IPL 2020 : राजस्थान रोयल्सलाई राहतको खबर , स्टोक्स टिमसंग जोडिने

२०७७ आश्विन ८, बिहीबार १५:४८

राजस्थान रोयल्सको लागि यो भन्दा सकरात्मक खबर के होला। मिडिया रिपोर्टहरुका अनुसार यो बताईएको छ कि स्टार इंगलिस अलराउन्डर टिमसंग अक्टोबर पहिलो साता जोडिनेछन्। यस अघि स्टोक्स लिगको पहिलो हाफ पछि मात्रै युएई पुग्ने बताईएको थियो। उनको पितालाई ब्रेन ट्युमर भएपछि हाल उनि न्युजिल्यान्डमा रहेका छन्। उनि इंग्ल्यान्डको पाकिस्तानसंगको अन्तिम २ टेस्ट तथा त्यसपछिको अस्ट्रेलिया बिरुद्धको सम्पूर्ण सिरिज छोडेर न्युजिल्यान्ड गएका थिए।

आईपीएलको स्वास्थ्य निर्देशिका अनुसार खेलाडीहरु युएई पुगेपछि ६ दिन क्वारेन्टाइनमा बस्नु पर्नेछ। त्यस क्रममा ३ वटा कोरोना रिपोर्ट नेगेटिभ आएको खण्डमा खेलाडीहरु टिमसंग जोडिन पाउछन्। राजस्थानले लिगमा ९ र ११ अक्टोबरमा दिल्ली र सनराइजर्स हैदरावाद बिरुद्ध खेल्नेछ। उक्त खेलमा स्टोक्स देखिन सक्नेछन्। त्यसो भएमा लिग चरणको १४ मध्ये आधा भन्दा बढी खेलमा उनि खेल्न सक्नेछन्।

स्टोक्स हाल न्युजिल्यान्डमा पनि अभ्यास गरिरहेका छन् जसको तस्बिर उनि सोसल मिडियामा राखेका छन्।

 

View this post on Instagram

 

Wrong colour ball but training’s training 🏏

A post shared by Ben Stokes (@stokesy) on


स्टोक्सको आगमनले राजस्थानको मिडल अर्डर मजबुत बन्नेछ। उनि ३ वर्ष देखि आईपीएलमा नियमित प्रदर्शन गरिरहेका छन् र ३३ इनिंगमा ६३५ रन बनाएका छन्। यस्तै उनले लिगमा ८.२६ को इकोनोमिले २६ विकेट पनि लिएका छन्। स्टोक्स आक्रामक ब्याटिंग गर्दै टिमलाई असम्भव परिस्थितिबाट जित दिलाउन सक्षम छन् भने योर्कर र कटर बल गर्दै विकेट लिन पनि उत्तिकै सक्षम छन्। उनको आगमनले टिम मात्रै हैन फ्यानहरुलाई पनि उत्साह दिनेछ।

राजस्थानले लिगको पहिलो खेलमा बलियो चेन्नाई सुपर किंग्सलाई १६ रनले पराजित गरेको थियो। जोस बटलर, जोफ्रा आर्चर र स्टिभ स्मिथ जस्ता खेलाडीहरु रहेको टिममा स्टोक्सको आगमनले आगामी चुनौती सामना गर्न सहज हुनेछ। पहिलो खेल जित्दा बटलर खेलेका थिएनन्। क्वारेन्टाइनमा रहेका कारण पहिलो खेल गुमाएका बटलर दोश्रो खेलको लागि उपलब्ध हुनेछन्।

लिगमा राजस्थानले आगामी खेल शारजाहमा पन्जाब बिरुद्ध सेप्टेम्बर २७ मा खेल्नेछ।

राजस्थान रोयल्स टिम : स्टिभ स्मिथ(✈️) ( कप्तान ), जोस बटलर(✈️), मनन वोहरा, रियान पराग, संजू स्यामसन, शशांक सिंह, बेन स्टोक्स(✈️), महिपाल लोमरोर, अंकित राजपूत, जोफ्रा आर्चर (✈️), मयंक मारकन्डे, राहुल तेवातिया, श्रेयस गोपाल, वरुण एरोन, जयदेव उनादकट, यशस्वी जयसवाल, रबिन उथाप्पा, कार्तिक त्यागी, आकाश सिंह, अनुज रावत, अनिरुद जोशी, डेभिड मिलर(✈️), ओशेन थोमस, एन्ड्रु टाइ(✈️) र टम करन(✈️)

IPL Match 5 : टुट्ला पन्जाब बिरुद्ध बैंगलोरको दबदबा ? यस्तो छ हेड टु हेड नतिजा

IPL कुन सिजन कुन टिमले जितेको थियो

IPL : हैदरावादलाई झट्का ! लिगबाट बाहिरिए मार्श, प्रतिस्थापनमा खेलाडी घोषणा

क्यान बैठकको ९ निर्णय, डिसेम्बरमा अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy