वार्नर र बेयरस्टोले विशाल साझेदारी गर्दा पन्जाबलाई कठिन लक्ष्य, वार्नरले बनाए २ कीर्तिमान

२०७७ आश्विन २२, बिहीबार २१:४७

डेभिड वार्नर र जोनी बेयरस्टोले विशाल साझेदारी गर्दा सनराइजर्स हैदरावादले किंग्स-११ पन्जाबलाई २०२ रनको लक्ष्य प्रस्तुत गरेको छ। २० ओभरमा हैदरावादले ६ विकेट गुमाएर २०१ रन बनाएको हो। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा जारि आईपीएलको २२ औं खेलमा टस जितेर हैदरावादले ब्याटिंग रोजेको थियो।

हैदरावादको लागि ओपनर जोनी बेयरस्टोले सर्वाधिक ९७ रन बनाए जुन क्रममा ५५ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। यस्तै डेभिड वार्नरले ४० बलमा ५२ रन बनाए जुन क्रममा ५ चौका र १ छक्का हिर्काए। वार्नर र बेयरस्टोले पहिलो विकेटको लागि १६० रनको साझेदारी गरेका थिए। दुवैले लिगमा शतकीय साझेदारी गरेको यो पाँचौ पटक हो।

बेयरस्टोले सर्वाधिक ९७ रन बनाए

१६ औं ओभरको पहिलो बलमा वार्नरलाई रभी बीस्नोइले क्याच आउट गराउदै ओपनिंग साझेदारी तोडेका थिए। सोहि ओभरमा बिस्नोइले जोनी बेयरस्टोलाई एलबिडब्लु आउट गरे। त्यसपछि हैदरावादले लगातार विकेट गुमायो। मनिष पाण्डे ( १ ) , प्रियम गर्ग ( ० ) र अब्दुल समद ( ८ ) लगातार आउट भए। अन्तिममा अभिषेक शर्माले ६ बलमा १२ रन तथा केन विलियमसनले १० बलमा २० रन बनाउदै टिमको योगफल २०० पार गराए।

१५ ओभरमा १६०/० को अवस्थाबाट हैदरावादले अन्तिम ५ ओभरमा भने लगातार विकेट गुमाउदा अझ विशाल लक्ष्य बनाउने मौका गुमायो। अन्तिम ५ ओभरमा उसले ६ विकेट गुमायो भने मात्र ४१ रन बनाउन सक्यो।

पन्जाबको बलिंगमा लेग स्पिनर रभी बिस्नोइले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३ ओभर बलिंग गर्दै २९ रन खर्चिए। त्यस क्रममा बिस्नोइले वार्नर, बेयरस्टो र समदको विकेट लिए। यस्तै अर्शदिप सिंहले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए। मोहम्मद शामीले ( ४-०-४०-१ ) १ विकेट लिंदा शेल्डन कटरेल ( ४-०-३३-० ) , मुजिब उर् रहमान ( ४-०-३९-० ) र ग्लेन म्याक्सवेल ( २-०-२६-० ) विकेटविहिन रहे।

लेग स्पिनर अभि बिन्सोइले सर्वाधिक ३ विकेट लिए

वार्नरले बनाए २ कीर्तिमान

आईपीएल इतिहासमा डेभिड वार्नर ५० पटक ५० भन्दा माथिको स्कोर बनाउने पहिलो ब्याट्सम्यान बनेका छन्। उनले कुल १३२ खेल खेल्ने क्रममा ४ शतक र ४६ अर्धशतक बनाएका छन्। वार्नर पछि दोश्रो धेरै ५० माथिको स्कोर बनाउने ब्याट्सम्यान बिराट कोहली हुन् जसले ४२ पटक उक्त काम गरेका छन्। रोहित शर्मा र सुरेश रैनाले समान ३९, ए बि डी भिल्लीयर्सले ३८ तथा शिखर धवनले ३७ पटक ५० माथिको स्कोर बनाउन सकेका छन्।

यस्तै वार्नर र बेयरस्टो आईपीएल इतिहासमा ओपनिंग साझेदारीको रुपमा १ हजार रन पुरा गर्ने सातौँ जोडी बनेका छन्। लिग इतिहासमा ओपनिंग साझेदारीको रुपमा सर्वाधिक रन बनाउने जोडी डेभिड वार्नर र शिखर धवन हुन् जसले २,२२० रन बनाएका छन्। दोश्रो धेरै गौतम गम्भीर र रोबिन उथप्पाले १,४७८रन, तेश्रो धेरै ब्रेण्डन म्याकलम र ड्वेन स्मिथले १,३६३ रन, चौथो धेरै माइक हासी र मुरली विजयले १,३६० रन, पाँचौ धेरै क्रिस गेल र बिराट कोहलीले १,२१० रन बनाएका छन्।

पन्जाब बिरुद्ध २०१५ देखि लगातार ९ खेलमा ५० माथिको बनाउदै वार्नरले नयाँ कीर्तिमान बनाएका छन्। वार्नरले यस अघि २०१४ देखि २०१६ सम्म बैंगलोर बिरुद्ध लगातार ७ वटा ५० माथिको स्कोर बनाएका थिए।

डेभिड वार्नरको पन्जाब बिरुद्ध अन्तिम ९ इनिंग – ५२,  ५८, ८१, ५९, ५२, ७०, ५१, ७०, ८१

५ खेलमा २ जित र ३ हारपछि हैदराबाद अकंतालिकाको छैटौं स्थानमा छ भने समान खेल खेलेको पन्जाब १ जित र ४ हारपछि अंकतालिकाको आठौँ स्थानमा छ। पुछारमा रहेको पन्जाब आजको खेल जितेको खण्डमा चौथो स्थानमा उक्लनेछ। पन्जाबको नेट रन रेट राम्रो हुँदा जितले फड्को मार्न सक्छ। हैदरावाद आज विजयी भएको खण्डमा कोलकाता र बैंगलोरलाई पछि पार्दै तेश्रो स्थानमा उक्लन सक्छ।

IPL : अरेन्ज क्यापमा राहुल र डु प्लेसीको प्रतिस्पर्धा, अंकतालिकामा को कुन स्थानमा

धोनीले बताए कोलकातासंग हारको कारण

सन्दिप र सुनम लंका प्रिमियर लिगको ड्राफ्टमा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy