IPL Match 13 : पीडादायी हार बिर्साउने प्रयासमा मुम्बई र पन्जाब

२०७७ आश्विन १५, बिहीबार १६:०७

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत बिहिबार १३ औं खेलमा रोहित शर्माको कप्तानिमा रहेको साविक विजेता मुम्बई इन्डियन्स र लोकेश राहुलको कप्तानिमा रहेको किङ्ग्स-११ पन्जाब आमने-सामने हुदैँछन्। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे आबु धाबि स्थित शेख जायद स्टेडियममा सुरु हुनेछ।

अंकतालिकामा अवस्था : दुबै टोलीले लिगमा समान ३-३ खेल खेलिसकेका छन् जसमा समान १-१ जित सहित पन्जाब अकंतालिकाको पाचौं तथा मुम्बई इन्डियन्स अकंतालिकाको छैटौं स्थानमा छ। दुबै टोली आजको खेलमा आफ्नो दोस्रो जित हात पार्दै अकंतालिकामा अघि बढ्न चाहन्छन्।

पन्जाबको प्रतियोगितामा नतिजा :- किङ्ग्स-११ पन्जाब आफ्नो पहिलो खेलमा श्रेयस ऐयर कप्तानिमा रहेको दिल्ली क्यापिटल्स विरुद्ध सनसनीपूर्ण खेलको सुपर ओभरमा पराजित भएको थियो। दोस्रो खेलमा रोयल च्यालेंजर्स बैगलोर विरुद्ध ९७ रनको फराकिलो जित दर्ता गरेको पन्जाबले आफ्नो तेस्रो खेलमा राजस्थान रोयल्स विरुद्ध ४ विकेटको अपत्यारिलो हार बेहोरेको थियो। 

मुम्बईको प्रतियोगितामा नतिजा :- साविक विजेता मुम्बई इन्डियन्स लिगको उद्घाटन खेलमा साविक उपविजेता चेन्नाई सुपर किङ्ग्ससंग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा कोलकाता नाइट राइडर्स विरुद्ध ४९ रनको फराकिलो जित हात पारेको मुम्बई तेस्रो खेलमा रोयल च्यालेंजर्स बैगलोर विरुद्ध सुपर ओभरमा पराजित भएको थियो।

मुम्बई अघिल्लो खेलमा बैंगलोरसंग सुपर ओभरमा पराजित भएको थियो

के आशा गर्ने : पछिल्लो पीडादायी हारलाई दुवै टिम बिर्साउने प्रयासमा हुनेछन्। राजस्थानका राहुल तेवतियाले अद्भुत ब्याटिंग गर्दा उसले २२४ रनको लक्ष्य पछ्याउदै पन्जाबलाई निराश पारेको थियो। तेवतियाले असम्भव परिस्थितिमा शेल्डन कटरेललाई एकै ओभरमा ३० रन हिर्काएर जिततर्फ डोर्याएका थिए। अर्कोतर्फ मुम्बईको पनि पछिल्लो हार पिंडादायक थियो। २०२ रन लक्ष्य पछ्याउने क्रममा ७८/४ को अवस्थाबाट इशान किशन र काइरन पोलार्डले खेल सुपर ओभरमा पुर्याएका थिए। बैंगलोरले सुपर ओभरमा जित दर्ता गर्दा मुम्बई चुक्न पुगेको थियो।

खेलमा पन्जाबको ब्याटिंग र मुम्बईको बलिंग बीच रोचक प्रतिस्पर्धा हुनेछ। पन्जाबको ब्याटिंग कमजोर पार्न सकेको खण्डमा मुम्बई सहजै खेल जित्न सक्छ। खेलमा जस्प्रित बुम्राह बिरुद्ध कसरि मायाँक अग्रवालले ब्याटिंग गर्नेछन् हेर्न लायक हुनेछ। यस्तै ३ खेलमा ७ विकेट लिईसकेका मोहम्मद शामी बिरुद्ध रोहित शर्मा तथा ट्रेन्ट बोल्ट र केएल राहुल बीचको प्रतिस्पर्धा पनि हेर्न रोचक हुनेछ।

हेड टु हेड :- हालसम्म यी दुई टोलीबिच २४ पटक प्रतिस्पर्धा भएको छ जसमध्ये मुम्बईले १३ खेलमा र पन्जाबले ११ खेलमा जित हात पारेको छ। गत सिजन दुवै टोलीले समान एक-एक खेल जितेका थिए जसमा पन्जाबले पहिलो खेलमा ८ विकेटको जित हात पार्दा अर्को खेलमा मुम्बई ३ विकटले विजयी भएको थियो।

खेल हुने मैदान :- लिग अन्तर्गत शेख जायद स्टेडियममा हालसम ४ खेल खेलिएको छ जसमध्ये समान २-२ पटक पहिले ब्याटिंग गर्ने र दोस्रो ब्याटिंग गर्ने टिमले जित हात पारेका छन्। मुम्बईले उद्घाटन खेलमा चेन्नाई विरुद्ध यसै मैदानमा खेलेको थियो भने पन्जाबले जारी सिजन आज यस मैदानमा पहिलो पटक खेल्दै छ। शेख जायद मैदानमा अन्य २ मैदान भन्दा कम रन बनिरहेको छ। अघिल्लो खेलमा दिल्लीले हैदरावादले दिएको १६३ रनको लक्ष्य पछ्याउन असफल रहेको थियो। खेलपछि दिल्ली कप्तानले दोश्रो इनिंगमा पिच खेल्न मुस्किल भएको बताएका थिए।

पहिलो इनिंग औशत योगफल : १६५ (जारी प्रतियोगितामा), पहिले ब्याटिंग गर्दाको रेकर्ड : जित-२ , हार-२ , बराबरी-०

टिममा हुनसक्ने परिवर्तन 

मुम्बई : अष्ट्रेलियान अल-राउण्डर नाथन कुल्टर नाइल आजको खेलको लागि फिट भएको अवस्थामा अर्का अस्ट्रेलियन फास्ट बलर जेम्स प्याटिन्सनको स्थान लिन सक्नेछन्। पछिल्लो खेलमा बैंगलोर विरुद्ध ९९ रनको शानदार पारी खेलेका इशान किशानले आजको खेलमा निरन्तरता पाउन सक्छन्। यद्यपि टिमले अन्य परिवर्तन गर्न चाहदैन।

नाथन कौल्टर नाइलले आज मौका पाउन सक्नेछन्

किङ्ग्स-११ पन्जाब : पन्जाबलाई ब्याटिंगमा चिन्ता नहुँदा क्रिस गेलले मौका पाउने सम्भावना अझै कम छ। त्यसमाथि गेल खेल्ने ओपनिंगमा मायाँक अग्रवाल र केएल राहुल गजबको लयमा छन्। पन्जाबको बलिंग भने साधारण देखिएको कारण टिमले अफगानी मिस्ट्रि स्पिनर मुजिब उर रहमानलाई मौका दिन सक्छ। रभी बिस्नोइ बाहेक अन्य पन्जाब बलर महँगो साबित भैरहेका छन् भने अघिल्लो खेलमा एक जना बलर कम पनि देखिएको थियो। मुजिब सुरुवात र डेथ ओभरमा समेत बलिंग गर्न सक्छन्। मुजिब खेले शेल्डन कटरेललाई टिमले बाहिर राख्न सक्छ। यस्तै एक जना भारतीय स्पिनर बाहिर राखेर पेसर भित्र्याउन सक्छ।

मुम्बई इन्डियन्सको सम्भावित ११ : रोहित शर्मा (कप्तान), क्विन्टन डिकक ( विकेटकिपर )✈️ , सुर्यकुमार यादव, इशान किशान, कायरन पोलार्ड✈️, हार्दिक पाण्ड्या, क्रुनाल पाण्ड्या, राहुल चाहार, जेम्स प्याटिन्सन✈️, ट्रेन्ट बोल्ट✈️, जस्प्रित बुम्राह

पन्जाबको अन्तिम ११ : केएल राहुल ( विकेटकिपर/कप्तान ) , मायाँक अग्रवाल, निकोलस पुरन ✈️, करुण नायर, सरफराज खान, ग्लेन म्याक्सवेल ✈️, जिम्मी निशम ✈️, मुरुगन आश्विन, शेल्डन कटरेल/मुजिब उर् रहमान ✈️, रभी बिस्नोइ, मोहम्मद शामी

हेर्न लायक ४ खेलाडी :-

रोहित शर्मा : रोहित शर्मा जारी सिजन राम्रो लयमा छन्। उनले ३ खेलमा १०० रन बनाइसकेका छन् जस दौरान उनले कोलकाता विरुद्ध ८० रनको शानदार अर्धशतकिय पारी खेलेका थिए। उनले आईपिएलमा २०० छक्का प्रहार गरिसकेका छन्। मुम्बईका कप्तान रोहित शर्मा आफ्नो पुल शट र विस्फोटक ब्याटिंगको लागि चिनिने गर्छन् जो यो पिचमा घातक सावित हुनसक्छन्। हालसम्म लिगमा १९१ खेल खेलिसकेका रोहितले ३१.६३ को औसतमा ४९९८ रन बनाइसकेका छन्।

जस्प्रित बुम्राह : पछिल्लो खेलमा रोयल च्यालेंजर्स बैगलोर विरुद्ध साधारण प्रदर्शन गरेका बुम्राह पन्जाबको ब्याटिंगसामु घातक सावित हुन् सक्छन्। बायाँ हाते फास्ट बलर बुम्राह आफ्नो सटिक योर्कर र तेज गतिको लागि चिनिने गर्छन्। उनले हालसम्म ८० खेलमा २७.०३ को औसतमा ८५ विकेट हात पारिसकेका छन्।

केएल राहुल : पन्जाब कप्तानले बैंगलोर बिरुद्ध ९७ रनको जितमा ६९ बलमा १३२ रन बनाएका थिए। विकेटकिपर ब्याट्सम्यान तथा कप्तानले दोश्रो खेलमा टिमको कप्तानी गर्ने क्रममा १४ चौका र ७ छक्का हिर्काएका थिए। उनले पछिल्लो खेलमा राजस्थान विरुद्ध ६९ रन बनाएका थिए। राहुलबाट सोहि फर्मको अपेक्षा राजस्थान बिरुद्ध पनि गर्न सकिन्छ।

रभी बिस्नोइ : पञ्जाबको पहिलो रोजाईको लेग स्पिनर बनेका रभीले दिल्ली बिरुद्ध १ तथा बैंगलोर बिरुद्ध ३ विकेट लिएका थिए। २० वर्षीय गुगली बलरबाट पन्जाबले पुनः सोहि प्रदर्शनको अपेक्षा गरेको छ।

रोचक रेकर्ड :-

१.मुम्बईका कप्तान रोहित शर्मा आईपिएलमा ५००० रन पूरा गर्नबाट मात्र २ रन टाढा छन्। लिगमा विराट कोहली र सुरेश रैनाले मात्र ५००० रन बनाएका छन्

२.पछिल्लो खेलमा राजस्थान रोयल्स विरुद्ध शतकिय पारी खेलेका मंयक अग्रवाल आईपिएलमा १५०० रन पूरा गर्नबाट मात्र १३ रन टाढा छन्।

३. पन्जाबका कप्तान लोकेश राहुल आईपिएलमा १५०० रन पूरा गर्नबाट मात्र २६ रन टाढा छन्। यस्तै उनि मुम्बई बिरुद्ध ५०० रन पुरा गर्न पनि मात्र १४ रन पर छन्।

४. सुर्यकुमार यादाव आईपिएलमा ५० छक्का प्रहार गर्नबाट २ छक्का टाढा छन्।

क्यानले खेलाडी वर्गीकरण फेरी गर्ने

शेन वार्नको नजरमा यी ४ टिम पुग्ने छन् आईपीएलको प्लेअफमा

आर्चरले फाले सिजनकै सबैभन्दा तीव्र गतिको बल, जान्नुस कति थियो गति

विवादास्पद निर्णय : स्पाइडरक्यामलाई छोएता पनि उनदकतलाई क्याच आउट दिएपछि

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy