सुर्यकुमार चम्किदा मुम्बईद्वारा राजस्थानलाई मुस्किल लक्ष्य

२०७७ आश्विन २०, मंगलवार २१:३९

आईपीएल २०२० अन्तर्गत २० औ खेलमा रोहित शर्मा कप्तानीको मुम्बई इन्डीएन्स र स्टिभ स्मिथ कप्तानीको राजस्थान रोयल्स प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग रोजेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९३ रन बनाउदै राजस्थानलाई १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुम्बईको लागि सुर्यकुमार यादबले सर्वाधिक अविजित ७९ रन बनाए। उनले ४७ बलमा ११ चौका र २ छक्का प्रहार गरे। लिगमा ९१ औं खेल खेलीरहेका दायाँ हाते ब्याट्सम्यान यादबको यो आठौँ अर्धशतक हो भने सर्वाधिक व्यक्तिगत स्कोर समेत हो। यस अघि उनले २०१८ मा राजस्थान बिरुद्धनै ७२ रन बनाएका थिए।

कप्तान रोहित शर्माले २३ बलमा ३५ ( २ चौका र ३ छक्का ) , हार्दिक पान्ड्याले १९ बलमा अविजित ३० ( २ चौका र १ छक्का ) तथा क्विन्टन डीककले १५ बलमा २३ ( ३ चौका र १ छक्का ) बनाए।

ओपनर डीकक र रोहितले पहिलो विकेटको लागि ४९ रनको साझेदारी गरे। डीककलाई पाँचौ ओभरमा कार्तिक त्यागिले विकेटकिपर बटलरले क्याच आउट गराएपछि मुम्बईले निरन्तर अन्तरालमा विकेट गुमायो। दशौँ ओभरमा रोहित शर्मा र इशान किशनलाई लगातार बलमा श्रेयस गोपालले क्याच आउट गराए। त्यसपछि १७ बलमा १२ रन बनाएर क्रुनाल पान्ड्या जोफ्रा आर्चरबाट क्याच आउट भए।

तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका यादबले त्यसपछि हार्दिक पान्ड्यासंग पाँचौ विकेटको लागि ३८ बलमा ७५ रनको अविजित साझेदारी गरे।

श्रेयस गोपालले रोहित शर्मा र इशान किशनको विकेट लिए

राजस्थानको बलिंगमा लेग स्पिनर श्रेयस गोपालले सर्वाधिक २ विकेट ( ४-०-२८-२ ) लिए। जोफ्रा आर्चरले ( ४-०-३४-१ ) र डेब्यु गरिरहेका फास्ट बलर कार्तिक त्यागिले ( ४-०-३६-१ ) समान १ विकेट लिए। टम करन ( ३-०-३३-० ), राहुल तेवतिया ( २-०-१३-० ) र अंकित राजपुत ( ३-०-४२-० )  विकेटविहिन रहे।

खेलमा राजस्थानले अन्तिम-११ मा तिन वटा परिवर्तन गरेको छ। कार्तिक त्यागि, यसस्वी जैसवाल र अंकित राजपुतले मौका पाउदा रोबिन उथप्पा, रियान पराग र जयदेव उनदकतलाई बाहिर राखिएको छ। मुम्बईले भने अन्तिम-११ मा परिवर्तन गरेको छैन।

५ खेल खेलेको मुम्बई ५ खेलमा ३ जित र २ हार सहित ६ अंक बटुल्दै अंकतालिकाको दोस्रो स्थानमा छ भने राजस्थान ४ खेलमा २ जित र २ हारपछि पाचौं स्थानमा छ।

क्यानको साधारणसभा भर्चुअल हुने

राष्ट्रिय क्रिकेटर भण्डारी अस्पतालबाट डिस्चार्ज

प्रशिक्षक पोन्टिङले बताए पृथ्वी शको आक्रामक लयको कारण

को हुन् भुवनेश्वरलाई प्रतिस्थापन गर्ने बलर जसले गत सिजन वार्नरको विकेट लिएका थिए

लिगबाटै बाहिरिएका अमित मिश्राको प्रतिक्रिया – “सोचेकै थिईन, चोट यति गम्भीर हुनेछ”

IPL : ताजा अंकतालिका, रबाडालाई पर्पल क्याप, अरेन्ज क्याप दौडमा को-को छन्

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy