आईपीएल खेल्न युएई उडे स्टोक्स, को संग खेल्ने छन् पहिलो खेल

२०७७ आश्विन १७, शनिबार १५:४६

स्टार इंगलिस अलराउण्डर बेन स्टोक्सले आईपीएलको पहिलो २ साताको खेल गुमाएपछि राजस्थान रोयल्स टिमसंग जोडिने पक्का भएको छ।


आफ्नो पितालाई ब्रेन ट्युमर भएपछि स्टोक्स न्युजिल्यान्ड, क्राइस्टचर्च पुगेका स्टोक्स त्यहाँबाट युएई प्रस्थान गरिसकेका छन्। स्टोक्सको आईपीएल टिम राजस्थान रोयल्सले शनिबार ट्वीटरमा युएई स्टोक्सको युएई आउदै गरेको फोटो राख्दै स्टोक्स टिमसंग जोडिने पक्का गरेको हो। राजस्थानले अर्को ट्वीटमा क्राइस्टचर्चबाट युएई पुग्न कति समय लाग्छ ? भन्दै फ्यानहरुलाई प्रश्न गरेको छ। स्टोक्स आइतबार बिहान युएई पुग्नेछन्।

स्टोक्सले युएई प्रस्थान गर्नु अघि इन्स्टाग्राममा फोटो राख्दै विदाई सहज हुँदैन भन्दै आफ्नो पितासंगको फोटो राखेका थिए।

युएई पुगेपछि उनले आईपीएलको कोभीड-१९ प्रोटोकल अनुसार ६ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ। सम्भवतः उनले दिल्ली बिरुद्ध अक्टोबर १४ मा हुने खेल खेल्नेछन्। उनि अक्टोबर ११ मा हैदरावाद बिरुद्धको क्खेलको लागि समेत उपलब्ध हुने सम्भावना पनि रहेको छ। तर उनले अभ्यास गर्ने मौका समेत नपाउने हुँदा अक्टोबर ११ मा खेल्ने सम्भावना कम मानिएको छ। यस अघि कोलकाताका बलर प्याट कमिन्स क्वारेन्टाइन सकिएको केहि बेरमै बलिंगमा फर्कदा ३ ओभरमा ४९ रन खर्चदै निकै महंगो सावित भएका थिए।

https://www.instagram.com/p/CF21QGUlYd8/?utm_source=ig_web_button_share_sheet

यस अघि स्टोक्स इंग्ल्यान्ड र पाकिस्तान बीचको टेस्ट बिचैमा छोडेर अगस्टको सुरुवातमा न्युजिल्यान्ड प्रस्थान गरेका थिए।

स्टोक्सको आगमनले राजस्थानको मिडल अर्डर मजबुत बन्नेछ। उनि ३ वर्ष देखि आईपीएलमा नियमित प्रदर्शन गरिरहेका छन् र ३३ इनिंगमा ६३५ रन बनाएका छन्। यस्तै उनले लिगमा ८.२६ को इकोनोमिले २६ विकेट पनि लिएका छन्। स्टोक्स आक्रामक ब्याटिंग गर्दै टिमलाई असम्भव परिस्थितिबाट जित दिलाउन सक्षम छन् भने योर्कर र कटर बल गर्दै विकेट लिन पनि उत्तिकै सक्षम छन्। उनको आगमनले टिम मात्रै हैन फ्यानहरुलाई पनि उत्साह दिनेछ।

लिगमा रोयल्सले ३ खेल खेल्दा २ जित र १ हार बेहोरेको छ। अर्का इंगलिस अलराउण्डर टम करनले ३ खेलमा ३ विकेट लिएता पनि उनि महँगो सावित भइरहेका छन्। उनको स्थान स्टोक्सले लिने सम्भावना प्रवल छ।

IPL मा आज २ खेल, दिल्ली र कोलकाता तथा बैंगलोर र राजस्थान बीच प्रतिस्पर्धा

टि-२० क्रिकेट सुधार गर्न शेन वार्नले दिए ३ सुझाव

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड

चेन्नाईको लगातार तेश्रो हारपछि धोनीले के भने

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy