दिल्ली कप्तान ऐयरलाई १९ लाख जरिवाना

२०७७ आश्विन १४, बुधबार १२:०७

दिल्ली कप्तान श्रेयस ऐयरलाई सनराइजर्स हैदरावाद बिरुद्ध मंगलबार सम्पन्न खेलमा ढिलो ओभर रेटका कारण जरिवाना गरिएको छ। लिगमा पहिलो पटक भएकोले उनलाई १२ लाख भारु ( १९.२ लाख नेपाली रु. ) जरिवाना गरिएको छ।

“दिल्ली कप्तान श्रेयस ऐयरलाई हैदरावाद बिरुद्धको खेलमा ढिलो ओभर रेटका कार जरिवाना गरिएको छ। पहिलो पटक भएका कारण आईपीएलको निम्नतम ओभर रेटको नियम उल्लंघन बापत उन्लाई १२ लाख भारु जरिवाना गरिएको हो।” आईपीएलले जारि गरेको विज्ञप्तिमा बताईएको छ।

जारि लिगमा ढिलो ओभर रेटमा जरिवाना गरिएको यो पहिलो पटक हैन। गत साता बैंगलोर कप्तान बिराट कोहलीलाई पनि पन्जाब बिरुद्धको खेलमा सोहि कारणले १२ लाख भारु जरिवाना गरिएको थियो

आईपीएलमा फिल्डिंग टिमका कप्तानले सामान्य अवस्थामा कम्तिमा १ घण्टा ३० मिनेटमा ( टाईम आउट सहित ) इनिंग समाप्ति गर्नु पर्छ। यदी दोश्रो पटक पनि ऐयरले लिगमा ढिलो ओभर रेट गरेको पाइएको खण्डमा जरिवाना दोब्बर अर्थात् २४ लाख भारु हुने नियम छ। दोश्रो पटक कप्तानलाई मात्र हैन खेलेका अन्य खेलाडीहरुको म्याच फिबाट २५ प्रतिशत काट्ने नियम रहेको छ। तेश्रो पटक ढिलो ओभर रेटमा कप्तानले ३० लाख भारु तिर्नुपर्नेछ र १ खेल समेत खेल्न नपाउने नियम छ।

लिगमा तेश्रो खेल खेल्दा पहिलो हार पछि दिल्ली कप्तान ऐयरले विकेटले दोहोरो व्यबहार गरेको बताएका थिए –

“१६२ रन बनाउदा हामि खुसिनै थियौं। यो विकेट मा त्यो औशत योगफल हो। हाम्रो यो मैदानमा पहिलो खेलमा कस्तो व्यवहार गर्यौ बुझ्ने सकेनौ। उनीहरुले हामीलाई सबै कुरामा पछि पार जसकारण उनीहरुलाई श्रेय दिनुपर्छ। दोश्रो इनिंगमा विकेटले दोहोरो व्यवहार गर्यो जुन आश्चर्यजनक थियो।”

“जब म ब्याटिंग गर्न छिरेको थिए बल ब्याटमा आइरहेको थिएन। यस्तो सोचेका थियौं कि ‘शित’ हुनेछ तर अब हार पछि केहि बहाना बनाउन मिल्दैन। हामीले योजना अनुसार खेल्न सकेनौं। यो विकेट र परिस्थितिबाट धेरै कुरा सिक्न पाएका छौँ।” उनले बताए।

खेलमा हैदरावादले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले १४७/७ मात्र बनाउन सकेको थियो।

हार पछि दिल्ली ३ खेलमा २ जित र १ हार पछि अंकतालिकामा दोश्रो स्थानमा पुगेको छ। समान ४ अंक रहेता पनि राजस्थान नेट रन रेटमा १ मात्र अपराजित टिमको रुपमा शिर्ष स्थानमा रहेको छ। बैंगलोर ४ अंक सहित तेश्रो स्थानमा छ।

लिग अन्तर्गत दिल्लीले आगामी खेल कोलकाता नाइट राइडरस बिरुद्ध अक्टोबर ३ ( शनिवार ) खेल्नेछ।

प्रशिक्षक पोन्टिङले बताए दिल्लीको पहिलो हारको कारण

“जब म्यान अफ द म्याच हुन्थे वहाँ सधै मसंग राति कुरा गर्नुहुन्थ्यो”

दिल्लीले सन्दिपलाई मौका नदिदा नेपाली फ्यानहरुले बनाए यस्ता ट्रोल

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड ( कोलकाता-राजस्थान खेल पछि )

राशिद चम्किदा हैदरावादको पहिलो जित, दिल्लीको पहिलो हार

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy