घाइते हुँदा अमित मिश्रा प्रतियोगिताबाटै बाहिर, सन्दिपको सम्भावना बढ्यो

२०७७ आश्विन १९, सोमबार १८:३९

आईपीएल टिम दिल्ली क्यापिटल्सका भेट्रान लेग स्पिनर अमित मिश्रा आईपीएल २०२० प्रतियोगिता बाटै बाहिरिएका छन्। ३७ वर्षीय स्पिनर औलामा चोट लागेपछि बाहिरिने भएका हुन्।

कोलकातासंग अक्टोबर ३ तारिखमा भएको खेलको क्रममा मिश्रालाई नितिश रानाले क्याच समाउन खोज्दा चोट लागेको थियो। मिश्राले डाइभ गर्दा बलले दायाँ हातको औलामा लागेको थियो जुन क्रममा उनि चोटिल भएका थिए। तर त्यसपछि मिश्राले अर्को ओभर बलिंग गर्ने क्रममा शुबमन गिलको विकेट लिएका थिए। तर त्यसपछि भने उनले खेलमा बलिंग गरेनन्। खेलमा उनले २ ओभर मात्र बलिंग गरेका थिए र १४ रन खर्चर १ विकेट लिएका थिए। लिगमा मिश्राले ३ खेलमा मौका पाउदा ३ विकेट लिएका थिए।

“मिश्राको औलामा फ्र्याक्चर भएको छ जसकारण उनि प्रतियोगिता बाट बाहिर भएका छन्। यो निकै निराशाजनक खबर हो। उनि दिल्ली टिमको अभिन्न अंग थिए।” दिल्ली टिमले जारि गरेको बिज्ञप्तिमा बताईएको छ।

मिश्रा आईपीएल इतिहासकै दोश्रो सर्वाधिक विकेट लिने खेलाडी हुन् भने उनले कीर्तिमानी ३ पटक लिगमा ह्याट्रिक विकेट लिएका छन्। लासिथ मालिंगा ( १७० ) पछि मिश्राले दोश्रो धेरै १६० विकेट लिएका छन्। यो सिजन राम्रो लयमा देखिएका मिश्रा टिममा नहुनुले दिल्ली टिमलाई ठूलो झट्का लागेको छ। यस अघि रभीचन्द्रन आश्विन पछि पहिलो खेल खेल्ने क्रममा घाइते भए पछि २ खेल गुमाएका थिए। मिश्रा नखेल्दा दिल्लीले दोश्रो खेलमा मिश्रालाई मौका दिएको थियो।

मिश्रा घाइते भएपछि नेपाली लेग स्पिनर सन्दिप लामिछानेले टिममा मौका पाउने सम्भावना बढेको छ। तर त्यसको लागि दिल्लीले एक जना नियमित विदेशी खेलाडीलाई बाहिर राख्नु पर्नेछ। त्यसैले बैंगलोर बिरुद्ध अक्षर पटेलले मौका पाउने सम्भावना प्रवल रहेको छ।

Sandeep Lamichhane

हाल दिल्लीले नियमित रुपमा फास्ट बलर कागीसो रबाडा र एनरिक नोर्कियालाई खेलाईरहेको छ भने ब्याटिंगमा शिमरन हेटमायर र अलराउण्डर मार्कस स्टोइनिसले मौका पाएका छन्। अघिल्लो खेलमा मिश्रा र रभीचन्द्रन आश्विनले अन्तिम ११ मा मौका पाएका थिए जुन क्रममा देब्रे हाते स्पिनर अक्षर पटेललाई टिमले बाहिर राखेको थियो। पटेलले ४ मध्ये ३ खेलमा मौका पाउदा किफायती बलिंग गर्दै ३ खेलमा २ विकेट लिएका छन्। पटेल ब्याटिंग पनि राम्रो गर्न सक्ने हुँदा दिल्लीले उनलाई मौका दिने गर्छ।

बैंगलोर बिरुद्ध दुबई अन्तर्राष्ट्रिय स्टेडियममा दिल्लीले बैंगलोर बिरुद्ध लिगको पाँचौ खेल खेल्दैछ। अघिल्लो खेलमा दिल्ली विजयी भएको हुँदा बैंगलोर बिरुद्ध आफ्नो विजयी टिम सम्मिश्रणलाई परिवर्तन गर्ने सम्भावना भने कम देखिन्छ।

तर लिगमा रिस्ट लेग स्पिनर युजभेन्द्र चहलले उत्कृस्ट प्रदर्शन गरिरहेको अवस्था तथा राहुल चाहर, पियुष चावला, राशिद खान जस्ता खेलाडीहरुको प्रदर्शन राम्रो भैरहेको बेला दिल्लीले पनि टिममा १ जना लेग स्पिनर लिएर खेलाउने सम्भावना प्रवल रहन्छ।

बैंगलोर बिरुद्ध मौका नपाएको खण्डमा पनि सन्दिपले अब आगामी खेलमा मौका पाउने सम्भावना भने निकै बढेर गएको छ।

आईपीएल खेल्नु अघि सन्दिपले सिपिएल टि-२० मा उत्कृस्ट प्रदर्शन गरेका कारण उनि राम्रो लयमा छन्। उक्त लिगमा उनले १० खेलमा १२ विकेट लिएका थिए जुन क्रममा लिगभर करियरकै उत्कृस्ट किफायती बलिंग गर्दै ५.१० रन प्रतिओभर खर्चेका थिए।

Sandeep Lamichhane

उनले सिपिएल टि-२० मा गरेको प्रदर्शन पछि लिगको सुरुवातमा अधिकांश विश्लेषकहरुले टिममा मौका पाउने अनुमान गरेका थिए।

आईपीएलको यस अघि २ सिजन खेल्ने क्रममा नेपाली गुग्ली ब्वाईले पहिलो सिजन ३ वटा तथा दोश्रो सिजन ६ वटा खेल खेल्ने मौका पाएका थिए। त्यस क्रममा क्रमशः उनले पहिलो सिजन ५ र दोश्रो सिजन ८ गरि कुल १३ विकेट लिएका थिए।

दिल्लीले सन्दिपलाई २०१८ मा २० लाख भारतीय रुपैयाँ खर्चेर टिममा लिएको थियो। दिल्लीसंग सन्दिपको अनुबन्ध यही सिजन सकिदैछ जसपछि उनि अक्सनबाट अर्को टिममा जान खुला हुनेछन्।

युएईमा सुहाउँदो सन्दिपको स्पिन 

युएईमा सन्दिपले यस अघिनै खेलेको अनुभव पनि रहेको छ त्यसले पनि उनलाई फाइदा पुग्नेछ। नेपालले २०१९ को जनवरी/फेब्रुअरीमा युएईसंग ३ वटा टि-२० र ३ वटै वानडेको सिरिज खेलेको थियो। उक्त सिरिजमा सन्दिपले कुल १२ विकेट लिएका थिए। टि-२० मा उनले ३ खेलमा ५ विकेट लिएका थिए भने वानडेमा ७ विकेट लिएका थिए। उक्त प्रदर्शनले सन्दिपको स्पिन युएईको पिचमा सुहाउने देखाउछ।

लयमा छन् सन्दिप 

गत महिना सम्पन्न सिपिएल टि-२० मा जमैकाको प्रतिनिधित्व गर्ने क्रममा १० खेलमा १२ विकेट लिएका सन्दिपले निरन्तर राम्रो बलिंग गरेका थिए। १ खेल बाहेक सन्दिपले बलिंग गरेको सबै खेलमा विकेट लिएका थिए भने प्रतियोगितामा मात्र ५.१० प्रतिओभर रन खर्चिएका थिए। यस क्रममा सन्दिपले गायना बिरुद्धको खेलमा ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिएका थिए जुन सन्दिपको विदेशी लिग करियरकै किफायती बलिंग स्पेल हो।  सन्दिपको यो लय पक्कै पनि दिल्ली प्रशिक्षक रिकी पोन्टिङले नियालेका छन्।

सम्बन्धित :-

सन्दिपलाई भारतीय टिममा छनौट गर्ने गावस्करको चाहना

३ पूर्व भारतीय क्रिकेटरुको रोजाइमा सन्दिप दिल्लीको अन्तिम-११ मा

दिल्लीले सन्दिपलाई मौका नदिदा नेपाली फ्यानहरुले बनाए यस्ता ट्रोल

किन दिदैन दिल्लीले सन्दिपलाई मौका ?

IPL : लयमा रहेका बैंगलोर र दिल्ली आमने-सामने ( सम्पूर्ण जानकारी )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy