‘कार्तिकको सट्टा कोलकाताको कप्तानी मोर्गनले गर्नुपर्छ’ – श्रीसंत

२०७७ आश्विन १८, आईतवार १२:०५

भारतीय फास्ट बलर एस. श्रीसंतले कोलकाता नाइट राइडर्सको कप्तानी दिनेश कार्तिकको सट्टा ओएन मोर्गनले गर्नुपर्ने बताएका छन्।

शनिवार दिल्ली क्यापिटल्ससंग १८ रनको हार बेहोरेको कोलकातालाई इंग्ल्यान्ड कप्तान मोर्गनले जित दिलाउने प्रयास गरेता पनि असफल भएका थिए। खेलपछि कार्तिकको कप्तानीको आलोचना भैरहेको छ।

श्रीसंतले खेल पछि ट्वीटर मार्फत मोर्गनले टिमको नेतृत्व गर्नुपर्ने बताए – “साच्चै महसुस गरेको छु कि ओएन मोर्गनले टिमको नेतृत्व गर्नुपर्छ। विश्वकप विजेता कप्तानले टिमको नेतृत्व गर्न सक्नेछन्। मलाई लाग्छ कोलकाताले यो कुरामा ध्यान दिनुपर्छ। टिमलाई रोहित, धोनी र बिराट जस्तो कप्तान चाहिएको छ जसले अघिबाट नेतृत्व गर्न सक्छन्।” श्रीसंतले बताए।

श्रीसंतले उक्त ट्वीटमा आएको प्रतिक्रियाको जवाफ दिने क्रममा टिममा कुनै राष्ट्र भन्दा नेतृत्व क्षमता अघि आउनु पर्ने बताएका छन्। यस्तै उनले टिमका युवा खेलाडी शुबमन गिल पनि राम्रो नेतृत्वकर्ता भएको र जिम्मेवारीपूर्वक नेतृत्व गर्नसक्ने धारणा राखेका छन्।

लगातार फेल भएता पनि सुनिल नारायणलाई विश्वास गर्दै ओपनिंगमा पठाउनु, दिल्ली बिरुद्ध मोर्गनलाई ६ नम्बरमा ब्याटिंगमा पठाउनु तथा आफ्नै प्रदर्शनको कारण पनि कार्तिक आलोचित छन्।

खेलपछि कुरागर्दै कार्तिकले नारायणको ब्याटिंग क्रमबारे अहिलेसम्म प्रश्न नउठेको तर अब सोच्ने बताएका थिए – “नारायणको रोल बारे प्रशिक्षकसंग छलफल गर्नेछौँ, तर मलाई नारायणमा पुरा विश्वास छ।”

लिगमा कार्तिकको ब्याट बाट रन बनिरहेको छैन। ४ खेलमा उनले ३७ रन मात्र बनाएका छन्। पहिलो खेलमा मुम्बई बिरुद्ध ३० रन बनाएपछि उनले हैदरावादसंग खाता नखोली आउट भएका थिए। राजस्थानसंग १ तथा दिल्लीसंग मात्र ६ रन बनाएर उनि आउट भएका थिए।

अर्कोतर्फ इंग्ल्यान्ड क्रिकेट टिमका सेतो बल क्रिकेटका कप्तान मोर्गन उत्कृस्ट लयमा छन्। मुम्बई बिरुद्ध १६ रन बनाएका उनले त्यसपछि हैदरावादम, राजस्थान र दिल्लीसंग क्रमशः ४२* , ३४* र ४४ रन बनाएका छन्।

विश्वकप जिताएका इंग्ल्यान्डका सिमित ओभर कप्तान मोर्गन उत्कृस्ट लयमा रहेका छन्

दिल्लीसंगको खेलपछि मोर्गनले दिनेश कार्तिक भन्दा माथि ब्याटिंग गर्नुपर्ने आवाज उठीरहेको छ। तर मोर्गनले भने टिमको निर्णयको बचाउ गरेका छन् –

“मलाई लाग्दैन कि म ढिलो आएको थिए। जब तपाई ब्याटिंग लाइन अप हेर्नुहुन्छ तपाईले देख्नुहुन्छ कि हामिसंग धेरै म्याच विनर छन्। त्यसैले ब्याटिंग क्रम निर्धारण गर्न मुस्किल छ। खासगरि तपाईसंग आन्द्रे रसेल जस्तो विश्व स्तरीय अलराउण्डर छन्। उनि ब्याटिंग क्रममा अघि आए त्यसैले बाँकी ब्याट्सम्यान तल पुगेका हुन्।”

२२९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मोर्गनले १८ बलमा ५ छक्का र १ चौका मद्दतले ४४ तथा राहुल त्रिपाठीले १६ बलमा ३ चौका र ३ छक्का मद्दतले ३६ रन बनाउदै टिमलाई जित दिलाउने प्रयास गरेता पनि कोलकाता १८ रनले पराजित भएको हो। ४ खेलमा २ जित र २ हार पछि कोलकाता अंकतालिकामा पाँचौ स्थानमा पुगेको छ। कोलकाताले बुधबार चेन्नाई बिरुद्ध पाँचौ खेल खेल्नेछ।

दिल्लीसंगको हार पछि ट्वीटरमा फ्यानहरुले कार्तिकको आलोचना गर्दै मोर्गनलाई कप्तान बनाउनु पर्ने माग राखीरहेका छन् –

आईपीएलमा सट्टेबाजको सक्रियता, एक खेलाडीलाई गरियो सम्पर्क

दोश्रो हार पछि स्मिथले औल्याए टिमको कमजोर पक्ष

लयमा फर्केका कोहलीले बनाए नयाँ इतिहास

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy