मुस्किल अवस्थामा गर्गले अर्धशतक बनाउदा हैदरावादद्वारा चेन्नाईलाई १६५ रनको लक्ष्य

२०७७ आश्विन १६, शुक्रबार २१:३२

युएईमा जारी १३ औं संस्करण आईपिएल अन्तर्गत १४ औं खेलमा महेन्द्र सिंग धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किङ्ग्स र डेभिड वार्नरको कप्तानीमा रहेको सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गरिरहेका छन्। दुबै टोली ३ खेलमा १ जितसहित अंकतालिकाको सातौं (सनराइजर्स हैदराबाद) र आठौं (चेन्नाई सुपर किङ्ग्स) स्थानमा छन्।

दुबई स्थित दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिंगको निर्णय लिएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाउदै चेन्नाईलाई १६५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

हैदरावादका युवा खेलाडी प्रियम गर्गले २६ बलमा ५१ रनको अर्धशतकीय पारी खेले। लिगमा चौथो खेल खेलीरहेका गर्गको यो पहिलो अर्धशतक हो।

जोने बेयरस्टोलाई बोल्ड गरे पछि दिपक चाहर

हैदराबादले खेलमा राम्रो सुरुवात गर्न सकेन। इनिंगको पहिलो ओभरमै राम्रो स्विंग प्राप्त गरेका दिपक चाहरले पछिल्लो खेलमा ५३ रनको बनाएका जोनी बेयरस्टोलाई खाता नखोल्दै बोल्ड गरे। ३ नम्बरमा ब्याटिंग गर्न आएका मनिष पाण्डेले २१ बलमा ५ चौकाको मद्दतमा २९ रन बनाए जुनक्रममा कप्तान वार्नरसँग दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गर्दै हैदराबादको इनिंग अघि बढाए। पाण्डेलाई जारी सिजन आफ्नो पहिलो खेल खेलिरहेका शार्दुल ठाकुरले स्याम करनको हातबाट आउट गराए।

वार्नरले तेस्रो विकेटका लागि ४ नम्बरमा ब्याटिंग गर्न आएका केन विलियमसनसँग २२ रनको साझेदारी गर्दा हैदराबाद सम्हालिएको थियो। वार्नर २९ बलमा २८ रनको सुस्त पारी खेल्दै ११ औं ओभरमा पियुष चावलाको बलिंगमा फाफ डुप्लेसिसको हातबाट समातिए। लगत्तै सोही ओभरमा प्रियम गर्ग र विलियमसनबिच तालमेल नमिल्दा विलियमसन १३ बलमा ९ रन बनाएर रन आउट भए जसपछि हैदराबाद दबाबमा आएको थियो।

पाचौं विकेटका लागि दुई युवा खेलाडि अभिषेक शर्मा र प्रियम गर्गले ७७ रनको साझेदारी गर्दै हैदराबादलाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याए। शर्मा २४ बलमा ३१ रन (४ चौका र १ छक्का) बनाएर १८ औं ओभरमा दिपक चहारको शिकार बने। सोहि ओभर लगातार २ बलमा रविन्द्र जडेजा र शार्दुल ठाकुरले सहज क्याच छाडेका थिए।

विलियमसन ९ रन बनाएर रन आउट भए

अन्तिममा प्रियम गर्गले ५१ रनको विस्फोटक अविजित पारी खेल्दै हैदराबादको स्कोर अघि बढाए। उनले ६ चौका र १ छक्का प्रहार गरे।

चेन्नाईको बलिंगमा दिपक चाहरले सर्वाधिक २ विकेट ( ४-०-३१-२ ) लिए।  पियुष चावला ( ३-०-२०-१ )  र शार्दुल ठाकुरले ( ४-०-३२-१ )  समान १ विकेट लिए। ड्वे ब्राभो ( ४-०-२८-० )  , रभीन्द्र जडेजा ( २-०-१६-० ) र स्याम करन ( ३-०-३७-० ) विकेटविहिन रहे।

खेलमा चेन्नाईले अन्तिम-११ मा तिन वटा परिवर्तन गरेको छ। पहिलो खेल खेलेपछि घाइते भएका अम्बाती रायडु टिममा फर्किएका छन्। यस्तै स्टार अलराउण्डर ड्वेन ब्राभो पनि टिममा आएका छन्। ब्राभो यो सिजन पहिलो खेल खेल्नेछन्। शार्दुल ठाकुर पनि अन्तिम-११ मा प्रवेश गर्दा टिमले अघिल्लो खेल खेलेका मुरली विजय, रुतुराज गायकवाड र जोश हेजलवुडलाई बाहिर राखेको छ। हैदरावादले टिममा परिवर्तन गरेको छैन।

दुबै टोली ३ खेलमा समान एक जित र दुई हार पछि अकंतालिकाको सातौँ ( सनराइजर्स हैदराबाद) र आठौँ (चेन्नाई सुपर किङ्ग्स) स्थानमा छन्।

आफ्नो रेकर्ड टुटेपछि रैनाले दिए धोनीलाई बधाई

रैना र हरभजनसंग सम्बन्ध समाप्त गर्दै चेन्नाई

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड ( मुम्बई-पन्जाब खेल पछि )

IPL 2020 : कुन कप्तानको तलव कति

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy