कोहली र ऐयर पछि स्मिथलाई पनि लगाइयो जरिवाना

२०७७ आश्विन २१, बुधबार ०७:१८

बैंगलोर कप्तान बिराट कोहली र दिल्ली कप्तान श्रेयस ऐयर पछि राजस्थान रोयल्सका कप्तान स्टिभ स्मिथलाई पनि ढिला ओभर रेटका कारण आईपीएलले कारबाही गरेको छ।

स्मिथलाई आईपीएल २०२० अन्तर्गत मंगलबार सम्पन २० औं खेलमा मुम्बई इन्डीएन्ससंगको खेलमा ढिलो ओभर रेटका कारण १२ लाख भारतीय रुपैयाँ ( १९ लाख २० हजार नेपाली रुपैयाँ ) जरिवाना गरिएको छ।

“राजस्थान रोयल्सका कप्तान स्टिभ स्मिथलाई मुम्बई इन्डीएन्स बिरुद्धको खेलमा ढिलो ओभर रेटका कारण जरिवाना गरिएको छ। पहिलो पटक भएका कारण आईपीएलको निम्नतम ओभर रेटको नियम उल्लंघन बापत उन्ला १२ लाख भारु जरिवाना गरिएको हो।” आईपीएलले जारि गरेको विज्ञप्तिमा बताईएको छ।

यस अघि बिराट कोहलीलाई पन्जाब बिरुद्धको खेलमा तथा श्रेयस ऐयरलाई हैदरावाद बिरुद्धको खेलमा सोहि कारवाही गरिएको थियो

आईपीएलमा फिल्डिंग टिमका कप्तानले सामान्य अवस्थामा कम्तिमा १ घण्टा ३० मिनेटमा ( टाईम आउट सहित ) इनिंग समाप्ति गर्नु पर्छ। यदी दोश्रो पटक पनि स्मिथले लिगमा ढिलो ओभर रेट गरेको पाइएको खण्डमा जरिवाना दोब्बर अर्थात् २४ लाख भारु हुने नियम छ। दोश्रो पटक कप्तानलाई मात्र हैन खेलेका अन्य खेलाडीहरुको म्याच फिबाट २५ प्रतिशत काट्ने नियम रहेको छ। तेश्रो पटक ढिलो ओभर रेटमा कप्तानले ३० लाख भारु तिर्नुपर्नेछ र १ खेल समेत खेल्न नपाउने नियम छ।

मुम्बई बिरुद्ध स्मिथले मात्र ६ रन बनाउन सकेका थिए

लिगको २० औं खेलमा राजस्थानलाई मुम्बईले ५७ रनले पराजित गरेको थियो। सुर्यकुमारले करियरकै उत्कृस्ट आईपीएल स्कोर ४७ बलमा ७९ रन बनाउदा मुम्बईले १९३/४ को योगफल तयार गरेको थियो। लक्ष पछ्याउने क्रममा सुरुवाती ३ विकेट १२ रनमै गुमाएको राजस्थान खेलमा फर्कन सकेन र जोस बटले ७० रन बनाउनुको बाबजुद टिम भारि अन्तरले चुक्न पुग्यो। ४ विकेट लिएका मुम्बई पेसर जस्प्रित बुम्राहले करियरकै उत्कृस्ट बलिंग स्पेल दर्ता गरे।

“विकेट चाडै गुमाएर हुँदैन” खेलपछि प्रतिक्रिया दिने क्रममा कप्तान स्मिथले बताए।

“हामि पछिल्लो ३ खेलमा राम्रो सुरुवात गर्न असफल छौँ। मलाई लाग्दैन हामीले धेरै आतिनु जरुरिछ। मात्र हामीले हाम्रो योजनाहरु लागु गर्नुपर्छ। अन्तिम ३ खेल राम्रो गएको छैन हामीले लय पाउन अघि बढ्नुपर्छ।”

लिगमा राजस्थानको यो लगातार तेश्रो हार हो। पहिलो २ खेलमा चेन्नाई र पन्जाबलाई पराजित गरेपछि अघिल्लो २ खेलमा कोलकाता र बैंगलोरसंग राजस्थान पराजित भएको थियो।

हारपछि राजस्थानले अंकतालिकाको पुछारतिर यात्रा गरेको छ। खेल अघि पाँचौ स्थानमा रहेको राजस्थान २ स्थान तल झर्दै सातौँ स्थानमा पुगेको छ। समान ४ अंक रहेता पनि कोलकाता, चेन्नाई र हैदरावाद क्रमशः चौथो, पाँचौ र छैठौं स्थानमा रहेको छ।

राजस्थानले आगामी खेल शुक्रबार दिल्ली क्यापिटल्ससंग खेल्ने तालिका रहेको छ।

IPL : पर्पल क्याप रेसमा रबाडालाई बुम्राहको प्रतिस्पर्धा, यस्तो छ अंकतालिकाको अवस्था

बुम्राहको करियरकै उत्कृस्ट स्पेल, ह्याट्रिक जित पछि मुम्बई शिर्षमा

‘युनिभर्स बोस’ गेलले कहिले पाउनेछन् मौका ? ब्याटिंग प्रशिक्षक जाफरले दिए अपडेट

क्यानको साधारणसभा भर्चुअल हुने

प्रशिक्षक पोन्टिङले बताए पृथ्वी शको आक्रामक लयको कारण

को हुन् भुवनेश्वरलाई प्रतिस्थापन गर्ने बलर जसले गत सिजन वार्नरको विकेट लिएका थिए

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy