिकेटमा डेब्यु गरेकी शान्ति खतिवडा, सागमा टिममा रहँदै ३ खेल खेलेकी सरस्वती चौधरी तथा टि-२० विश्वकप छनौट र टि-२० स्म्यासमा टिममा रहेकी आरति बिडारी वर्गीकरणमै छैनन्। टिमको नियमित फास्ट बलर सोनु खड्का तथा सागमा विश्व कीर्तिमान बनाएकी क्रिकेटर अन्जली चन्दलाईलाई ‘सी’ श्रेणीमा राखिएको छ। २००९ देखि नियमित राष्ट्रिय टिमको सदस्य रहँदै आएकी सरिता मगरलाई ‘बि’ श्रेणीमा राखिएको छ।

राष्ट्रिय टिमकी नियमित सदस्य ममता चौधरी ( Mamta Chaudhary ) वर्गीकरणमै परिनन्

२०१९ मा टिममै नपरेका शोभा आले ( सी ) ,रितु कनोजिया ( बि ) र ज्योति पाण्डे ( बि) लाई भने वर्गीकरणमा समाबेश गरिएको छ। यस्तै राष्ट्रिय टिमबाट डेब्युनै नगरेका अनुराधा चौधरी ( सी ), कबिता जोशीलाई ( बि ) श्रेणीमा राखिएको छ। राष्ट्रिय टिमको लागि २०१९ मा डेब्यु गर्दै ३ खेलमा मात्र मौका पाएकी बिन्दु रावललाई ‘बि’ श्रेणीमा राखिएको छ।

२०१९ मा नेपाली महिला टिमले खेलेको ३ वटा प्रतियोगितामा रहेका महिला क्रिकेटरहरुको सूची :  १. रुबिना क्षेत्री ( कप्तान ) , २. सिता राना मगर ( उप कप्तान ) , ३. करुणा भण्डारी, ४. सरिता मगर, ५. नेरी थापा, ६. इन्दु बर्मा, ७.सोनु खड्का, ८.आरति विडारि, ९.काजल श्रेष्ठ, १०.रोमा थापा, ११.कविता कुँवर, १२.डली भट्ट, १३.ममता चौधरी, १४.बिन्दु रावल, १५.अप्सरी बेगम, १६.सरस्वती चौधरी, १७.अन्जली चन्द, १८.शान्ति खतिवडा, १९. डली भट्ट

महिला खेलाडीहरुको क्यानले गरेको श्रेणी बिभाजन र मासिक तलव 

 ‘ए’ ग्रेड : ( मासिक १५ हजार ) रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर, करुणा भण्डारी , ‘बि’ ग्रेड : ( मासिक १२ हजार ) ज्योती पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ, सरिता मगर ‘सी’ ग्रेड : ( मासिक १० हजार ) कविता कुँवर, डली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द, सोभा आले

२०१९ देखि राष्ट्रिय टिममा नपरेका तर बिभाजनमा परेका महिला खेलाडीहरु : १. ज्योति पाण्डे, २. कविता जोशी, ३. रितु कनोजिया, ४. अनुराधा चौधरी, ५.सोभा आले

पुरष क्रिकेटतर्फको वर्गीकरण 

  • वर्गीकरणमै परेनन् ललित राजबंशी 

२०१८ मा टेस्ट राष्ट्र जिम्बाबे बिरुद्ध एकदिवसीय विश्वकप छनौट राष्ट्रिय टिमको लागि डेब्यु गरेपछि लगातार राष्ट्रिय टिमको सदस्य रहँदै आएका देब्रे हाते स्पिनर ललित राजबंशीलाई वर्गीकरणबाट बाहिर राखिएको छ। राजबंशी २०१९ मा नेपाली राष्ट्रिय टिमले खेलेको सबै प्रतियोगितामा मुख्य स्पिनरको रुपमा टिममा थिए। यो वर्ष मार्चमा थाइल्याण्डमा आयोजित एसीसी इस्टर्न टि-२० प्रतियोगितामा भने राजबंशीलाई टिममा समाबेश गरिएन। उनको स्थानमा अर्का देब्रे हाते स्पिनर भुवन कार्की टिममा रहेका थिए। प्रतियोगितामा नेपाल चौथो हुँदै एसिया कप छनोटमा छनोट हुन असफल रहेको थियो। त्यसपछि नेपालमै आयोजित विश्वकप लिग-२ मा भने उनलाई पुनः टिममा समाबेश गरियो। उनले अमेरिका बिरुद्ध खेल्ने मौका पाए पनि ३५ रनमै टिम समेटीन पुग्दा बलिंग भने गर्न पाएनन्।

राष्ट्रिय क्रिकेट टिमका पूर्व विकेट किपर ब्याट्सम्यान तथा राजबंशीको घरेलु टिम नेपाल पुलिस क्लबका वर्तमान प्रशिक्षक मनोज कटवालले आफ्नो फेसबुकमा ललित वर्गीकरणमा नराखेकोमा दुख र आश्चर्य प्रकट गरेका छन् –

“नेपालको युवा प्रतिभावान खेलाडी ललित नारायण राजबंशी नेपाल क्रिकेट संघले गरेको खेलाडी वर्गीकरणमा कुनै पनि ग्रेडमा नपर्नु दुखद, अपत्यारिलो र आश्चर्यजनक निर्णय रहेको जस्तो अवगत भयो। यो निर्णय यथासिघ्र सुधार हुनेछ भन्नेमा आशावादी रहेको छु।” कटवालले लेखेका छन्। नेपाल पुलिस क्लबका कप्तान तथा राष्ट्रिय क्रिकेटर मन्जीत श्रेष्ठले पनि ललितलाई कुनै पनि ग्रेडमा नराखिएकोमा आक्रोश प्रकट गरेका छन् – “ललितको भनसुन गरिदिने कोहि नभएर हो कि ? १-२ चोटी पर्नेहरु ( राष्ट्रिय टिममा ) अटाउन सके तर जहिले नेपाली टिममा पर्ने ललित चाही गायब।” ललिको पुलिस टिमका कप्तान श्रेष्ठले लेखेका छन्।

१ खेल मात्र खेलेका क्रिकेटर वर्गीकरणमा तर ललित किन परेनन् ? 

अचम्म लाग्ने कुरा त के छ भने नियमित क्रिकेटर ललित वर्गीकरणमा नपर्दा नेपालको लागि एउटा मात्र खेल खेलेका राशिद खान र २ वटा खेल खेलेका कमल सिंह ऐरी भने वर्गीकरणमा ‘सी’ श्रेणीमा अटाएका छन्। राशिदले गत वर्ष डिसेम्बरमा भुटान बिरुद्ध साग क्रिकेटमा १ खेल खेलेका थिए जुन क्रममा विकेटविहिन रहेका थिए। कमलले यसै वर्ष विश्वकप लिग-२ मा ओमान बिरुद्ध वानडेमा डेब्यु गर्ने क्रममा ४ ओभर मात्र बलिंग गरेका थिए। त्यस बाहेक ऐरीले एमसीसीको गत वर्ष नोभेम्बरको टुरमा टि-२० टिममा मौका पाएका थिए जुन खेलमा ४८ रन खर्चेर १ विकेट लिएका थिए। कमल र राशिद सोहि प्रदर्शनको बलमा वर्गीकरणमा परे तर ललित राजबंशी भने बाहिरिए।

Lalit Rajbanshi
ललित राजबंशी ( Lalit Rajbanshi ) लाई वर्गीकरणमै राखिएन

सोमपाल ‘बि’ श्रेणीमा घटुवा , बसन्त् ‘ए’ मा  

पुरुष क्रिकेटकै वर्गीकरणमा २०१४ देखि लगातार राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर सोमपाल कामिलाई ‘बि’ श्रेणीमा झारिएको छ। सोमपालले बलिंग मात्रै हैन ब्याटिंगमा पनि उत्तिकै योगदान दिंदै नेपाललाई कैयौं खेल जिताएका छन्। उनि वानडे अन्तर्राष्ट्रियमा नेपालको दोश्रो सर्वाधिक विकेटकर्ता हुन् भने टि-२० मा तेश्रो सर्वाधिक विकेटकर्ता। ६ वानडेमा उनले १३ विकेट लिएका छन् भने टि-२० मा २८ खेलमा २६ विकेट लिएका छन्। बलिंग मात्रै हैन ब्याटिंगमा पनि सोमपाल टि-२० मा नेपालको सातौँ र वानडे अन्तर्राष्ट्रियमा पाँचौ सर्वाधिक रनकर्ता हुन्। ब्याटिंगमा पनि उनको प्रदर्शन ‘ए’ श्रेणीमा परेका क्रिकेटरहरु भन्दा राम्रो छ।

२०१९ मा राष्ट्रिय टिमको सबै प्रतियोगिता खेलेका सोमपालले २०२० मा ढाडको चोटको कारण इस्टर्न रिजन टि-२० र विश्वकप लिग-२ को खेल गुमाएका थिए। गत वर्ष जनवरीमा युएई बिरुद्ध वानडे सिरिजको खेलमा ५ विकेट लिंदै नेपालको पहिलो अन्तर्राष्ट्रिय सिरिज जितमा अहम योगदान दिएका सोमपालले उक्त सिरिजमा ३ वटा वानडेमा ७ विकेट तथा ३ वटा टि-२० मा ४ विकेट लिएका थिए भने ब्याटबाट पनि योगदान दिएका थिए। सिरिजको निर्णायक वानडे जित्दा सोमपालले अविजित २६ रन बनाउदै मुस्किल अवस्थामा ४ विकेटको जितमा अहम योगदान दिएका थिए। साग क्रिकेटमा बंगलादेशसंग टिम लज्जास्पद स्कोरतर्फ अघि बढ्दा सोमपालले १० आउदै नम्बरमा आएर ३९ रन बनाउदै लाज ढाकेका थिए। एमसीसी बिरुद्ध तिन दिवसीयमा सोमपाल मात्र अर्धशतक बनाउने ब्याट्सम्यान थिए।

राष्ट्रिय टिमको लागि सबैभन्दा बढी योगदान दिने तथा आधा दशक बढी नियमित खेल्ने क्रिकेटर सोमपाललाई ‘बि’ श्रेणीमा झार्नुको पछाडी क्यानसंग कुनै जवाफ छैन। २०१९ को प्रदर्शनको आधारमा २०२० को लागि ग्रेड छुट्याइनु पर्ने हो। तर क्यानले वर्गीकरण गर्ने आधारनै स्पस्ट छैन। त्यसको उदाहरण बसन्त रेग्मी हो।

किनकि २०२० कै आधारमा छनौट गरिएको मान्ने हो भने ‘ए’ श्रेणीमा राखिएका भेट्रान स्पिनर बसन्त रेग्मीले २०१९ जुलाईमा टि-२० विश्वकप पछि राष्ट्रिय टिमबाट खेलेकै छैनन्। बसन्तलाई गत महिना २०१९ को वर्गीकरणमा भने ‘बि’ श्रेणीमा राखिएको हो। यस अघि के बसन्तलाई के कारणले ‘बि’ श्रेणीमा राखियो र फेरी अहिले कसरि ‘ए’ श्रेणीमा उक्लिए , तथा सोमपाल के कारणले ‘बि’ श्रेणीमा झरे, कुरा बुझ्न कठिन छ।

अविनाश बोहरा ‘सी’ श्रेणीमा, पवन र सुशन ‘बि’ श्रेणीमा कसरि ?  

२०१९ मा युएई बिरुद्ध टि-२० सिरिजमा डेब्यु गर्दै पहिलो सिरिजमै प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका बोहराले नेपालको पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिजमा अहम योगदान दिए। त्यसपछि बोहरा नियमित राष्ट्रिय टिममा स्थान बनाउदै आएका छन्। यो वर्ष विश्व कप लिग-२ तथा इस्टर्न रिजन टि-२० मा ३ खेलमा उनले ४ विकेट लिए। राष्ट्रिय टिमका नियमित क्रिकेटरलाई ‘सी’ श्रेणीमा राख्ने निर्णय चित्त बुझ्दो छैन।

नियमित क्रिकेटर अविनाश ‘सी’ श्रेणीमा झर्दा २०१९ सेप्टेम्बरमा टि-२० डेब्यु गरेका देब्रे हाते स्पिन सुशन भारिलाई भने ‘बि’ श्रेणीमा राखिएको छ। ‘बि’ श्रेणीमा सोमपाल, सुशन, आरिफ र पवन सर्राफ छन्। २०१९ मा डेब्यु गरेका सर्राफले अझै पनि राष्ट्रिय टिमको पहिलो रोजाईका क्रिकेटर हैनन्। अविनाश बोहरालाई ‘सी’ श्रेणीमा राखेर सर्राफलाई ‘बि’ मा राख्नु पछाडी पनि कारण स्पस्ट छैन। ‘सी’ श्रेणीमा बोहरा सहित, सुबास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, राशिद खान र कमल सिंग ऐरी छन्।

पुरुष क्रिकेटरहरुको वर्गीकरण र मासिक तलव : 

‘ए’ ग्रेड ( ५० हजार मासिक ) : ज्ञानेन्द्र मल्ल, पारस खड्का, बसन्त रेग्मी, शरद भेसावकर, बिनोद भण्डारी, करन केसी, सन्दिप लामिछाने, दिपेन्द्र ऐरी ‘बि’ ग्रेड ( ४० हजार मासिक ) :  सोमपाल कामि, सुशन भारि, आरिफ शेख, पवन सर्राफ ‘सी’ ग्रेड ( ३० हजार मासिक ) : सुबास खकुरेल, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, राशिद खान र कमल सिंह ऐरी

क्यान बैठकको ९ निर्णय, डिसेम्बरमा अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने

किन दिदैन दिल्लीले सन्दिपलाई मौका ?

देभदत्त पडीक्कल : नजिकबाट चिन्नुस आईपीएल २०२० मा आरसीबिका नयाँ ओपनरलाई

कप्तान मल्लको ट्वीटले अमेरिकी एम्बेसी क्लिन बोल्ड





थप समाचार

दिल्लीमाथि कोलकाताको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्समाथि सहज जित हात पारेको छ […]

कोलकाताले दिल्लीबाट पायो १५४ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्सबाट १ सय ५४ रनको लक्ष्य […]

आइपीएल : कोलकाता र दिल्ली खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । कोलकाताको घरेलु मैदान इडन […]

अभानी प्रिमियर लिग : अभानी र खुकुरीको जित

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबले जित निकालेका छन् । […]

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]