IPL : ताजा अंकतालिका, रबाडालाई पर्पल क्याप, अरेन्ज क्याप दौडमा को-को छन्

२०७७ आश्विन २०, मंगलवार ०७:२६

आईपीएल २०२० अन्तर्गत मंगलबार श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्सले बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनको ठूलो अन्तरले पराजित गर्यो। टस हारेर पहिले ब्याटिंग गर्दै दिल्लीले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा बैंगलोरले १३७ रन मात्र बनाउन सक्यो। रबाडाको सिजनकै उत्कृस्ट बलिंग

५ खेल खेल्दा १ खेलमा मात्र पराजित भएको दिल्ली ८ अंक बटुल्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। मुम्बई १ स्थान तल झर्दै दोश्रो स्थानमा पुगेको छ जसको ६ अंक रहेको छ। हारपछि बैंगलोर तेश्रो स्थानमा यथावत छ जसको पनि ६ अंकनै रहेको छ। मुम्बई र बैंगलोर दुवैले ५ खेलमा ३ जित र २ हार बेहोरेका छन्।

कोलकाता, राजस्थान, चेन्नाई र हैदरावादको समान ४ अंक तथा पन्जाबको २ अंक रहेको छ। लिग अन्तर्गत बुधबार मुम्बई र राजस्थान बीचको खेलमा मुम्बई विजयी भए पुनः शिर्ष स्थानमा पुग्नेछ।

अरेन्ज क्याप : शिर्ष ५ मा श्रेयस ऐयर र पृथ्वी शको आगमन 

दिल्ली र बैंगलोर बीचको खेल पछि अरेन्ज क्यापको रेसमा दिल्लीका २ खेलाडी श्रेयस ऐयर र पृथ्वी शको आगमन भएको छ। ऐयर ५ खेलमा १८१ रन बनाउदै चौथो स्थानमा तथा पृथ्वी श समान खेलमा १७९ रन बनाउदै पाँचौ स्थानमा उक्लेका छन्। बैंगलोर बिरुद्ध पृथ्वीले ४२ तथा ऐयरले ११ रन बनाएका थिए। ऐयरले अघिल्लो खेलमा कोलकाता बिरुद्ध अविजित ८८ रन बनाएका थिए।

रोहित शर्मा र डेभिड वार्नर चौथो र पाँचौबाट सातौँ र आठौँ स्थानमा पुगेका छन्। दिल्ली बिरुद्ध ४ रन मात्र बनाएका देभदत्त पडीक्कल छैठौं स्थानमा छन् जसले ५ खेलमा १७८ रन बनाएका छन्।

केएल राहुलसंग अरेन्ज क्याप रहेको छ जसले ५ खेलमा १ शतक र २ अर्धशतक प्रहार गर्दै ३०२ रन बनाएका छन्। चेन्नाईका फाफ डु प्लेसी दोश्रो स्थानमा छन् जसले राहुल भन्दा २० रन कम २८२ रन बनएका छन्। तेश्रो स्थानमा रहेका पन्जाबकै मायाँक अग्रवालले २७२ रन बनाएका छन्।

बैंगलोर बिरुद्ध ४२ रन बनाएपछि पृथ्वी श पाँचौ स्थानमा छन् 

मुम्बई र राजस्थान बीचको खेलपछि रोहित शर्मा ( १७६ ) सन्जु स्यामसन ( १७१ )  काइरन पोलार्ड ( १६३ ) , इशान किशन ( १५८ )  जस्ता ब्याट्सम्यानहरु टप-५ मा आगमन हुनसक्नेछ।

चहललाई पछि पर्दै रबाडालाई पर्पल क्याप 

पर्पल क्यापको लागि युजभेन्द्र चहल, ट्रेन्ट बोल्ट र मोहम्मद शामीको प्रतिस्पर्धालाई पछि पार्दै दिल्ली पेसर कागीसो रबाडाले पर्पल क्याप राखेका छन्। रबाडाले ५ खेलमा १२ विकेट लिईसकेका छन्। यस क्रममा उनले बैंगलोर बिरुद्ध सिजनकै उत्कृस्ट स्पेल दर्ता गर्नेक्रममा ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिएका थिए।

चहल, बोल्ट र सामी समान ८ विकेट रहेता पनि एभरेजको आधारमा दोश्रो, तेश्रो र चौथो स्थानमा छन्। यस्तै समान ७ विकेट रहेता पनि दिल्ली फास्ट बलर एनरिक नोर्किया पाँचौ, मुम्बई पेसर जेम्स प्याटिन्सन छैठौं तथा जस्प्रित बुम्राह सातौँ स्थानमा छन्।

मुम्बई र राजस्थान बीचको खेलमा मुम्बई बलर बोल्ट ( ८ ) , प्याटिन्सन ( ७ ) , जस्प्रित बुम्राह ( ७ ) , राहुल चाहर ( ६ ) लाई माथि उक्लने मौका छ।

आईपीएल २०२० आगामी खेल

अक्टोबर ६, मंगलबार : मुम्बई इन्डीएन्स Vs राजस्थान रोयल्स ( ७:४५ बजे राति, शेख जायद स्टेडियम, अबुधाबी )

अक्टोबर ७, बुधबार : कोलकाता नाइट राइडर्स Vs चेन्नाई सुपर किंग्स ( ७:४५ बजे राति, शेख जायद स्टेडियम, अबुधाबी )

अक्टोबर ८, बिहिबार : सनराइजर्स हैदरावाद Vs किंग्स-११ पन्जाब ( ७:४५ बजे राति, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )

अक्टोबर ९, शुक्रबार : राजस्थान रोयल्स Vs दिल्ली क्यापिटल्स ( ७:४५ बजे राति, शारजाह स्टेडियम )

हारपछि दिल्लीको तारिफ गर्दै कोहलीले भने – “पराजित गर्न मुस्किल टिम”

विश्वकीर्तिमान सहित कोहलीले बनाए २ ठूलो कीर्तिमान

हैदरावादलाई अर्को झट्का ! भुवनेश्वर कुमार आईपीएलबाटै बाहिर

घाइते हुँदा अमित मिश्रा प्रतियोगिताबाटै बाहिर

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy