तिन पटकको आईपीएल विजेता चेन्नाई सुपर किंग्स १३ औं सिजनमा संघर्ष गरिरहेको छ। महेन्द्र सिंह धोनी कप्तानीको टिमले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्सलाई लिगको उद्घाटन खेलमा ५ विकेटको जित सहित सुखद सुरुवात गरेको थियो। तर त्यसपछि, चेन्नाईले राजस्थान र दिल्लीसंग लगातार २ खेलमा हार बेहोरेको छ। हारले साविकको उपविजेता टिमको असन्तुलन उजागर गरेको छ।
स्टार स्पोर्ट्ससंगको अन्तर्वार्तामा भारतीय पूर्व पेस बलर इरफान पठानले चेन्नाईको युएईमा संघर्षको कारण बताएका छन्। पठानका अनुसार सुरेश रैनाको प्रतिस्थापनमा अर्को खेलाडी नल्याउनुले टिमको सन्तुलनमा असर गरेको हो।
“पहिलो पटक चेन्नाई सुपर किंग्स स्थिर देखिएको छैन। लिग सुरुवात हुनु अघि उनीहरु समस्यामा थिए। सुरेश रैना भारत फर्किएपछि उनीहरुले अहिलेसम्म पनि प्रतिस्थापनमा खेलाडी भित्र्याएको छैन।” पठानले बताए।
“सोहि कारणले टिमको संयोजनमा धेरै समस्या देखिएको छ। सुरेश रैना ३ नम्बरमा ब्याटिंग गरेको भए टिमले ३ जना अतिरिक्त बलर खेलाउन सक्थ्यो। अहिले मात्र ५ जना बलर लिएर खेलीरहेका छन्। केदार जाधबलाई धोनीले बलिंग नगराउनु पनि चासोको बिषय हो।” उनले थपे।

“यो आईपीएलमा अतिरिक्त बलर लिएर खेलीरहेको टिम बढी बलियो देखिएको छ। धोनी गजबको फिनिशर हुन् तर उनले निश्चित गर्नुपर्छ कि १० ओभर उनले ब्याटिंग गर्नुपर्छ। र चेन्नाईले एक जना बलरलाई ठाउँ खालि राख्नु पर्छ। त्यसपछि अन्य कुराहरु ठाउँमा आउछ।” पठानले बताए।
चेन्नाईले दिल्लीसंग पछिल्लो खेलमा रभिन्द्र जडेजा, दिपक चाहर, जोश हेजलवुड र पियुष चावला गरि ४ मुख्य बलर लिएर खेलेको थियो। अलराउण्डर स्याम करन गरि ५ जना बलरले पुरै ४ ओभर कोटा बलिंग गरेका थिए। अम्बाती रायडु पहिलो खेल पछि घाइते भएर उनको सट्टा रुतुराज गायकवाड खेलीरहेका छन् जसलाई हैदरावाद बिरुद्ध खेलमा रायडुले प्रतिस्थापन गर्नेछन्। ड्वेन ब्राभो पनि फिट रहेकोले टिममा परिवर्तन हुन सक्ने सम्भावना रहेको छ।
चेन्नाईले शुक्रबार डेभिड वार्नर कप्तानीको सनराइजर्स हैदरावादसंग प्रतिस्पर्धा गर्दैछ। हैदरावाद र चेन्नाई दुवै टिमले समान ३ खेल खेल्दा १ जित र २ हार बेहोर्दै २ अंक बटुलेको छ। नेट रन रेटमा हैदरावाद अघि रहंदा चेन्नाई अंकतालिकाको पुछारमा छ।
“निराशाजनक ! , हामीले सहजै ४ मध्ये ३ खेल जित्न सक्थ्यौ” – के एल राहुल
रैना र हरभजनसंग सम्बन्ध समाप्त गर्दै चेन्नाई
IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड ( मुम्बई-पन्जाब खेल पछि )
IPL : रोहितले पुरा गरे ५ हजार रन, लिग इतिहासकै मात्र तेश्रो ब्याट्सम्यान
