सहज थिएन स्टोक्सको युएई यात्रा

२०७७ आश्विन २१, बुधबार ०८:२६

राजस्थान रोयल्सको लागि आईपीएल २०२० खेल्न हाल युएईमा रहेका बेन स्टोक्सको लागि लिग खेल्न आउने निर्णय सहज थिएन। पितालाई ब्रेन ट्युमर भएपछि स्टोक्स आफ्नो घर न्युजिल्यान्ड पुगेका थिए। लिग सुरु भएको २ साता पछि टिमसंग जोडिन आईपुगेका २९ वर्षीय इंगलिस अलराउन्डरले आफ्नो अभिभावकसंग विदा मागेर युएई आउने पल निकै अफ्टेरो रहेको बताएका छन्।

पिताको खबर पछि अगस्टको सुरुवातमा स्टोक्स पाकिस्तानसंगको टेस्ट सिरिज छोडेर न्युजिल्यान्ड प्रस्थान गरेका थिए। जसपछि उनले अस्ट्रेलियासंगको सिरिज पनि गुमाए। युएई पुगेका स्टोक्स सेल्फ आइसोलेसनमा रहेका छन् जसपछि अक्टोबर ११ मा टिमसंग जोडिनेछन्।

डेली मिररसंग कुरा गर्दै स्टोक्सले बताएका छन् – “क्राइस्टचर्चमा आमा, बाबा र मेरो भाइलाई विदाई गर्नु कठिन थियो। म परिवारको माया र आशिर्वाद लिएर प्लेनमा चढे।  मेरो परिवारको लागि कठिन समय चलीरहेको छ तर हामीले एकअर्कालाई मद्दत गर्दै सक्दो अघि बढ्ने प्रयास गरेका छौँ।”

“परिवारको सल्लाह पछि म खेल्न फर्केको छु जुन निर्णयमा कुनै बाह्य प्रभाव छैन।”

“मलाई थाहा छैन बाबा के चाहनुहुन्थ्यो, आमा के चाहनुहुन्थ्यो त्यसैले वहाँहरुसंग कुरा राख्नु सबैभन्दा मुस्किल थियो।”

“तर त्यसपछि आमाले सजिलो बनाउनु भयो। वहाँले भन्नु भयो – ‘नराम्रो घटना भएपछि भन्दा तिमिले यहाँ पितासंग अहिले बिताइरहेको समय सबैभन्दा महत्वपूर्ण समय हो।’

“मेरो बाबाले पनि मेरो जिम्मेवारीलाई महत्व दिन भन्नु भयो। वहाँले भन्नु भयो कि मसंग मेरो जिम्मेवारी छ जुन पालना गर्नु मेरो कर्तव्य हो र मसंग एउटा पति र पिताको जिम्मेवारी पनि छ।”

“यो सुन्नु निकै कठिन कुरा थियो तर जब आमा र बाबाले उक्त संदेश दिनु भयो मलाई धेरै सहज भयो।”

“हामि सबैले आफ्नो कुराहरु राख्यौं र लामो कुरा गर्यौं। त्यसपछि निष्कर्षमा पुग्यौं कि मैले मेरो खेलमा ध्यान दिनु पर्छ र त्यसपछि म क्लेयर र बच्चाको लागि घर जानेछु।” स्टोक्सले २०१३ मा क्लेयर र्याटक्लिफसग विवाह गरेका थिए जसपछि उनीहरुको २ वटा सन्तान रहेको छ।

“म जब त्यहाँ थिए मैले ५ हफ्ता पूर्णत क्रिकेटलाई पछाडी छोडे। मैले त्यसक्रममा आमा काममा निस्कदा बाबाको हेरचाह गरे।”

“त्यहाँ मेरो राम्रो रुटिन थियो। म बाबासंग बस्थे, टिभी हेर्थे त्यसपछि बेरिंगटन मलको प्रिय कफी शपमा वहाँलाई लिएर जान्थे।”

“बाहिर निस्कदा रमाइलो हुन्थ्यो तर बाबा छिट्टै थाक्नुहुन्थ्यो त्यसपछि हामि घर गएर आराम गर्थ्यौं। त्यसपछि बेलुका हामि पार्क जान्थ्यौं जहाँ हाँसहरु हेर्दै ताजा हावा महसुस गर्थ्यौं।”

“यस बीचमा बाबाका पुराना रग्बी लिगका साथीहरु भेट्न आउनु हुन्थ्यो। वहाँहरुको पुरानो दिनको कुराहरु सुन्दा र बाबा कस्तो हुनुहुन्थ्यो थाहा पाउदा रमाइलो हुन्थ्यो। अब समय परिवर्तन भएको छ।”

“यस्तो समयमा मानिसहरुले साथ दिएको देख्नु सुन्दर कुरा हो। मलाई मेरो टिमका साथीहरु र मैले काम गर्ने अरुले गरेको सहयोगको म हृदय देखि धन्य छु।”

न्युजिल्यान्डमा जन्मेका स्टोक्स इंग्ल्यान्डको लागि खेलेता पनि परिवार भने न्युजिल्यान्डमै बस्ने गर्छन। उनि १२ वर्षको उमेर देखि इंग्ल्यान्डमा बस्न थालेका थिए। इंग्ल्याण्डको रग्बी लिगमा स्टोक्सका पितालाई प्रशिक्षक चयन गरे पनि स्टोक्स पितासंगै इंग्ल्याण्ड पुगेका थिए। २०१३ मा स्टोक्सको परिवार इंग्ल्याण्ड छोडेर न्युजिल्याण्ड गएका थिए। सन् २०११ मा स्टोक्सले इंग्ल्याण्डको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा आयरल्याण्ड बिरुद्ध डेब्यु गरेका थिए।

स्टोक्सको आगमनले राजस्थानको ब्याटिंग क्रम मजबुत बन्ने आंकलन गरिएको छ। उनि ३ वर्ष देखि आईपीएलमा नियमित प्रदर्शन गरिरहेका छन् र ३३ इनिंगमा ६३५ रन बनाएका छन्। यस्तै उनले लिगमा ८.२६ को इकोनोमिले २६ विकेट पनि लिएका छन्। स्टोक्स आक्रामक ब्याटिंग गर्दै टिमलाई असम्भव परिस्थितिबाट जित दिलाउन सक्षम छन् भने योर्कर र कटर बल गर्दै विकेट लिन पनि उत्तिकै सक्षम छन्। उनको आगमनले टिम मात्रै हैन फ्यानहरुलाई पनि उत्साह दिनेछ।

लिगमा मंगलबार मुम्बईसंग हारपछि राजस्थानले अंकतालिकाको पुछारतिर यात्रा गरेको छ। खेल अघि पाँचौ स्थानमा रहेको राजस्थान २ स्थान तल झर्दै सातौँ स्थानमा पुगेको छ। राजस्थानले आगामी खेल शुक्रबार दिल्ली क्यापिटल्ससंग खेल्ने तालिका रहेको छ।

कोहली र ऐयर पछि स्मिथलाई पनि लगाइयो जरिवाना

IPL : पर्पल क्याप रेसमा रबाडालाई बुम्राहको प्रतिस्पर्धा, यस्तो छ अंकतालिकाको अवस्था

बुम्राहको करियरकै उत्कृस्ट स्पेल, ह्याट्रिक जित पछि मुम्बई शिर्षमा

‘युनिभर्स बोस’ गेलले कहिले पाउनेछन् मौका ? ब्याटिंग प्रशिक्षक जाफरले दिए अपडेट

प्रशिक्षक पोन्टिङले बताए पृथ्वी शको आक्रामक लयको कारण

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy