आईपीएल टिम सनराइजर्स हैदरावादले बुधबार ठूलो झट्का बेहोर्ने क्रममा अस्ट्रेलियन अलराउण्डर मिचेल मार्श प्रतियोगिताबाटै बाहिरिएका छन्।
रोयल च्यालेन्जर्स बैंगलोर बिरुद्ध अघिल्लो खेलमा बलिंग गर्ने क्रममा एंकल ( गोलीगाँठो ) को चोटको कारण मैदानबाट बाहिरिएका मार्श अब प्रतियोगिताबाट पनि बाहिरने भएका छन्। हैदरावादमले मार्श बाहिरिएको अधिकारिक घोषणा गरेको छ।
खेलको पाँचौ ओभरमा आफ्नो पहिलो ओभर बलिंग गर्ने क्रममा आरोन फिंचले प्रहार गरेको बल रोक्न प्रयास गर्ने क्रममा उनि चोटिल भएका थिए। चोटका बाबजुद पनि उनि दोश्रो इनिंगमा ब्याटिंग गर्न आएका थिए तर खाता नखोली आउट भएका थिए। खेलमा हैदरावाद १० रनले पराजित भएको थियो।

मार्शको सट्टा हैदरावादले प्रतिस्थापनमा खेलाडीको घोषणा गरेको छ। वेस्टइन्डिजका टेस्ट कप्तान जेसन होल्डरले मार्शको स्थान लिनेछन् जो छिट्टै युएई पुग्नेछन्। होल्डरले भर्खरै सम्पन्न सिपिएल टि-२० मा बार्बेडोस ट्राइडेन्टसको कप्तानी गर्ने क्रममा १० विकेट लिनुको साथै १९२ रन बनाएका थिए।
“मिचेल मार्श घाइते भएपछि प्रतियोगिताबाट बाहिरिएका छन्। हामि उनको सिघ्र स्वास्थ्य लाभको कामना गर्छौ। उनलाई जेसन होल्डरले प्रतिस्थापन गर्नेछन्।” टिमले ट्वीट गरेको छ।
हैदरावादले लिगमा आगामी खेल शनिवार कोलकाता बिरुद्ध अबुधाबीमा खेल्ने तालिका रहेको छ। उक्त खेलमा मार्शको सट्टा कसले खेल्नेछन् हेर्न रोचक हुनेछन्। अफगानिस्तान अलराउण्डर मोहम्मद नाबी अन्तिम-११ मा पर्ने प्रमुख दाबेदार हुनेछन्।
सनराइजर्स हैदरावाद (Sunrisers Hyderabad) टिम :- डेभिड वार्नर(✈️) ( कप्तान ), जोनी बेयरस्टो(✈️), केन विलियमसन(✈️), मनीष पांडे, श्रीवत्स गोस्वामी, रिद्धिमन साहा, अभिषेक शर्मा, मोहम्मद नावी(✈️), विजय शंकर, बसिल थम्पी(✈️), भुवनेश्वर कुमार, बिली स्ट्यानलेक(✈️), खलील अहमद, राशिद खान, संदीप शर्मा, शाहबाज नदीम, सिद्धार्थ कौल, टी नटराजन, विराट सिंह, प्रियाम गर्ग, जेसन होल्डर (✈️), बी संदीप, फाबियन एलेन(✈️), संजय यादव र अब्दुल समद।
IPL : वार्नरलाई उछिन्दै रोहितले बनाए ठूलो कीर्तिमान
IPL : ठूलो लक्ष्यका बाबजुद धोनी किन ७ नम्बरमा ब्याटिंगमा आए ? आफैले बताए कारण
