आलोचना पछि धोनीको बचाउ गर्दै प्रशिक्षक फ्लेमिंगले के भने

२०७७ आश्विन ९, शुक्रबार १८:४१

राजस्थान रोयल्स बिरुद्ध ७ नम्बरमा ब्याटिंगमा आएको र ढिला इनिंग सुरुवात गर्दै जिताउने प्रयास नगरेको भन्दै धोनी आलोचित बनेपछि चेन्नाई सुपर किंग्सक मुख्य प्रशिक्षक स्टेफेन फ्लेमिंगले धोनीबारे पहिलो पटक धारणा राखेका छन्। दिल्लीसंगको खेल अघि फ्लेमिंगले सबैले धोनीबाट क्रिजमा आए लगत्तै ठूलो सट खेलेको हेर्न चाहने तर त्यस्तो सधै नहुने बताएका छन् –

“धोनी त्यस्ता खेलाडी मध्येका हुन् जसले झन्डै डेढ वर्ष देखि क्रिकेट खेलेका छैनन्। सबैले धोनीलाई पहिले जस्तै क्रिजमा आए लगत्तै पहिले गर्ने जस्तै काम दोहोर्याउन भन्ने चाहन्छन्। तर यो यत्तिकै हुँदैन। उनले खेलमा गति प्राप्त गर्न केहि समय चाहिन्छ। मुम्बईसंग अघिल्लो खेलमा केहि बल बाहेक उनले धेरै पछि क्रिजमा मैदानको बीचमा पहिलो पटक समय बिताएका थिए।”

चेन्नाई प्रशिक्षक स्टेफेन फ्लेमिंग

धोनी ब्याटिंग गर्न आउदा जितको लागि ३८ बलमा १०३ रन आवस्यक थियो। क्रिजमा आए पछि उनले १-१ रन लिंदै इनिंग अघि बढाएका थिए। धोनीले १९ औ ओभरसम्म पहिलो १२ बल सामना गर्दा मात्र ९ रन बनाएका थिए। त्यसपछि अन्तिम ओभरमा ३ वटा छक्का प्रहार गरेता पनि चेन्नाईले त्यस अघिनै खेल हारीसकेको थियो। २१७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाई १६ रनले पराजित भएको थियो। भारतीय पूर्व ब्याट्सम्यान गौतम गम्भीर, पूर्व इंग्ल्यान्ड ब्याट्सम्यान केभिन पिटरसनले धोनी ७ नम्बरमा आएकोमा आलोचना गरेका थिए।

फ्लेमिंगले बताए – “प्रतियोगिता अघि बढ्दै जाँदा उनि राम्रो हुँदै जानेछन्। भित्र आएर ३० बलमा ७० रनको आशा गर्नु अहिले मुस्किल काम हो र हामिसंग फर्ममा रहेका खेलाडीले समेत त्यस्तो गर्न मुस्किल हुन्छ।”

धोनीले पनि आफू लामो समय पछि खेलीरहेको हुनाले पुरानो लयमा नरहेको प्रतिक्रिया दिएका थिए – “मैले लामो समय देखि ब्याटिंग गरेको थिईन। १४ दिनको क्वारेन्टाइनको कारणले पनि सम्भव भएन। अनि म फरक कुरा पनि प्रयोग गर्न चाहन्थे र स्याम करनलाई अवसर दिए। मसंग प्रयोग गर्ने मौका थियो। लिगको सुरुमै प्रयोग गर्न सजिलो पनि हुन्छ। त्यसले काम गरेन भने तिमि जहिले पनि आफ्नो बलियो पक्ष प्रयोग गर्न सक्छौ।”

राजस्थानसंग पराजित भएपछि चेन्नाई तेश्रो खेलमा आज दिल्ली क्यापिटल्ससंग प्रतिस्पर्धा गर्दैछ।

IPL : ठूलो लक्ष्यका बाबजुद धोनी किन ७ नम्बरमा ब्याटिंगमा आए ? आफैले बताए कारण

IPL M-7 : दिल्ली र चेन्नाई बीच प्रतिस्पर्धा, यस्तो छ सन्दिप खेल्ने सम्भावना

बिराट र अनुष्काबारे कमेन्ट गर्दा गावस्कर विवादमा, अनुष्काको कडा प्रतिक्रिया

ढिलो ओभर रेटका कारण कोहलीलाई १२ लाख भारु जरिवाना

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy