आईपीएल २०२० मा चेन्नाईले २०१४ पछि लगातर ३ खेलमा पहिलो पटक पराजित भएको थियो। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्सलाई पराजित गरेपछि धोनी कप्तानीको टिम राजस्थान, दिल्ली र हैदरावादसंग पराजित भएको थियो। लगातार तिन हारले दबाबमा रहेको चेन्नाईले पाँचौ खेलमा पन्जाब बिरुद्ध उत्कृस्ट पुनरागमन गर्दै १० विकेटको जित दर्ता गर्यो।
शानदार पुनरागमन जित पछि चेन्नाई कप्तान धोनीले आफुले सानो कुराहरु सहि गरेको बताए – “सानो कुराहरु सहि गर्यौं र प्रक्रियामा विश्वास गर्यौं। हामि यस्तै खालको सुरुवात चाहन्थ्यौ। अनुभवले गर्ने यही हो।”
वाटसन र डु प्लेसीले पन्जाबले दिएको १७९ रनको लक्ष्य पछ्याउने क्रममा १८१ रनको ओपनिंग साझेदारी गर्दै टिमलाई शानदार जित दिलाए। खेल अघि खराब लयमा रहेका वाटसनले ८३ रन बनाउदै टिमको जितमा अहम योगदान दिए। वाटसनले अभ्यासमा गरेको काम दोहोर्याएको धोनीले बताए –
“वाटसन नेटमा राम्रो गरिरहेका थिए उनले त्यसैलाई दोहोर्याएका हुन्। लयमा आउन समयको मात्र कुरा हो। डु प्लेसीले बलरहरुलाई सधै भ्रममा पार्दै सट खेल्ने गर्छन्। दुवैले एक अर्काको राम्रो सहयोग गरे। मलाई लाग्छ वाटु र फाफ दुवैले एक अर्कालाई आफ्नो प्रिय सट खेल्न प्रोत्साहित गरे। उनीहरुले ब्याटिंग गर्दै गरेको बाहिरबाट हेर्दा गजब महसुस भएको थियो। बलरहरुले राम्रो काम गरे। आज हामीले योजना अनुसार बलिंग गर्यौं।” – धोनीले बताए।

“हामीले कडा र उत्कृस्ट पुनरागमन गर्नुपर्नेछ” – राहुल
५ खेलमा चौथो हारपछि पन्जाब कप्तान केएल राहुलले वाटसन र डु प्लेसीको तारिफ गर्दै आफ्नो टिमले उत्कृस्ट कमब्याक गर्नुपर्ने बताए –
“यो निकै मुस्किल कुरा हो कि लगातार खेलहरु हार्दैछौँ। हामीले कडा र उत्कृस्ट पुनरागमन गर्नुपर्नेछ। हामीले गरेको कमजोरी सहजै देख्न सकिन्छ, त्यो हो लागु गर्न नसक्नु। हामीले ब्याटिंग गर्न सुरु गर्दा विकेट थोरै रोकिएको थियो। जब स्पिनरहरु बलिंग गर्न आए बल रोकिएर घुमिरहेको थियो।”
“वाटसन र फाफको विकेट सुरुमै नलिनु खतराको संकेत थियो। पावरप्लेमा १० रन प्रतिओभर बन्दै गर्दा आक्रमण गर्न मुस्किल थियो। उनीहरु प्रोफेसनल खेलाडीहरु हुन् त्यसैले यस्तो कमब्याकको आशा गर्न सकिन्छ।”
राहुलले टिमले पुनरागमन गर्नेमा विश्वास व्यक्त गरे – “हामीले अभ्यास कडा गर्नुपर्छ। खेलको महत्वपूर्ण समयहरु जित्ने अभ्यास गर्नुपर्छ। विश्वास गर्छु कि हामि पुनरागमन गर्नेछौँ।”
चेन्नाई टिम आतिएको थिएन- वाटसन
खेलको प्लेयर अफ द म्याच चुनिएका शेन वाटसनले चेन्नाई टिम लगातार हारले नआतिएको बताए – “चेन्नाई टिम आतिएको थिएन। हामीले मात्र केहि कुरा सुधार गर्नुपर्थ्यो।”
“आज ब्याटिंग गर्दा राम्रो महसुस भयो। केहि प्राविधिक पक्ष गलत भइरहेको थियो। हामीले एक अर्कालाई राम्रो साथ दियौं। उनि ( डु प्लेसी ) गजबको खेलाडी हुन् जोसंग ब्याटिंग गर्दा मजा आउछ। चेन्नाई टिममा धेरै अनुभव र सफलता छ जसले खेलाडीहरुमा विश्वास देखाउने गर्छ।”

“यो चेन्नाईको तरिका हो जसले अरु टिम भन्दा खेलाडीहरुमा बढी विश्वास देखाउने गर्छ।” – डु प्लेसी
लिगमा तेश्रो अर्धशतक बनाएका डु प्लेसीले आफु ३०-४० रन बनाएर आउट हुन नचाहेको बताए –
“बल राम्रोसंग आइरहेको थियो। यो ठूलो कुरा हो कि मैले अन्तिमसम्म ब्याटिंग गरे। म ३० -४० रनमा आउट हुन चाहन्थीन। अझ राम्रो कुरा हामीले उत्कृस्ट साझेदारी गर्न सक्यौं। अझ राम्रो कुरा वाटु ( शेन वाटसन ) ले रन बनाए जो हाम्रो लागि ठूला खेलाडी हुन्।”
डु प्लेसीले लामो समय देखि क्रिकेट नखेलेकोले लयमा आउन समय लाग्ने बताए –
“धेरैले लामो समय क्रिकेट खेलेका छैनन् त्यसैले सुरुवातमै रन बनाउन सकिदैन। तपाईलाई केहि समय लाग्छ। आशा गर्छु आगामी ३-४ खेलमा हाम्रा खेलाडीहरुले उत्कृस्ट लय पाउनेछन्। धोनी र प्रशिक्षक स्टेफेन फ्लेमिंगको तारिफ गर्नुपर्छ जसले खेलाडीहरुमा विश्वास देखाइरहे। यो चेन्नाईको तरिका हो जसले अरु टिम भन्दा खेलाडीहरुमा बढी विश्वास देखाउने गर्छ।”
खेलमा वाटसनले सिजनको पहिलो अर्धशतक बनाउने क्रममा अविजित ८३ रन बनाए भने डु प्लेसीले सिजनको तेश्रो अर्धशतक बनाउने क्रममा अविजित ८७ रन बनाए। यस क्रममा दुवैले चेन्नाई टिमको इतिहासमै पहिलो विकेटको लागि सर्वाधिक साझेदारी गरे।
जितपछि चेन्नाई ५ खेलमा २ जित र ३ हार सहित ४ अंक बटुल्दै पुछारबाट अंकतालिकाको छैठौं स्थानमा उक्लेको छ। चेन्नाईले आगामी खेल बुधबार अबुधाबीमा कोलकाता नाइट राइडर्स बिरुद्ध तथा पन्जाबले पनि कोलकाता बिरुद्ध शनिवार आगामी खेल खेल्ने तालिका रहेको छ।
वाटसन र डु प्लेसीले कीर्तिमानी साझेदारी गर्दा चेन्नाईको शानदार जित
“अन्तिममा सम्भवतः ७-८ वटा फुल टस मैले गने”- वार्नर
हैदरावादलाई पराजित गर्दै मुम्बई अंकतालिकाको शिर्षमा
कोरोनाका कारण डिपीएलको चौथो संस्करण सर्यो
‘कार्तिकको सट्टा कोलकाताको कप्तानी मोर्गनले गर्नुपर्छ’ – श्रीसंत
