शेन वार्नको नजरमा यी ४ टिम पुग्ने छन् आईपीएलको प्लेअफमा

२०७७ आश्विन १५, बिहीबार ०९:०२

पूर्व अस्ट्रेलियन लेग स्पिनर तथा वर्तमानमा राजस्थान रोयल्सका सल्लाहकार तथा टिमका पूर्व कप्तान शेन वार्नले आईपीएल २०२० को प्ले-अफ पुग्न सक्ने ४ वटा टिमको नाम लिएका छन्। आईपीएल २०२० मा प्राय सिजनमा अंक तालिकामा माथिल्लो स्थानमा रहन संघर्ष गर्ने टिमहरु पन्जाब, बैंगलोर, दिल्ली अहिले शिर्ष ५ स्थान भित्र रहेका छन्।  वार्नले मुम्बई र चेन्नाई जस्ता टिमले लिगमा पुनरागमन गर्ने विश्वास व्यक्त गरेका छन्।

वार्नको अनुमान अनुसार राजस्थान रोयल्स, चेन्नाई सुपर किंग्स, मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्स यो वर्ष प्ले-अफ पुग्नेछन्।

“मलाई लाग्छ मुम्बई पनि त्यहाँ हुनेछ, उनीहरुसंग निकै राम्रो टिम छ। म दिल्ली तिर पनि झुक्न चाहन्छु जो संग गजबको प्रतिभाहरु छ। मेरो विचारमा उनीहरु चौथो टिम हुनेछ।”

“४ टिम, राजस्थान रोयल्स। मलाई लाग्छ चेन्नाई सुपर किंग्सलाई पछि पार्नु मुस्किल हुन्छ, उनीहरु सधै वरपरनै रहन्छन्।” वार्नले बताए।

वार्नरले आफ्नो टिम राजस्थानका खेलाडी सन्जु स्यामसनबाट प्रभावित भएका छन् – “म आशा गर्छु कि सन्जुले नियमित प्रदर्शन गर्नेछन् यो वर्ष। उनले नियमित प्रदर्शन गरे सबै फर्म्याटमा भारतको प्रतिनिधित्व गर्न सक्छन्।”

स्यामसनले लिगको ३ खेलमा कुल १६७ रन बनाएका छन् जुन क्रममा  पन्जाब बिरुद्ध जितमा ८५ रन तथा चेन्नाई बिरुद्ध ७४ रन बनाएका थिए।

“उनि ( स्यामसन ) प्रतिभाशाली खेलाडी हुन्। मैले धेरै प्रतिभाशाली खेलाडी देखेको छु तर स्यामसनलाई नेटमा हेर्दा, उनको वरपर रहंदा, उनिसंग केहि वर्ष बिताउदा उनको विकास देखिरहेको छु, मलाई लाग्छ उनि भिन्न छन्।”

२००८ मा राजस्थानको नेतृत्व गर्दै लिग जिताएका वार्न यो पटक टिमको सल्लाहकारको रुपमा रहेका छन्।

“यो पटक म स्ट्याण्डमा बसेर खेल हेर्नेछु र टिमसंग डगाउटमा बस्नेछैन तथा खेलको क्रममा केहि भूमिका हुने छैन। तर खेल पछि म प्रशिक्षक एन्ड्रु म्याकडोनाल्ड र कप्तान स्टिभ स्मिथसंग बस्छु। मैले केहि देखे भने उनीहरुलाई भन्छु तथा उनीहरुको कुरा सुनेर मेरो कुरा राख्छु। टिमको वरपर रहेर प्रोत्साहन दिने र टिमबाट उत्कृस्ट खेल निकाल्ने जिम्मेवारी छ।” पूर्व अस्ट्रेलियन महान लेग स्पिनरले बताए।

वार्नका अनुसार स्टिभ स्मिथ उत्कृस्ट कप्तान हुन्-

“स्मिथ उत्कृस्ट ब्याट्सम्यान हुन् भने टिमको राम्रो नेतृत्वकर्ता पनि। उनि योजना बनाउन निकै राम्रा छन् जसले टिमका खेलाडीहरुबाट उत्कृस्ट प्रदर्शन निकाल्न सक्छन्। उनले अन्य टिमको पनि जिम्मेवारी राम्रो सम्हालेको देखेको छु र आशा गर्छु राजस्थानको लागि पनि सोहि कुरा दोहोर्याउने छन्।”

यस्तै उनले इंगलिस फास्ट बलर जोफ्रा आर्चर टिमको एक्स-फ्याकटर रहेको बताए –

“जोफ्रा सुपरस्टार हुन्। उनि टिमको एक्स फ्याक्टर हुन् जसले बिपक्षी टिमको लागि डर पैदा गर्छन्। उनीहरु जोफ्रा आर्चरलाई कसरि खेल्ने, कसरि रन बनाउने भनेर सोच्नेछन्। उनि त्यस्तो हतियार हुन् जसले १-२ ओभरमा खेल परिवर्तन गर्न सक्छन्।”

आर्चरले फाले सिजनकै सबैभन्दा तीव्र गतिको बल, जान्नुस कति थियो गति

विवादास्पद निर्णय : स्पाइडरक्यामलाई छोएता पनि उनदकतलाई क्याच आउट दिएपछि

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड ( कोलकाता-राजस्थान खेल पछि )

क्रिकेट संघ अध्यक्ष चन्दलाई कोरोना संक्रमण

सिद्धार्थ रङ्गशालाः १० वर्षमा १० प्रतिशत काम

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy