कोरोनाका कारण डिपीएलको चौथो संस्करण सर्यो

२०७७ आश्विन १८, आईतवार १६:२४

धनगढी क्रिकेट एकेडेमीले आयोजना गर्ने धनगढी प्रिमियर लिग ( डिपीएल ) को चौथो संस्करण पूर्वनिर्धारित मितिमा आयोजना नहुने भएको छ। एकेडेमीले आइतबार प्रेस बिज्ञप्ति जारि गर्दै लिग निर्धारित मितिमा आयोजना नहुने जानकारी गराएको हो।

यही अक्टोबर २४ देखि नोभेम्बर ७ सम्म आयोजना हुने भनिएको प्रतियोगिता विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको जोखिम तथा सरकारले खेलकुद गतिविधि तत्काल नखुलाउने निर्णय गरेका कारण पूर्वनिर्धारित मितिमा आयोजना गर्न नसकिएको एकेडेमीले बताएको छ।

“विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको जोखिम तथा सरकारले खेलकुद गतिविधि तत्काल नखुलाउने निर्णय गरेका कारण निर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न असम्भव भएको छ। प्रतियोगिताको नयाँ मिति यथाशीघ्र चांडो घोषणा गर्ने जानकारी गराउछौ।” एकेडेमीले बिज्ञप्तिमा बताएको छ।

नेपालमा शहर केन्द्रित फ़्रेन्चाइज् टोलि तथा खेलाडीहरु अक्सनमा बोलकबोल गर्दै भित्र्याउने परम्परा सुरु गरेको डिपीएलमा धनगढी, महेन्द्रनगर, अत्तरिया, रुपन्देही, विराटनगर र काठमाडौँ गरि कुल ६ टोलिले सहभागीता जनाउदै आएका थिए।

अन्तिम पटक लिगको आयोजना २०१९ फेब्रुअरीमा भएको थियो। लिगको फाइनलमा दिपेन्द्र ऐरी कप्तानीको सीवाईसी अत्तरियाले शरद भेसावकर कप्तानीको महेन्द्रनगर युनाइटेडलाई पराजित गर्दै उपाधि जितेको थियो। लिगमा महान दक्षिण अफ्रिकी क्रिकेटर जोन्टि रोड्स गुडविल एम्बासडरको रुपमा जोडिएका थिए।

त्यसपछि गत वर्ष चैतमा आयोजना हुने भएता पनि नेपाली राष्ट्रिय टिमले एसीसी इमर्जिंग टिम्स कपमा सहभागिता जनाउने भएपछि मिति सार्नुपरेको थियो।

यस अघि अर्को नेपाली टि-२० लिग एभरेस्ट प्रिमियर लिग पनि कोरोनाकै कारण सार्नुपरेको थियो। चैत्र १ गते देखि आयोजना हुने तय भएता पनि अन्तिम समयमा कोरोना व्यापक फैलिएपछि आयोजक पछि हट्नु परेको थियो। लिगमा  क्रिस गेल, कोरे एण्डरसन, केसरिक विलियम्स, पल स्टर्लिंग, उपुल थारांगा, ड्वेन स्मिथ, केभिन ओ ब्रायन, मोहम्मद शहजाद जस्ता विदेशी खेलाडीहरु आउने पक्का भैसकेको थियो।

‘कार्तिकको सट्टा कोलकाताको कप्तानी मोर्गनले गर्नुपर्छ’ – श्रीसंत

आईपीएलमा सट्टेबाजको सक्रियता, एक खेलाडीलाई गरियो सम्पर्क

दोश्रो हार पछि स्मिथले औल्याए टिमको कमजोर पक्ष

लयमा फर्केका कोहलीले बनाए नयाँ इतिहास

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy