पुरनको फिल्डिंग हेरे पछि सचिनले भने “जीवनमा देखेको सबैभन्दा उत्कृस्ट”

२०७७ आश्विन ११, आईतवार २३:१०

आईपीएल टि-२० अन्तर्गत किंग्स-११ पन्जाब र राजस्थान रोयल्स बीचको खेलमा पन्जाबका खेलाडी निकोलस पुरनले अपत्यारिलो फिल्डिंग प्रदर्शन गरेका छन्। खेलको दोश्रो इनिंगमा राजस्थानले ब्याटिंग गर्दा वेस्ट इन्डिज क्रिकेटर पुरनले गरेको फिल्डिंगलाई क्रिकेट इतिहासकै उत्कृस्ट फिल्डिंग मध्ये लिईएको छ।

आठौँ ओभरको तेश्रो बलमा राजस्थान रोयल्सका ब्याट्सम्यान सन्जु स्यामसनले पन्जाब स्पिनर मुरुगन आश्विनको बलमा छक्का हान्ने प्रयास गरेका थिए। डिप मिड विकेटमा फिल्डिंग गरेका पुरनले उक्त प्रहारलाई बचाउने क्रममा बाउन्ड्री भित्रबाट बाउन्ड्री बाहिर गैरहेको बललाई पुरै आकाशमा उड्दै त्यसै क्रममा बललाई आफु जमिनमा झर्नु बाउन्ड्री भित्र फालेका थिए। उनले बल कप्तान लोकेश राहुललाई फाले जसमा स्यामसन र स्मिथले २ रन लिए।

स्यामसनले प्रयास रिप्लेमा हेर्दा उनको प्रयास विश्व क्रिकेटमै सबैभन्दा उत्कृस्ट मध्येको प्रयासको रुपमा लिईएको छ। ब्याटिंगमा समेत पुरनले खेलमा ८ बलमा २५ रन बनाएका थिए।


पन्जाब टिमको फिल्डिंग प्रशिक्षकको रुपमा विश्व क्रिकेटका महान फिल्डर जोन्टि रोड्स रहेका छन् जो पुरनको उक्त प्रयास पछि निकै खुसि देखिएका थिए।

मैले देखेको सबैभन्दा उत्कृस्ट सेभ – सचिन तेन्दुलकर 

पुरनको फिल्डिंग हेरे पछि भारतीय लेजेण्ड क्रिकेटर सचिन तेन्दुलकरले निकोलसले गरेको फिल्डिंग जीवनमा देखेको मध्ये उत्कृस्ट सेभ भएको बताए –

“यो मैले जीवनमा देखेको मध्ये सबैभन्दा उत्कृस्ट सेभ हो। अविश्वसनीय” सचिनले पुरनको प्रयासको स्क्रिनसट राख्दै लेखेका छन्। 

यस्तै वेस्टइन्डिज पूर्व क्रिकेटर तथा चर्चित कमेन्टेटर इयान बिशपले पनि पुरनको फिल्डिंग क्रिकेट खेलकै उत्कृस्ट सेभ मध्येको एक बताएका छन्- “पुरनले भर्खरै क्रिकेट खेलकै उत्कृस्ट मध्येको एक सेभ गरेका छन्। अपत्यारिलो होस्।”

फोटोहरुमा हेर्नुस 

कसले के भने – 

IPL : राजस्थान-पन्जाब खेलमा बनेका १० रेकर्ड, टुट्यो १२ वर्ष पुरानो रेकर्ड

क्यानले गरेको खेलाडी वर्गीकरण पुनर्विचार गर्न सिप्यानको आग्रह

तयार भयो पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपीआर ( फोटो फिचर )

विलियमसनले बताए ‘खेल्न तयार छु’, हैदरावाद फ्यानहरुको पनि उही चाहना

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy